
गुरू ! मेरो सम्पूर्ण देवता तिमी नै हौ
इच्छा शाक्य
स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौँ ।
गुरू तिमी नै हौ
हरेक विषयको ज्ञान दिने व्यक्ति
तिमीमा मात्रै छ आफ्नो शिष्यलाई
विद्यामा पूर्ण र उत्कृष्ट बनाइदिने शक्ति ।
अन्धकारको डोरीलाई हटाई
ज्ञानको ज्योति फैलाई दिने व्यक्ति तिमी नै हौ
हे गुरू, तिमी नै मेरो ईश्वर हौ ।
सयौं अन्धालाई ज्ञानको नेत्र प्रदान गरी दिन्छौ
अँध्यारो मनमा दिप बालिदिन्छौ ।
मेरो सम्पूर्ण देवता तिमी नै हौ
ज्ञानका चम्किला तारा तिमी नै हौ ।
व्यावहारिक ज्ञान दिई जीवन सफल बनाइदिन्छौ
डाक्टर, इन्जिनियर र पाइलट सबै तिम्रै वरदान हौ ।
संसारलाई चिनाइ दिने तिमी नै हौ
असल मार्गमा पाइला चाल्न सिकाउने तिमी नै हौ ।
मेरो जीवनको ढोका खोलिदिने गुरूदेवलाई
मेरो मन, वचन र कर्मले कोटीकोटी प्रणाम ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




निकै सुन्दर रचना