००७ – ०७७: कति काेशेढुँगा, कति दाशढुँगा !
सन्दर्भः २००७ क्रान्तिकाे हीरक जयन्ती !
अरविन्द रिमाल
२००७ सालकाे क्रान्ति १९९७ सालकाे पर्चा क्रान्तिकाे पूर्णाहुति हाे, साङ्गे हाे । याे २००७ कात्तिक २३ बाट शुरु भई फागुन सात गते सम्पन्न भएकाे साढे तीनमहीना लामाे यज्ञाहुति हाे ।
क्रान्तिकाे यस जयन्तीमा संक्षिप्त चर्चाका पात्रमा राजा त्रिभुवन, टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद काेइराला, राजा महेन्द्र, गणेशमान सिँह, पुष्पलाल, राजा वीरेन्द्र, मदन भण्डारी तथा राजा ज्ञानेन्द्र विशेष उल्लेखनीय छन् ।
१९९७ सालकाे घटनाक्रममा सक्रियताका साथ सम्बद्ध भई ०७ सालकाे क्रान्तिका पनि उत्प्रेरक व्यक्ति राजा त्रिभवन हुन् भन्ने धारणाबाट कथा शुरु गरिन्छ । यसमा काेही कुनै झस्किने कुरा छैन । विश्वमनीषी कार्ल मार्क्स जर्मनीका सैन्य मार्शल बिस्मार्कलाई जर्मनी एकीकरणका अभियन्ता ठान्दछन् । अनि विश्व समाजवादी क्रान्तिका नायक भ्लादीमिर इल्यीच लेनिन जार पीटरलाई रुसी सन्दर्भका महान अभियन्ताकाे काेटीमा राख्दछन् । पुष्पलाल पनि पृथ्वीनारायण शाहलाई नेपालकाे ऐतिहासिक सन्दर्भमा साेही सम्मानमा राख्दछन्, यद्यपि नेपालका विभिन्न कम्युनिष्ट समूहहरुबीच यस मान्यतामा एकमत नभई अवसरवादी राजनीतिका कारण पुष्पलालविचारकाे विकृति गरिएकाे वा त्यसलाई ओझेलमा पारिएकाे देखिन्छ । इतिहासकाे निष्पक्ष अवलाेकनमा सङ्कीर्णता तथा जडसूत्रवादितालाई त्याग्नै पर्दछ । तसर्थ यस दायित्व आइपर्दा याे लेखक राजा त्रिभुवन र पछिकाे २०४६-७ काे घटनाक्रमकाे दृष्टिबाट राजा वीरेन्द्रकाे सकारात्मक भूमिकालाई सकार्नै पर्ने ठान्दछ, किनभने अनेक विदेशी चलखेलमा परेकाे आन्दाेलन मूलतः विश्व इतिहासकै एउटा माैलिक नेपाली उपलब्धि थियाे, र त्यसकारण यसलाई विनष्ट गरियाे ।
१९९७ सालमा त्रिभुवन राणाशासनसामु झुकेकै कारण शहीदहरुकाे हत्या हुन गएकाे भन्ने आराेपकाे पुष्टि वा सनाखत हुनु निष्पक्ष इतिहासकारहरुकाे दायित्व हो । राजा त राणााशाासकका भर्चुअल वन्दी थिए । राजाकाे तथाकथित लालमाेहर राखिने कन्तुरकाे साँचाे पनि ‘श्री ३ महाराज’कै खल्तीमा हुन्थ्याे । तर, पनि राजवन्दीहरुमाथि क्रुर सजाय सुनाएपछि राजा त्रिभुवन आफ्नाे ठाँउबाट उठेर ‘Punishment should be moderate’ भनेर गएकाे कुरा याे लेखकले सुनेकाे हाे । अनि, राज त्रिभुवनले २००७ सालकाे कात्तिककाे २५ गते अगाध जाेखिमपूर्ण काम गरेर भारतीय दूतावासमा, राजनीतिक शरण लिनु सात सालकाे प्रजातान्त्रिक क्रान्तिकाे सफलताकाे ध्येयमा १९९७ मा गल्तीकाे प्रायश्चित गरेकै हुन् भन्न पनि हिचकिचाउनु पर्दैन । यस अर्थमा त्रिभुवन यस क्रान्तिका उत्प्रेरक हुन् ।
घटनाक्रमकाे यथार्थ रूप
यस घटनाक्रमले यथार्थ रूप पाउनमा नेपाल प्रजा परिषदका कर्मठ क्रान्तिवीर गणेशमान सिँहकाे ठूलाे भूमिमा सर्वविदित छ । उनी २००२ सालमा कल्पनातीत ढङ्गले जेलबाट भागेर अन्तत: बनारसमा भारतबाट चलिरहेकाे राणा शासनविरुद्ध आन्दाेलनकाे अग्रिम नेतृत्वपंक्तिका विश्वेश्वरप्रसाद काेइरालसँग गरेका ऐक्यबद्धताकाे महत्त्वलाई जति प्रशंसा गरे पनि कम हुन्छ । यसप्रकारबाट भारतकेन्द्रित संघर्ष नेपालमुखी हुनसक्याे र क्रान्तिले माैलिक आयाम लियाे ।
अर्काे, याेगदान पुर्याउने कारक तत्त्व टङ्कप्रसाद आचार्यकाे त्याे दूरदृष्टियुक्त राजनीतिक समझदारी हाे, जुन उनले झ्यालखानबाट राणाशाहीविरुद्ध काठमाडौंका संघर्षशील समूहहरुमाझ पुर्याए, अर्थात् राजधानी चारभञ्झ्याङ्गकाे संघर्ष पार्टीविशेषका नारा लगाएर वा झण्डा फहराएर हाेइन, सामूहिक नारा र राताे झण्डाअन्तर्गत हुनैपर्छ नत्र संघर्षमा फूट पर्नेछ जसकाे फाइदा एकतन्त्रीय शासनले उठाउने छ भनेर ।
कालान्तरमा आफ्नाे सङ्गठन एवम् नेतृत्व काैशल, त्यागबाट वि. प्र. काेइराला २००७ सालकाे प्रजातान्त्रिक, हाे, प्रजातान्त्रिक क्रान्तिका मूर्धन्य नेता बने ।
क्रान्ति सम्पन्न भएपछिकाे कालखण्ड नेत्तृवमा वि. प्र. का कदाचित अव्यावहारिक कमीकमजाेरी र प्रत्यक्ष भारतीय सत्ताकाे ठाडाे हस्तक्षेपले उल्लेख्य रह्याे, जसलाई सच्याउन उनलाई सातसात वर्षकाे कठाेर राजनीतिक ओह्रालाे ब्यहाेर्नु पर्याे । २०१५-६ सालकाे ऐतिहासिक चुनावी विजयलाई उनले व्यवहारवादी तथा परिपक्व राजनेता- राजनितिज्ञयुक्त काैशलकाे परिचयद्वारा ठाेस तुल्याए, शासन र संसद सञ्चालनमा प्रमुख प्रतिपक्ष दल गाेर्खा परिषदका नेता भरतशम्शेर जबरा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजङ्ग रायमाझीकाे ठाेस सहयाेग प्राप्त गरी । यसकाे एउटा ज्वलन्त उदाहरण २०१६ सालकाे फागुन सात गते टुण्डिखेलमा आयाेजना भएकाे सभामा मञ्चमा भरत शम्शेर र डा. रायमाझीलाई दायाँवाँया राखेर उनीहरुबाट प्रजातन्त्र दिवसकाे महत्तकाे व्याख्या गराउनु । अनि, विदेश नीति, विशेष गरी चीनसँगकाे सम्बन्धमा, कार्यान्वयनमा उनी पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यकाे अनुगमन गर्न चुकेनन् । भारतसँग उनकाे सदाशयताले नेपालकाे कुटिल दरबारी चलखेल तथा भारतीय सत्तासीनकाे उनीप्रतिकाे पूर्वाग्रहकाे कारणले गर्दा समुचित फल पाउन सकेन ।
लेख्दालेख्दै थपिने कुरा !
वि. प्र. राजाीतिमा नयाँनयाँ आयाम थप्दै जाने राजनेता देखिए । ०१७ सालकाे महेन्द्र कूपछिकाे सुन्दरीजल जेल जीवनमा राजनीतिक तथा साहित्यिक कीर्तिमानका रे रचनाकार भएर निस्किए । २०२५ सालमा हठात भारत गमन तथा दुस्साहसिक सशत्र विद्राेहकाे विफलतापछि उनले विदेशमा निर्वासनबाट प्रजातन्त्रकाे पुनर्स्थापना गर्ने ध्येय सफल नहुने भन्ने ट. प्र. आचार्यकाे परामर्शकाे मान राखेर २०३३ पुषमा स्वदेश फर्के, ‘राष्ट्रिय मेलमिलाप’काे रणनीतिक- व्यावहारिक नारा दिएर । फलत: २०३६-७ सालकाे जनमत सङ्ग्रहकाे घाेषणापछिकाे गाेलमाल राजनीतिका कारण राजा वीरेन्द्र बराल्लिएर ईन्दिरा गान्धीकाे पाेल्टामा जानसक्ने खतरालाई टार्न सफल भए । पञ्चायतकाे ‘जीत’ भए पनि बहुदल अब मेटिन नसक्ने परिस्थिति ल्याई २०३९ मा यस संसारबाट ठूलाे कीर्ति छाडेर बिदा भए ।
तर पञ्चायत ढाल्न गणेशमान सिँह नेतृत्व अपरिहार्य रहेछ । परिवर्तनकाे अर्कै राजनीतिक निकास खाेज्न पुष्पलाललाई छाेडेर आएका कम्युनिष्ट समूहहरु घुमीफिरी उनै पुष्पलालकाे राजनीतिक लाइन समात्न आइपुगे, गणेशमानलाई सर्वाेच्च नेता बनाएर प्रजातन्त्र पुनर्स्थापना आन्दाेलनमा तनमनले लागेर । पञ्चायत अन्त्यकाे लागि कम्युनिष्ट-विराेधकाे एक्कलकाँटे नीति पत्युत्पादक हुने तथ्य आफ्नै अनुभवबाट बुझेका सिँह परिपक्व राजनीतिज्ञकाे भूमिका निर्वाह गर्दै कार्यकारी अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई साथ लिएर वामपन्थीहरूसँग विभिन्न शैलीमा कार्यगत एकता राख्न सफल हुन्छन्, जसमा उनलाई आफ्नाे पहिलेका अध्यक्ष ट. प्र. आचार्यकाे परामर्श तथा समर्थन प्राप्त हुन्छ । अनि नेकपा- मालेका समर्थवान महासचिव मदन भण्डारी कार्यकारी सहनेताकाे कीर्तिमान भूमिकामा अब्बल निस्कन्छन् । पराजित राजा वीरेन्द्र इतिहासकाे अत्युत्तम बुद्धिमत्ताकाे परिचय दिँन्छन् । भारतीय चरम दवावलाई लत्याएर जनआन्दाेलनकाे परिणामलाई सहर्ष मानेर विजेता सर्वमान्य नेतालाई गरिमामय प्रधानमन्त्री पद प्रस्ताव गर्दछन्, बाबुले फाैजी कूगरेर खाेसेकाे प्रजातन्त्र जनतामा फिर्ता बुुझाउँद छन् । सिँह प्रमकाे पदप्रस्ताव त्यागेर अर्काे कीतिमान कायम गर्दछन् । पार्टीलाई जनआकांक्षा पूरा गर्नमा लगाउने सिँह सदाशयता, दुर्भाग्यवश, आफ्नै पार्टीको महत्त्वाकांक्षी नेतृत्वपंक्तिकाे निहितस्वार्थँका कारण झापा कलबलगुडीमा मेच दुर्घटनाबाट पूरै तुहाइन्छ जसमा सिँहकाे अघिका घनिष्टमित्र भट्टराई उनकाे बचाउ गर्न चुक्दछन् । त्यसपछि त नेपाली काङग्रेसमा प्रजातन्त्र वा पुनर्स्थापित प्रजातन्त्र ‘लाेकतन्त्रीय’ चक्रव्यूहबाट नष्टप्राय: हुन्छ । ने.का.मा अब पुरानाे प्रजातान्त्रिक संस्कार बेहाेरका शायदै काेही जीवित रहेकाे वर्तमान अवस्थामा त्याे दल हालकाे राजनीतिक अन्याैलकाे वातावरणमा कुहिराेकाे माग भएजस्तै छ । फलस्वरूप, त्याे दल आफ्ना भातृ सङ्गठन तथा मानवाधिकार- नागरिक गठबन्धनसहित बालबालीका छात्रछात्रा हरुमाथि जघन्य हत्या-अपराधलाई ‘झिनाेमसिनाे कुरा’ भनेर नृसंशताकाे परिचय दिने हालका ‘समाजवादी’ वा ‘झाँक्री – तान्त्रिक’काे डाेर्याईमा पुग्न बेर नमान्ने देखिन पुगेकाे छ ।
मुटुमाथि ढुङ्गा राखी…
ने. का. काे ‘लाेकतन्त्र’ माेहबाट चुनावी संसदीय राजनीति नै भाँडभैलाेमा जाकिन पुग्ने दारुण कथा मुटुामाथिढुङ्गा राखी लेख्नु परेकाे छ।
हीरक जयन्तीकाे यस उपलक्ष्यमा टङ्कप्रसाद आचार्यकाे राजनीतिक कर्म, राजनीतिज्ञ काैशल, दूरदृष्टियुक्त राज्यीय नेतृत्त्वकाे पूरै परिचय पाउन यस लेखककाे ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेल’ का पाना नपल्टाई सुख्खै छैन भन्ने निवेदन नगरी रहनसकिन्न । वास्तवमा आफ्नाे भाग्यमा राजर्षि राजा हुने सुअवसार पाउँदा पनि राजा महेन्द्र आफ्नै घाेर महत्त्वाकांक्षा एवम् पूर्वकर्म दाेषकाे कारण कुटिल राजामा दरिन पुगेकाे वृतान्त पनि उक्त पुस्तकमै पाइन्छ ।
सामञ्जस्ययुक परिपूरक विराधाभाषका मूर्धन्य राजनीतिक हस्ति पुष्पलालकाे चर्चा
संक्षिप्तमा पुष्पलाल २००७ सालकाे क्रान्तिका यही व्यक्तित्व थिए। तात्कलीन बाह्य वैचारिक प्रभावका कारण उनकाे नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीलेे क्रान्तिलाई ‘अपूराे’ वा ‘धाेका’ भनेता पनि उनले व्यक्तिगत रूपमा कम्युनिष्टहरुलाई राणाशाहीविरुद्ध क्रान्तिमा भाग लिन राेकेनन् । फलस्वरुप क्रान्तिका विचार, ध्येय र उपलब्धिहरुकाे रक्षा तथा सम्वर्द्धनमा उल्लेखनीय सफलता हासेल भयाे । प्रजातान्त्रिक नेपालकाे याबद क्षेत्रमा भारतीयसत्ताकाे दखल र हस्तक्षेपविरुद्ध राष्ट्रिय जागरण ल्याउनमा पुष्पलाल नेतृत्वले अगाध ठूलाे महत्त्वकाे याेगदान पुर्यायाे। राणाशासनकालमा अनुल्लेख्य देशभक्ति तथा राष्ट्रियताकाे प्रश्नलाई वर्तमान समयकाे राष्ट्रिय एजेण्डाकाे रूपमा अघि बढाए, पुष्पलालले । एशिया- अफ्रिका- ल्याटिन अमेरिकाका स्वाधीनता संग्रााकाे उद्देश्य तथा महत्त्व जागरुक समाजकाे बीचमा उनैकाे नेतृत्त्वले ल्यायाे ।
आलङ्कारिक भाषामा भन्नुपर्दा, अहिले पनि असन, मखन,वटु आदिका गल्लीमा र उपत्यकाका सडकमा त्यतिबेलाकाे ईन्कलाब जिन्दावाद, भारतीय हस्तक्षेप मुर्दावाद, अंग्रेज- अमेरिकी साम्रज्यवाद मुर्दावादका प्रतिध्वनि सुन्न सकिन्छन् । उनका नेतृत्वमा नेपाल प्रजा परिषदसँग भएकाे सम्युक्त माेर्चाले सात सालकाे क्रान्तिका उपलब्धिहरुकाे रक्षार्थ महान कार्य सम्पन्न गर्याे तथा भारतीय हस्तक्षेपविरुद्ध आन्दाेलन- अभियानलाई राष्ट्रिय राजनीतिकाे प्रमुख विषय बनायाे । यस्ताे महान ऐतिहासिक महत्त्वका सम्युक्त माेर्चा पछिका पार्टी महासचिव मनमाेहन अधिकारीकाे अकर्मण्यता तथा शैलेन्द्रकुमार उपाध्यायकाे दुस्साहिकताका कारण टुट्याे जसबाट समस्त प्रतिक्रियावादी शक्तिहरुले खुशी मनाए ।
यसरी आजकाे महान दिवसकाे हीरक जयन्तीकाे चर्चा गर्दा १९९७, २००७, २०१५, २०३३,२०३६, २०४६-७, २०६२-६२ काे पूर्व कालखण्डका काेशेढुङ्गाकाे उल्लेख हुन्छ भने दाजुका ऐतिहासिक साेच र समझ, sense of history विपरीतका मन्दबुद्धिका राजा ज्ञानेन्द्रकाे दुस्सासिक महत्त्वाकांक्षाकाे कारण देशले अहिलेसम्म पनि अनेक ‘दाशढुङ्गाहरु’ बेहार्नु परेकाे तथ्य पनि छर्लङ्ग छ ।
रङ्गविरङ्गी ‘लाेकतान्त्रिक’ ‘गणतान्त्रिक’ हरुकाे नयाँ वर्ग, The New Class काे जन्म भयाे, त्याे हुर्क्याे । अब त्यसै वर्गले मुलुकमा रजाईँ गर्नसक्याे, सकेकाे छ ।
आज क्रान्तिकाे हीरक जयन्तीसहित त्यसका मूल्य, मान्यता एवम् महत्ता सडक जात्राद्वारा धरासायीप्राय: भइरहेछ । ‘चाेरलाई चाैतारा र साधु [जनता]-लाई शुली’ भन्याजस्तै जात्रा चटकेहरुले मञ्चन गरिरहेका छन् । विदेशी शक्ति आफ्नाे स्वार्थ भजाउन पाइयाे भनेर मख्ख छ ।
आज देश तथा जनता यस्ताे कुटिल राजनीतिक चेपूमा परेमा छन् भने पनि हामी विवेकशील मानिसहरुले याे जयन्तीकाे महिमामा ह्रास आउन दिनु कदापि हुँदैन, यसका पुनीत ध्येयलाई विकृत गर्दै त्यसकाे महत्त्वकाे अपहरण गर्नखाेज्नेहरुका चालबाजीबाट आफू वचन, अरुहरुलाई पनि बचाउन प्रयत्नशील, निष्ठावान हुनैपर्छ भन्दै याे लामाे निवन्धलाई जय नेपालकाे अभिवादनसहित र ‘सुन्नेलाई सुनकाे माला, भन्ने- लेख्नेलाई फूलकाे माला, याे कथा बैकुण्ठ जाला’ भन्ने पुरानाे चलनबाट बीट मार्ने अनुमति चाहन्छु ।