मेलम्चीको नाममा माफी माग

तीतो यथार्थ

रामप्रसाद खनाल

२०३८ सालमा मेलम्चीको सपना देख्ने, सर्भे गराउने स्व.राजा वीरेन्द्र, त्यही राजा वीरेन्द्रको ‘सपना साकार गराउँछु, राजधानीका सडक पखाल्न पुग्ने गरी मेलम्चीको पानी ल्याउँछु’ भन्ने अन्तरिम प्रधानमन्त्री एवम् सन्त नेता किशुनजी ।

२०३८ सालमा देखिएको मेलम्चीको सपना २०७७ सालमा बल्ल बल्ल पुरा भयो । पानी त आयो तर अझ परीक्षण पुरा भएको छैन भन्छन् आयोजनावालाहरू । के कसो हुने हो थाहा छैन ? तर लाजै नमानी मेलम्चीमा राजनीति गर्न सुरु गरिएको छ । प्रधानमन्त्री केपी ओली आफैले जस लिंदैछन्, काँग्रेसीहरू किशुनजीलाई बल्ल सम्झिँदै छन् । प्रचण्ड बुहारीले मैले ल्याएको भन्छिन् रे ।

खैर जे सुकै भए पनि, मेलम्ची आयो । खुसी हौँ । सपना देख्ने राजा वीरेन्द्र नबिर्सिऔँ, किशुनजीदेखी यसलाई सफल पार्न यहाँसम्म आउँदा मेलम्चीका लागि योगदान गर्ने सबै सबैलाई धन्यवाद पनि भनौँ, जस पनि दिऊँ । तर नैतिकताको न भन्ने चीज अलिकति बाँकी छ भने त्यो बेलादेखि यो बेलासम्मका शासकले नेपाली जनतासँग माफी माग । एउटा खानेपानीको परियोजना पुरा गर्न ३९ वर्ष लगाउने देशका शासकहरू नालायक होइनन् र ? यस्तै तालले बन्छ देश सिँगापुर र स्वीजरल्याण्ड ?

एउटा परियोजना पुरा गर्न ३९ बर्ष लगाउँदा, परियोजनाका नाममा अर्बौं अर्ब खरानी बनाएर नेता, मन्त्रीहरुले भुँडी भर्दा पनि धैर्य गर्ने र खुशी हुने यो सँसारमा हामी नेपाली जनताबाहेक यति सहनशील अरु को, कहाँ होलान र ?

अलिकति त लाज मानन हो शासकहरू हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button