
जाडोमा जन्मेको उत्तम सन्जेलको न्यानो काम
कमल ढकाल
जन्मको अर्थ खोज्ने उत्तम सन्जेलको आज माघ १० गते जन्मदिन हो । माघको जाडोमा जन्मेको उत्तम सन्जेलको काम अतुलनिय तातो छ ।
समता स्कुल, कलेजमा शिक्षा सय रूपैया अनि समता अस्पतालमा स्वास्थ्य सय रुपैँयामा पाइन्छ । उत्तमले गरेको काम मदर टेरिसाले ‘प्रत्येक ब्यक्ति आफै सरकार हो’ भन्ने भनाइसँग मिल्छ ।
देशको ७७ नै जिल्ला र १० विदेशी मुलुकमा खोलिसकेको समता स्कुललाई विश्वका ५० देशमा खोल्ने अत्युत्तम सपनामा दौडिरहेका छन् उत्तम ।
लवाइखवाइमा केही मतलव नराखी २० बर्षदेखि जसले जे भने पनि जतिसुकै आर्थिक, सामाजिक र शारीरिक दुख आए पनि अनवरत लागिरहेका यस्ता मनकारी मान्छे मेरो प्रिय साथी र प्रेरणादायी व्यक्तित्वलाई भन्छु र भन्नुपर्दछ, तपाईको सपना हाम्रो पनि हो ।
यस्तो मान्छेको स्वास्थ्य र दीर्घायुको अर्थ छ । उनी एक जना स्वस्थ र दीर्घायु हुँदा उनले हज्जारौंलाई शिक्षा र स्वास्थ्य प्रदान गर्दछन् ।
सुस्वास्थ्य दीर्घायुको शुभकामना मित्र उत्तम सन्जेल ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)