
टान रिभ्युः जाँदाजाँदै भन्नैपर्छ, के गर्न सक्यौं के सकेनौं ?
कारोनाले हान्यो तर हामी हिँडिरह्यौं
खुमबहादुर सुवेदी
अध्यक्ष, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने योजनाका साथ अगाडि सारेको नेपाल भ्रमण वर्ष २०२० जस्तो गौरवमय र मेघा कार्यक्रम कोरोना भाईरका कारण रद्ध गर्नु परेसँगै टानले पनि आफ्ना नियमति कार्यक्रमहरुलाई गति दिन सकिएन ।
देशको आर्थिक समृद्धिको लागि दरिलो खम्बाको रुपमा सहयोग पुर्याउन सक्ने, १ खर्ब ३६ अर्ब रुपियाँ भन्दा बढी लगानी रहेको पर्यटन क्षेत्र खस्किँदा पर्यटन क्षेत्रमा आश्रित रहेका अन्य आर्थिक क्षेत्रहरुमा समेत कोभिडका कारण स्पष्ट र नकारात्मक असर परेको छ ।
पदयात्रा तथा पर्वतीय पर्यटनलगायत पर्यटनका विभिन्न आयामहरुमा विश्व पर्यटन बजारमा आफ्नो अलग्गै उच्च छवि स्थापित गर्न सफल रहँदैै आएको नेपालको पर्यटन कोरोनाबाट सृजित समस्यासँग वर्तमान अवस्थामा पनि जुध्दै छ । विश्वका विभिन्न राष्ट्रहरुले कोरोना प्रकोपसँग ठूलो चुनौतिका साथ लड्नु परेको अवस्था छ भने हामी पनि सोही किसिमको अवस्थमा छौं ।
२ वर्ष कार्यकालमा अघिल्लो कार्यसमितिबाट अगाडि सारीएका टानका नियमित कार्यक्रमहरु कोरोना महामारीका कारण सबै प्रभावित हुन पुगे । हामीले महामारीसँग जुझ्दै अन्यौलबीचमा नै हाम्रा कार्यक्रमहरुलाई पूर्णविणाम लगाउन बाध्य भयौं ।
तर पनि यो २ वर्ष कार्यकालमा केही विशेष कार्यहरु गरिएको छ ।
काठमाडौं उपत्यकबाट नजिका सबै क्षेत्रहरु हाइकिङका लागि योग्य भएकाले हाइकिङलाई स्वास्थ्यसँग जोड्दै प्रत्येक वर्ष सेप्टेम्बर २७ तारेख मनाउदै आएको विश्व पर्यटन दिवस यस वर्ष पनि इन्द्रदह हुदै कालुपाण्डे स्मारक क्षेत्रमा वृहत हाईकिङ कार्यक्रमको आयोजना गरियो । नेपाल पर्यटन बोर्डको सहयोग र चन्द्रगिरी नगरपालिकाको समन्वयमा वृहत कार्यक्रमको आयोजना गरियो ।
सिविनको समन्वय र प्लान नेपालको सहयोगमा पर्यटन क्षेत्रमा काम गर्ने सबै कर्मचारीहरुलाई सुरक्षाको अनुभुति हुनको साथै एक मर्यादित काम गर्ने क्षेत्र महसुस होस भन्ने हेतुले कोड अफ कन्डक्ट तयार गरी हस्ताक्षर गरियो । यो कोड अफ कन्डक्ट लागू गर्न सबै साधारण सदस्यरुलाई फेसबुक तथा वेवसाईटमा राखी जानकारी गराउने कार्य गरियो ।
कोरोनाका कारण लामो समय पर्यटन क्षेत्र बन्द रह्यो । पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरु र उनमा अश्रित परिवारमा रोजीरोटीको ठूलो समस्या देखा प¥यो । पर्यटन क्षेत्रमा काम गाइडरुलाई के्रडिट कार्डको सुविधा प्रदान गर्न जुलाई २०, २०२० मा माछापुच्छे« बैंक बीच सम्झौतामा हस्ताक्षर ग¥यो । यस संघका सदस्य कम्पनीहरुका कार्यरत गाइडहरुलाई राहत प्रदान गर्न ११ बुदे शर्तहरु तथा प्रतिबन्दको अधिमा रही दुई पक्ष बीच अस्ताक्षर गरियो । न्युनतम रु.१,८०,०००÷ सम्मको क्रेडीटकार्डको सुविधाले धेरै गाइडहरुलाई राहत प्रदान गर्ने कार्य गरियो । धेरै गाइडहरुले यो सुविधाको उपभोग गरेर लाभ लिएका छन् ।
विभिन्न सामाजिक संजालहरुमा पर्यटन व्यवसायीहरुको सल्लाह बिना नै पर्यटन ऐन २०७७ ल्याउन लागिएको छ भन्ने हल्लाले पर्यटन क्षेत्र ततायो । यसै विषयलाई लिएर टानले, सचिवालयमा पर्यटन क्षेत्रमा आवद्ध संघसंस्थाहरुको भेला बोलायो । पर्यटन सम्बद्ध संघसंस्थाहरुको परामर्श विना ऐन ल्याइएमा व्यवसायीहरुलाई मान्या नहुने भन्दै संयुक्त प्रेस विज्ञप्ति पनि निकालिएको थियो । २ दिनसम्म यस विषयमा बैठक बसी सबै संघसंस्थाहरुको तर्फबाट मस्यौदा ऐनमा समावेश गर्नु पर्ने सुझावहरु राख्ने कार्य गरियो । संयुक्त रुपमा सबै संघसंस्थाका प्रतिनिधिहरुले तत्कालीन पर्यटन मन्त्री श्री योगेश भट्टराई र पर्यटन सचिव श्री केदार बहादुर अधिकारीलाई भेटी पर्यटन ऐन २०७७ को मस्यौदामा कार्यान्वयनको लागि सुझाव पेश गरियो ।
२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेपछि पर्यटन व्यवसायीमा उत्साह थपियो । नेपाल सरकारको यस कार्यलाई सफल बनाउन विभिन्न संघसंस्थाले नयाँ कार्यक्रम घोषणा गरे । नेपाल पर्यटन वर्षलाई सफल बनाउन टानले नेपाल पर्यटन वर्ष २०२० को सचिवालयसँग २०१९ डिसेम्बर ११ मा विभिन्न कार्यक्रम आयोजना गर्ने ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेको थियो । तर कोरोनाका कारण सबै कार्यक्रमहरु रद्ध गर्नुप¥यो ।
साहसिक खेलको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रचारलाई समेत व्यापकता दिन नेपाल भ्रमण वर्षको सचिवालयले स्केट नेपाल, फिगर स्केटिङ र आइस हक्की २०१९ फेब्रुअरी १४ का दिन सगरमाथा क्षेत्रको गोक्यो ताल तेस्रोमा यो कार्यक्रमको आयोजना गर्ने घोषणा गर्दै पत्रकार सम्मेलनको आयोजना ग¥यो । नेपाल भ्रमण वर्ष २०२० अभियानको लागि नयाँ डिजाइन गरिएको साहसिक र खेल पर्यटन उत्पादनले नेपाललाई शीतकालीन खेलकुदको गन्तव्यका रूपमा प्रवद्र्धन गर्न र सबै सिजनका लागि नेपाललाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय फिगर स्केटिङ कार्यक्रम र ४७९० मिटरको उचाइमा मैत्री आइस हक्की खेल प्रदर्शन गर्ने गर्दा नयाँ खेल प्रेमी पर्यटकहरुको उत्पादनको विकास गर्ने र २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिए अनुरुप यो कार्यक्रममा संघको पनि सहयोग रहयो ।
नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै देशका विभिन्न भागमा पदयात्रामा निस्केका पर्यटकहरु आ–आफ्नो गन्तव्यमा नै अलपत्र परेका थिए । नेपाल पर्यटन बोर्डको समन्वयमा टानले उनीहरुको उद्धार गरेको थियो । जोमसोममा अलपत्र परेका ४० पर्यटक र बीस जना गाइड तथा सहयोगी सहित ६० जनाको स्थानीय प्रशासनको सहयोग र सहकार्यमा उद्धार गरियो । त्यस्तै, धार्चे मनास्लु गाउँपालिकाको समन्वयमा मनास्लु क्षेत्रबाट १० पर्यटकहरु सहित अन्य तीन समूहको उद्धार गरियो । देशव्यापी बन्दाबन्दी लागू भएपछि विभिन्न पदयात्रा क्षेत्रका अलपत्र परेका पर्यटहरुको यर्थाथ विवरण लिइ टानले सबै जानकारी संकट व्यवस्थापन टोलीलाई पठाई उद्धार कार्यमा जुटेको थियो ।
कोरोनाको महामारीले पर्यटन क्षेत्रमा परेको गम्भीर असर र महामारीका कारण धेरै कामदारले आफ्नो जीविकोपार्जन गुमाए, नेपाल भ्रमण वर्षको घोषणा भएसंगै धेरै व्यवसायीहरुले अर्बौं लगानी गरेका थिए टानले आर्थिक वर्ष २०७७।०७८ को बजेट वक्तव्यमा राहतका कार्यक्रमहरू ल्याउन अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको थियो । सम्माननीय राष्ट्रपतिले सम्बोधन गरेको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रममा राहत कार्यक्रम नभएकाले । पर्यटन क्षेत्रका सबै संघसंस्थाले नेपाल सरकारको ध्यानाकर्षण गराउन संयुक्त प्रेस विज्ञप्ति जारी ग¥यो । टानले सरकारलाई थप दबाब दिन संस्थागत रूपमा प्रेस विज्ञप्ति जारी ग¥यो । यसैको परिणाम स्वरुप पछि पर्यटन व्यवसायीहरुको माग अनुरुप नै बजेट आएको थियो ।
पर्यटन व्यवसायीसँग परामर्श नगरी पर्यटन ऐन ल्याइएको अनौपचारिक समाचार आएपछि टान सचिवालयमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको संयुक्त बैठक बस्यो । बैठकमा सबै संघसंस्थाले आ–आफ्ना संस्थाका तर्फबाट पर्यटन ऐनमा समावेश गर्नुपर्ने विषयमा छलफल भएको थियो । टानको नेतृत्वमा २ दिन सम्म बसेको संयुक्त बैठकले पर्यटन संघसंस्थासँग परामर्श नगरी ऐन ल्याएमा लागू नहुने भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो २०२० असार ११ गते पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघसंस्थाले संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव केदारबहादुर अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापन पत्रमा उल्लेखित कुराहरु नयाँ ऐन २०७७ मा समावेश गर्न अनुरोध गरियो । वागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौडाद्वारा यही मिति २०७९ बैशाख ७ गते प्रदेश राजपत्रमा संवत् २०७८ सालको ऐन नं.५ प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रकाशित गरेको थियो । उक्त ऐन व्यवसायी मैत्री नभएकोले पर्यटन सम्बद्ध संघ संस्थाहरुले संशोधनको लागि सुझाव पठाए अनुरुप टानले प्राप्त सुझावलाई लिपिबद्ध गरी बागमती प्रदेश सरकारलाई कार्यान्वयनका लागि पठाएको छ ।
विश्वको पर्वतारोहणको इतिहासमा २०७७ माघ ३ गते, शनिवार (१६ जनवरी २०२१) एउटा नयाँ पाना थप्ने कार्य नेपालका पर्वतारोहीबाट भयो । माउण्ट के टु माथि विजय प्राप्त गर्ने नेपाली आरोहीहरुले पाकिस्तानमा अवस्थीत विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के टुमा नेपालको झण्डा फराउदा सम्पूर्ण नेपालीहरुको शिर उच्च, छाती चौडा हुनकासाथै गौरबको अनुभुती भएको थियो । विभिन्न मिडियाहरुबाट नेपाल र नेपालीको नाम फेसबुक भरी वहाहरुले आरोहण गरेको माउण्ट केटुको दृस्यले संसार भरिनै तरङ्ग नै ल्याएको थियो । हिउँद ऋतुमा माउण्ट के टु हिमालको आरोहण गर्ने नेपाली टिमलाई संघले फ्रेबुअरी ६ तारेख २०२१ होटल ¥याडिसनमा बधाई तथा सम्मान कार्यक्रम राखेको थियो ।
कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई राहत प्रदान गर्ने हेतुले टान फुड बैंक स्थापना गरियो ९८३ जना श्रमिहरुलाई प्रतिव्यक्ति १ बोरा चामल, १ किलो, चिनि, १ प्यकेट नुन, १ केजी दाल, १ लिटर तेल, १ प्याकेट म्यौरा, १ साबुन गरी खाद्यान्न समाग्रीहरु वितरण गरियो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको कारण थलिएको पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरु विगत लामो समयदेखि वेरोजगार अवस्थामा छन् । निजहरुलाई अल्पकालीन श्रममुलक रोजगारीको अवसर प्रदान गरी रहयोग पु¥याउने उद्देश्यले ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा जीविकोपार्जन पुनरोत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रम सञ्चालन गरियो । उपत्यकाभित्रका विभिन्न पर्यटकीय क्षेत्रहरु, मठ मन्दिर, गुम्बाहरु तथा हेरिटेजसाईटहरुको सरसफाई कार्य गर्न यस संघसँग आवद्ध श्रमिहरुलाई परिचालन गराइयो र उनीहरुलाई आय आर्जनको अवसर प्रदान गरियो ।
नेपाल उद्योग वाणिज्य महासंघले टानलाई पर्वतीय पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्र्दै ५५ औं वाषिक साधारण सभामा पर्यटन सम्बद्ध संघसंस्थाहरुमध्ये टानले पर्यटन क्षेत्रमा गरेको योगदानको कदर गर्दै उद्योग, व्यापार, व्यवसायको विकाश तथा प्रवद्र्धनमा पर्यटन क्षेत्रबाट उत्कृष्ट भूमिका निर्वाह गरेको भनि उच्च मुल्याङकन गर्दै सम्मान पत्र प्रदान गरेको छ । यो टानको लागि र हामी सबै पर्यटन व्यवसायीहरुका लागि गौरबको विषय हो ।
नेपाल पर्यटन बोर्डले आ.व २०७७।०७८को लागि नेपालका विभिन्न क्षेत्रको प्रवद्र्धनका कार्यको लागि रु.१५ करोड छुट्ट्याएकोमा ३ करोड ७० लाख चोयू हिमालको बाटो निर्माणको लागि, २ करोड ७० लाख मजदुरहरुको कल्याणकारी कोष सञ्चालनको लागि र ९ करोड विभिन्न गन्तव्य स्थलमा साइनेज, बोर्ड, पदमार्ग मर्मत तथा प्रवद्र्धनका कार्यको लागि बजेट छुट्टयाइएको थियो ।
नयाँ मार्गको खोज, अनुसन्धान तथा पहिचानको लागि टिम्सको संयुक्त कोषबाट रु ३ करोड ६० लाख जतिको रकम नेपाल सरकारद्घारा पर्यटन बोर्डलाई बजेट छुट्ट्याउन लगाईयो ।
विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरस (कोभिड १९) का कारण टिम्सको सम्पूर्ण गतिविधिहरु बन्द गरिएकाले टिम्सतर्फका विभिन्न चेक पोस्टका कर्मचारीहरु तथा घरभाडाको व्यवस्थापन टान केन्द्रमा रहेका कर्मचारीहरुको व्यवस्थापन गर्न नसकिने भएकोले टानका तत्कालीन कानुनी सल्लाहकार श्री रमेश मैनाली ज्यूसँग परामर्श गरी विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन गतिविधिहरु पूर्णरुपमा लयमा नफर्कुन्जेल सम्मको लागि टिम्स तर्फका सम्पूर्ण कर्मचारीहरुलाई टानको विद्यमान विधान बमोजिम यही २०७७ असार १ गतेदेखि बेतलबी विदा दिने निर्णय गरिएको र सबै चेकपोस्टमा रहेका टिम्स काउण्टरका सामाग्रीहरुको व्यवस्थापन गर्दै भाडामा लिएको घरको कोठा खाली गरियो ।
बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी प्रदेश राजपत्र सवत २०७८ सालको ऐन नं ५ , प्रदेश पर्यटन बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन यहि बैशाख ७ गते बाट लागू हुने गरी प्रदेश राजपत्रमा प्रकाशन गरेको विषयलाई लिएर मिति २०७९ बैशाख १६ गते शुक्रबार टान सचिवालयमा विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरु बीच व्यपाक छलफल कार्यक्रमको अयोजना गरियो । उक्त पर्यटन ऐन व्यवसायी मैत्री नभएकोले सोलाई संशोधन गर्नु पर्ने माग सबै संघ संस्थाहरुको थियो । बैठकले यस विरुद्ध प्रेशविज्ञप्ति जारी गर्ने र संशोधन सहितको ज्ञापन पत्र प्रदेश सरकारलाई बुझाउने निर्णय गरेको थियो । उक्त बैठकमा नाटाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु र भिटोफ नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको पनि आयोजना गरियो ।
टानले एशोसिएसन अफ बुद्धिष्ट टुरिजम अपरेटर्स्को सदस्यता लिएको छ । दुबै संस्था मिलेर आउँदा दिनमा नेपाल र भारतबीच बौद्ध धर्मको प्रर्वद्धन गर्नमा काम गर्न सम्झादारीमा हस्ताक्षर गरियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

