
गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपालकाे गण्डकी प्रदेशमा नयाँ नेतृत्व

गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपाल (VITOF–Nepal) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा रमेश अर्याल अध्यक्षमा चयन भएका छन्। त्यसैगरी विश्वशान्त अधिकारी प्रथम उपाध्यक्ष, चिन्तामणि पौडेल द्वितीय उपाध्यक्ष, भीमराज पौडेल सचिव, विमला अधिकारी (स्याङ्जा) कोषाध्यक्ष, शरण गुरुङ सह–कोषाध्यक्ष चयन भएका छन् भने मुना भण्डारी, भावना रानाभाट, राजु परियार, प्रमोद अधिकारी तथा जीवन लोप्चन कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपालका केन्द्रीय अध्यक्ष हरिशरण थप्पलियाले गण्डकी प्रदेश समितिसँग केन्द्रीय समिति सधैँ सहकार्य र समन्वयमा रहने तथा प्रदेशको गाउँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग, सहजीकरण र साथ निरन्तर उपलब्ध गराइने विश्वास व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले गण्डकी प्रदेशका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, स्थानीय समुदायको सहभागिता अभिवृद्धि तथा दिगो गाउँ पर्यटन विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



