आमालाई करले होइन, रहरले सम्मान गरौँ

निर्जल दवाडी

धेरै बर्षपछि दुई साथीहरुको भेट भएछ ।

एकछिनको गफ पछि एउटा साथीले सोध्यो, ‘आमाको के छ खबर ?’

अर्को साथीले भन्छ, ‘ठिकै हुनुहुन्छ, आज मातातिर्थ औशी, वृद्धा आश्रममा भेटेर आ’को ।’

फेरी प्रश्न गर्छ, ‘तिम्रो आमा सन्चै हुनुहुन्छ नि, अनि अहिले कहाँ हुनुहुन्छ ?’

पहिलो साथीले निकै घत लाग्दो जवाफ दिन्छ ।

उसले भन्छ, ‘म त्यति ठुलो पनि भैसकेको छैन यार, आमालाई कहिँ छोडेर राख्न ।’

‘उल्टै जन्मे देखि आमाले नै राख्नु भएको छ मलाइ आफ्नो घरमा । ‘

जवाफ सुनेपछि अर्को साथि रातो पिरो भएर केहि बोल्न सकेन ।

बर्ष भरी आमालाई रुवाएर आज एक दिन माया गरें जस्तो गर्ने छोराछोरीले गतिलो जवाफ पाएका छन् ।

आमालाई करले होइन रहरले सम्मान गरौँ ।

सम्पूर्ण आमाहरुमा सु-स्वास्थ र दिर्घायुको कामना।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button