सम्झनाः दूरदर्शी दमननाथ

बाबुराम पाैडेल
शंकरनगर,रुपन्देही

२०४६ मा पन्चायत फालिए पछिकाे नयाँ सम्विधान बनाउन गठित आयाेगका सदस्य दमननाथ ढुङ्गाना २०४७ ज्येष्ठकाे कुनै दिन सुझाव संकलन गर्न प्यूठान गए! जि.बि.स.काे हलमा १ दिन खचाखच भिड थियाे,धेरै मान्छे कुर्ले! सत्ययुग आउनै लागेकाे आभाष हुने गरी मान्छेहरु बाेले! सुझाव दिन फारम भराईयाे!

३/४ दिन जिल्ला सरकारी वकीलकाे निवासमा बसेका उनि सँग जिल्ला न्यायाधिशकाे पहलमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसँग डिनर सहितकाे भेटघाट मिलाईयाे! करिब तीन घण्टाकाे बसाईमा सुरक्षा निकाय प्रमुखहरुले खासै बाेल्ने कुरा थिएनन्! भर्खर ब्यवस्था परीवर्तन भएकाे र सबै जना अँघिल्लाे ब्यवस्थामा सरकारकाे नीति निर्देशन अनुसार काम गरी आएका हुँदा आम जनतामा सुरक्षा निकायहरु प्रति खासै सकारात्मक दृष्टिकाेण पनि थिएन!

न्यायाधिश,वकिल र ढुङ्गानासँगै आएका अन्य दूईजना बीच भएका भलाकुसारी सुन्दै त्यहाँ टकारीएकाे परीकार मध्येकाे तरल पदार्थ लिई हाल्दा नयाँ ब्यवस्थाले नाेट गरी हाल्छ कि? जस्ताे संकाेचमा रहेका सुरक्षा निकाय प्रमुख हरु उनका अँगाडी हच्किनु पर्ने अवस्था नरहने गरी अपनत्व दर्शाए ढुङ्गानाले!

कुरै कुरामा उनले भने-” हेर्नुस् तपाईहरु अनुभवी हुनुहुन्छ! सम्विधान कानून जति राम्रा बने पनि कार्यान्वयन मूख्य चुनाैति हाे! नयाँ सम्विधानमा जे जस्ताे लेखिएला- तर मूल धारका राजनैतिक दलहरु र राजा बीचमा एउटै घरका दाजु भाइ जस्ताे साैहार्द्रपूर्ण सम्बन्ध रहेन भने सम्विधानमा जे जस्ताे लेखिए पनि मुकुल ट्र्याकमा चल्न सक्ने छैन!” राजा र दल मिल्ने कुरा सार्बजनिक रुपमा बाेलिएकाे भए जीब्राे थुतिने रापताप थियाे त्यति खेर!

स्व. दमननाथ ढुंगानाकाे उल्लेखित भनाई कहिल्लै भुलिन मैले! उनी संसदकाे पहिलाे निर्बिवाद सभामुख बने! २०७५ काे आम निर्वाचनमा उनलाई भक्तपुरमा अन्तरघातबाट हराईयाे भन्ने सुनियाे! अन्य केही राजनीति कर्मीलाई जस्ताे कूकर्मकाे आराेप उनलाई लागेकाे सुनिएन!

ठ्याक्कै स्व. ढुङ्गानाले भने जस्तै तात्कालिन सम्विधान जारी हुने अवस्थामा दरबार र दलहरु बीच खटपट सुरु भै हाल्याे! २०४७ कार्तिमा सम्वैधानिक राजतन्त्र सहितकाे संसदीय ब्यवस्था बहाल भयाे! २०४८ बैसाखमा भएकाे संसदीय चुनावमा स्पष्ट बहुमत पाएकाे मूख्य राजनैतिक दलकाे सरकार ढाल्न प्रमुख प्रतिपक्षीले कर्मचारी आन्दाेलन सुरु गराईहाल्याे! २०५१ मा बहुमतकाे सरकारले संसद भङ्ग गरेर नयाँ जनादेश माग्याे! साे दलमा रहेका त्यागी र स्वच्छ छविका भनिने हरुलाई पाखा लगाईयाे! मध्यावधि चुनावले खिचडी संसद जन्मायाे र त्यही बिन्दूबाट मुलुककाे दूर्दशा सुरु भयाे! २०५२-२०६२ काे बिध्वंशात्मक कालखण्ड यही संसदले जन्मायाे! देशमा लुटतन्त्र मच्चियाे,राष्ट्रिय उद्याेग धन्दा, नदी बेचिए! लाउडा, धमिजा काण्ड घटे! तीन हजार सेनाले सुरक्षा गरेकाे राजाकाे वंशै सखाप पारीयाे!

यद्यपि २०४६ पछिका राजनैतिक परीवर्तनहरु, जारीभएका संविधान र उथल पुथलहरु नेपालीकाे चाहना मात्रैले भएकै हाेईनन् भन्ने तथ्यहरु नेपथ्यका संलग्नता सहितका दस्ताबेजहरु सतहमा आईसकेका छन्! तर स्व. ढुङ्गानाकाे ” राजा र दलहरुकाे सम्बन्ध दाजु_भाईकै जस्तै हुनु पर्दछ” भन्ने कथन कति दूरदर्शी थियाे भन्ने तथ्य देशकाे अहिलेकाे हालतले जाहेर गरेकै छ!

देशले बाेकेकाे २५ खरबकाे सार्बजनिक ऋण, २२ खरब माथिकाे बैदेशिक व्यापार घाटा,युवा बिहीन हुँदै गएकाे मुलुक, मानव रहित हुन थालेका मध्य पहाडका गाउँ बस्तिहरु, उठ्दै नउठ्ला कि जस्ताे आर्थिक मन्दी, बेराेजगारी, नीति बिहीनता,अराजकता,सर्बत्र दलालीकरण, मूल धारका राजनैतिक दल र तिनका नेतृत्वहरु प्रति आम जनतामा चरम बितृष्णा,चरम भ्रष्ट्राचार,जवाफदेही विहीनता,पिलन्धरे हुँदै गएकाे परराष्ट्र सम्बन्ध,छुराकाे धारमा पुगेकाे जातीय क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वाभिमान गर्ल्याम्मै ढल्ने अवस्थामा पुगेकाे परनिर्भरताकाे दूष्चक्र समेतका बिसंगतिहरु बिगत ३५ बर्ष यता भएका राजनैतिक परीबर्तन, प्रणाली, सरकारहरु, दलका नीति र नाेकरशाहीका एकमुष्ठ उपलब्धि हुन्!

फेरी पनि राजनैतिक दलहरु र तिनका नेताले देशकाे हालत हेरेर “हाम्लाई पुग्ने कमाईयाे,अब देश बनाम्” भन्ने वाला छैनन्! स्व. दमननाथ ढुंगानाले त्यतिखेरकाे परीप्रेक्ष्यमा उजागर गर्नु भएकाे “दिब्य साेंच”जस्तै याे देशका राजनैतिक शक्तिहरु सच्चिन सुरु गरे हुने हाे नि! अँहं, यिनीहरु सचिन्नन्! सायद देश बर्बाद भएकाे देखेर मात्र यीनिहरुले चीर विश्राम लिने पाे हुन् कि त??

स्व. दमननाथ ढुङ्गानाप्रति श्रद्धा सुमन!

(उल्लेखित समयमा म स्वयम् उक्त जिल्लाकाे एउटा सुरक्षा निकाय प्रमुख थिएँ)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button