
सत्य, त्रेता, द्वापरजस्ताे कलियुगमा पापकाे फल भाेग्न अर्काे जन्म कुर्नुपर्दैन, कलि आजकाे भाेलि

सायद पाप कुर्लन्छ
बाबुराम पाैडेल
शंकरनगर, रुपन्देही
२०६० भाद्र । हिन्दू महिलाहरुकाे ठूलाे पर्व तीजकाे दरखाने रातकाे करिब ९ बजेबाट अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्ख बजार गाेली, बम, बारुदकाे कर्कस र भयानक आवाजले दग्दगाउन थाल्याे । उज्यालाे हुनु २ घण्टा अगाडिसम्म तत्कालिन कानूनले आतङ्ककारी घाेषित गरेकाे पक्षले सरकारी सुरक्षा निकायहरु र कार्यालयहरुका साथै महत्वपूर्ण प्रतिष्ठान र बैंक बित्तिय संस्थाहरुमा भिषण हमला गरेकाे थियाे । उज्यालाे भए पछिकाे तीजकाे बिहान सन्धिखर्ककाे टुँडीखेल र आसपास छरपष्ट मान्छेका लाशकाे बिस्कुनमा सरकारी सुरक्षाकर्मी र तत्कालिन आतङ्ककारी नाईकेहरुका बहकाउमा लागेका समेतका सयाैं नेपाली छाेरा छाेरीहरुकाे रगतले अर्घाखाँचीकाे माटाे रगताम्य थियाे ।
सरकारी निकायहरु आगजनीबाट ध्वस्त भए, बैंक, सरकारी हातहतियार खरखजाना लुटीए । अपरान्ह हुँदै गर्दा हेलिकाेप्टरमा सुरक्षाकर्मीहरुका लाशहरु ओसारिन थालियाे । लुम्बिनी अंचल र गण्डकी अंचलका लगभग सबै जिल्ला सदरमुकाममा लासहरु ओसार्ने हेलिकप्टर पुगी रहँदा तिजकाे रमाईलाे कालागि स्थानीय टुँडीखेल, चउरहरुमा भेला हुँदै गरेका महीलाहरु आँखामा आँसु बगाउँदै तितर बितर भए । सायद त्याे सालकाे तीजमा लुम्बनी र गण्डकी अन्चलभर तीज मनाईएन । कारण थियाे, त्याे कालाे दिन रातमा पचासाैं सुरक्षाकर्मीका पत्नीहरु बिधवा भएका थिए, आमाहरुकाे काख रित्तिएका थियाे, सयाैं बालबालिकाहरुले आफ्ना बाउ गुमाएका थिए, हज्जाराैं आफन्तहरु पीडामा छट्पटाएका थिए ।
र, उल्लेखित अमानवीय बीभत्स र अहिलेसम्मकाे उपलब्धि विश्लेषण गर्दा सर्बथा अैाचित्यहीन ठहरीने कामकाे नेतृत्व गर्ने चाहिँ हालैकाे चर्चित अपराध शरणार्थी प्रकरणमा नाम मुछिएपछि फरार भएका भनिएका त्यही जिल्लाका नेता(?) ले गरेका थिए । २०६० सालसम्म अर्घाखाँचीकाे राजनीति र सामाजिक क्षेत्रमा चर्चित र जनप्रीय ठानिएका राममणी ज्ञवाली, बिष्णु प्रदिप, शिवलाल पाेख्रेल, हुमानन्द बन्जाडे, शाेभाखर भूसालहरुकाे तत्कालिन आतङ्ककारी पक्षले नृशंस, बर्बर र बगरे शैलीमा हत्या गर्नुका साथै चन्दा चेतावनी र बिस्थापन गरेर जिल्ला भर साे पक्ष बिरुद्ध ‘pin drop silence’ काे स्थिती उत्पन्न गरेकाे थियाे । त्याे जिल्ला,आसपास र समग्र मुलुकभर यस्तै र नेपालै भरी जिल्ला सदरमुकाम बाहीरका भूभागहरुमा सरकार बिहीनताकाे स्थिति थियाे । सरकारी सुरक्षाकर्मी र बिध्वंशकारी पक्षका थाेक मृत्यू र असिमित धन सम्पत्तिकाे नाेक्सानी बाहेकका छिटफूट घटनाहरु प्रति मान्छेहरु चासै राख्दैनथे ।
के काे लागि भएकाे रहेछ त त्याे १० बर्षे कालखण्डकाे बिध्वंस ? आज अर्घाखाँची जिल्लाभर मात्र हाेईन कि मुलुकैभर याे प्रश्न उठेकाे छ । त्याँहा २/३ पटक अपार जनमत समेत पाएर चर्चा र राज्यशक्तिकाे पावरले चुलिएका ती कथित जनप्रतिनीधि र तिनका छाेराले देशद्राेह, ठगी, भ्रष्ट्राचार जन्य फाैजदारी कसुर गर्नकै लागि जनताद्वारा निसृत असिमित पावरकाे दूरुपयाेग गरेकै हाेलान् ? हैनन् छैनन् भने छानबिनलाई नसघाएर फरार किन छन् त ?
मान्छेहरु के भन्दैछन् भने “पाप धुरीबाट कुर्लन्छ” । २०६० काे तीजका दिन व्रत बसेका सयाैं महीलाहरुकाे आँसुले पाेल्याे फलानालाई । फलानाे र त्यसकाे छाेराले कूकर्म गरेर सामन्त हुन मात्रै त्यति विधि अपराध भए गरेका हुन् त ? सत्य, त्रेता, द्वापरमा जस्ताे कलियुगमा पापकाे फल भाेग्न अर्काे जन्म कुर्नु पर्दैन । “कली- आजकाे भाेली” हाे ।
शरणार्थी प्रकरणले अभियुक्त बनाएका फलाना फरारै भए पनि अनुसन्धान अभियाेजन गर्ने निकायले न्यायिक निरुपणका लागि अदालतमा फाईल लैजाला नलैजाला !? याे देशकाे मूख्य भनिएका राजनैतिक दलका शीर्ष नेता र मुलुकका प्रधानमन्त्रीबीच शरणार्थी प्रकरण र राजनीतिक दलका मान्छे सम्लग्न अन्य फाैजदारी अपराधमा हाल मुद्धा नचलाउने सहमति भएछ भने पनि जनअदालतले तिनीहरुलाई माफी मिनाहा दिने वाला छैन । सायद तिनीहरु अब यस जुनिमा जनता समक्ष आफ्नाे पूर्ब हैसियत र तुजुगमा मुख देखाउन लायक रहने छैनन् ।
तर मान्छे बेमान छ, दास छ झाेले छ, गाेठालाे हुन रुचाँउँछ र पाे त ! अब हेर्नुस् न, २०६० सालकाे त्याे कालाे रातमा भएकाे आगजनी र बिष्फाेटनमा जनताकाे जमीकाे श्रेष्ता राख्ने मालपाेत र नापी कार्यलयहरु ध्वस्त भए । आगजनी भएका जिल्लाका सतप्रतिशत जनताले आफ्नाे सम्पत्तिकाे श्रेष्ता अध्यावधिक (हालसाविक) गर्न हजाराैं रुपियाँ खर्च गरेर सदरमुकाम धाउन बाध्य भयाे । धाउँदै छ, नियमित सरकारी दस्तुरबाहेक घुस, हाेटल खर्च,यातायात भाडा तिर्दैछ । तर त्याे बेला बिध्वंस गरेर आफुलाई आजसम्म दूख दिने, खर्च गराईदिने त्यही पक्षलाई पाे जनताले भाेट दिएर गुन लगाउँदैछ, जन प्रतिनिधिमा निर्वाचित गर्दैछ, सामन्त बनाउँदै छ र लुट खसाेट समेतका फाैजदारी अपराध समेतमा अग्रसर हुने हिम्मत दिंदै छ र पाे त ! छ्या…
पूर्बीय दर्शनका धार्मिक र शास्त्रीय मान्यताहरु शाश्वत छन् । संसारीहरुले मानी आएका लगभग सबै धर्मले मान्छेलाई पापकर्म नगर भन्छ । तर पापकर्मले घाँटी नाघ्न थालेपछि एउटा माध्यमबाट कुर्लिन सुरु हुने रहेछ कि त !? सायद इश्वरले नै पाे पापिष्टलाई थप कुबुद्धितिर प्रेरित गराएर पापकाे घैंटाे फुटाल्न सहयाेग गर्दाे रहेछ कि !?
“यदा यदाहि धर्मस्य ग्लानिर्भवतु भारत ।”
पापिष्ट र म्लेक्षहरुकाे पापका घडा भरीए सायद । अपराध कर्मले डामिएका र अब डामिनेहरुलाई सिण्डिकेट, अदालत वा राजनैतिक हस्तक्षेपले उन्मुक्ति दिएछ भने पनि जनअदालतकाे घनिभूत प्रत्याक्रमणले याे देशलाई बर्बाद पारी आएका कूलङ्गार हरुलाई भिषण सजायँ दिनेछ । तिनीहरु मुलुकभित्र मुख देखाएर बाँच्न नसक्ने हुनेछन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)