
होइन ह्याप्पी मदर्स् डे, हो ह्याप्पी मातातीर्थ डे
अर्जुनकुमार भट्टराई
‘मदर्स् डे’ र मातातीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनलाई एकै सम्झने महानुभावहरूलाई पनि सद्बुद्धि मिलोस् कि यो वैचारिक जाल हो भनेर ।
विदेशीको मदर्स् डे र हामीले आत्मसात गरेको मातातीर्थ औँसीमा ठूलो भिन्नता छ । त्यसैले मातातीर्थ औँसीको महत्व र गहनतालाई ह्याप्पी मदर्स् डे भनेर संकुचित नगरौं ।
भाषाको कुरा भन्दा पनि पश्चिमाहरूको मदर्स् डे र हाम्रो मातातीर्थ औंसीको सन्दर्भ, विशेषता र महत्व नै अलग छ ।
अंग्रेजीमा नै लेख्न मन लागेको हो भने ह्याप्पी मातातीर्थ डे पो लेख्नु पर्छ त । यो हाम्रो आमा दिवस होइन अपितु यो त हाम्रो मातालाई तीर्थको रुपमा स्वीकार गरिएको मौलिक सभ्यता हो ।
हामी कसैको पिछलग्गु हुने होइन, स्थितिगत्यात्मक प्रगतिवादको आधारमा अग्रणी भएर हाम्रा संस्कार, संस्कृति र सभ्यताको जगेर्ना गर्न दत्तचित्त भएर लाग्नु पर्दछ ।
ॐ । नमन ।
सम्पूर्ण मातृशक्ति, सम्पूर्ण आमाहरूको आशीर्वाद सदा प्राप्त भइरहोस् ।