
‘जरोकिलो’को नेतृत्वमा राष्ट्रिय सरकार
विचार
अर्जुनकुमार भट्टराई
वर्तमान परिदृश्य मात्र होइन, बिगत ७० बर्षको इतिहासलाई पल्टाएर हेर्ने हो भने केही छिटपुट समयबाहेक अधिकांश समय नेपालको राजनीतिलगायत सम्पूर्ण क्षेत्र नै नकारात्मक नै रह्यो ।
जसले जे भने पनि, व्यक्ति गलत भएर यस्तो भएको भने पनि वा अन्य कुनै कारण देखाए पनि अन्तर्यमा यो असफलताको केन्द्रविन्दुमा हामीले अंगीकार गरेको विदेशी वा पराई प्रतिमानका सन्दर्भहरुलाई आदर्श मानेर अघि बढ्न चाहेकोले नै हो यो दुरावस्थाको श्रृजना भएको भन्ने तथ्यलाई आज हामीले स्वीकार्नै पर्दछ ।
त्यसैले यी र यस्तै प्रकारका घृणित अवस्थालाई बदल्नका लागि युगान्तकारी एवम् युगप्रवर्तनकारी मार्ग स्थापना गर्न आफ्नो देशको गौरव, मौलिकता र विशेषतालाई आत्मसात गर्दै वर्षौंको अनुसन्धान, अनुष्ठान एवम् साधनाको फलस्वरुप नेपाली सपुत आदरणीय युगद्रष्टा निर्मलमणि अधिकारीज्यूबाट सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद एवम् आधारशिला चतुष्टयको अभिनिर्माण गर्नुभएको छ । जसको माध्यमबाट सज्जनहरुको संघ निर्माण गरेर जरोकिलो महाअभियान अन्तर्गत समर्पित रहदैं नेपाललाई विश्वको केन्द्र बनाउन र वैज्ञानिक सत्ययुगको स्थापनाका लागि लाखौं सहृदयीजनहरू स्वकृयात्मक भावले कर्मरत हुनुहुन्छ ।
यसै परिप्रेक्ष्यमा युगद्रष्टाबाट अभिनिर्माण गरिएका दर्शन र सिद्धान्तलाई मार्गनिर्देशक मानेर राजनीतिक क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्दै मौलिकता एवम् धर्मको विवेक र सहृदयताको सम्बन्धलाई मजवुत गर्दै नेपाली जनताको समग्र उन्नति (आधिभौतिक, आधिदैविक र आध्यात्मिक) को लागि आदरणीय गुरुआमा उर्मिला खनाल अधिकारीज्यूको सङ्कल्प बमोजिम युवा व्यक्तित्व आदरणीय शुसिल गौतमज्यूको विशिष्ट नेतृत्वमा २०७६ सालमा मौलिक जरोकिलो पार्टीको स्थापना भएको तथ्य स्मरण गराउनु सान्दर्भिक हुनेछ ।
यहाँ अहिलेको राजनीतिक विश्लेषणको जरुरत छैन किनकी हामी सबैले यो घृणित खेललाई नजिकबाट नियालीरहेका छौं । नेपाली जनताका समस्यालाई एकातिर थन्क्याएर कसरी राजनीति व्यक्तिगत स्वार्थमा तल्लिन छ भन्ने कुरा कसैबाट छिपेको छैन । यही परिप्रेक्ष्यमा अब को प्रधानमन्त्री बन्ने भन्ने अड्कलवाजि पनि चलिरहेछ । तर, जसले शासन हत्याए पनि यीनै कपुतन्त्रका मतियारहरुबाट अव देशले निकास पाउला भनेर सोच्नु दिवास्वप्न मात्र हुनेछ ।
तसर्थ, यो सत्ताको अङ्कगणितको खेलमा नअलमलिई मौलिक प्रतिमानमा बिश्वास राख्ने मूलधारको राजनीतिक पार्टी मौलिक जरोकिलो पार्टीको नेत्तृत्वमा संसद भित्रका र बाहिरका दलहरुलाई समावेश गर्दै राष्ट्रिय सरकार बनाउनु नै आजको सन्दर्भमा नेपाली जनताको हितमा हुनेछ भने केही समय पश्चात मतदानको वैधानिक माध्यमबाट कपुतन्त्रको समूल अन्त्य गर्दै आचार्य पद्धतिलाई अंगीकार गरेको मूलधारको शक्ति मौलिक जरोकिलो पार्टीलाई शासनको वागडोर जिम्मा लगाउनु नै जनहितकारी कार्य हुनेछ । ॐ ।
(भट्टराई मौलिक जरोकिलो पार्टी १ नं प्रदेशका महासचिव हुन् ।)