
नपढी-नबुझी कमेन्ट गरेको मलाई मन पर्दैन
कसैले घमण्ड नगरेकै राम्रो
नारायणबहादुर बस्नेत
मेचिनगर–८, झापा
कुनै बिषयलाई प्राथमिकता दिइ लेख लेखिन्छ, पाठकलाई सकेसम्म आनन्दित बनाउने प्रयास नै गरिन्छ । मर्मस्पर्शी लेख लेखेर समाजलाई सन्देश दिन खोजिन्छ तर यो समाजमा रहेका मानिसहरूले लेखिएको लेखको बारेमा हेर्न पढ्न नै फुर्सद पो कस्लाई हुँदोरहेछ र ।
पुरै लेख नपढी लाइक र कमेन्ट गर्नु त हाम्रो बेथिति र पुरै कमजोरी नै हो भन्ने ठान्दछु । किनकि पोष्ट हालिसकिएको मात्र हुन्छ, लेख पढ्नलाई केही न केही समय ता लाग्छ नै तर लाइक आइसकेको हुन्छ । अनि आफ्नो मनमा चाहिँ केही कुरा खेल्न थाल्छन्, यो कस्तो खालको लाईक हो ? प्रश्न उठ्छ, जिज्ञासा लाग्छ, कतै लेखकलाई खुशी पार्न गरिएको लाइक त हैन ।

त्यस्तै, एकखाले हुन्छन, लेखको आशय के छ, विपरित कमेन्ट, अनि सम्झना आउँछ, ल्हासा जानु कुत्तिको बाटो । केही साथीहरू त कमेन्ट गरेर त्यसलाई मैले ठूलो मान्छे बनाईदिनु पर्ने भन्ने ठान्छन् त केही साथीहरू त आफुलाई हामी नै सर्वश्रेष्ठ हौं, किन बेकारमा लाइक, कमेन्ट गर्ने भन्नेखालको सोच पनि पाइन्छ । त्यसैले मानिसले घमण्ड नगर्नु नै वेस भन्दै एउटा आशीर्वचन राख्न मन लाग्यो ।
समय सकिएपछि
पातले झर्नु पर्छ
हिउँले पग्लनु पर्छ
बत्तीले निभ्नु पर्छ
सूर्यले अस्ताउनु पर्छ
फूलले झर्नुपर्छ
हामीले संसार छोड्नुपर्छ
त्यसैले
कसैले घमण्ड नगरेकै राम्रो !
अब आफ्नो शरीर र अङ्गहरूको बारेमा लेख लेख्ने जमर्को गरेको छु, स्विकार गर्नु नै हुनेछ ।
हाम्रो शरीरको घाँटीदेखि तल चाहिँ मेरो शरीर हुँदो रहेछ, किनकि मैले खाइन र परिवारले खाए अथवा कुनै साथीले खाए भने म अघाउँदिन रहेछु । अरू साथीहरूले हिँडिरहनु भएको छ, म हिँड्नु पर्दैन भन्न मिल्दो रहेनछ, गन्तव्यमा पुग्न आफै हिँड्नुपर्दो रहेछ । अरू साथीले दिशा–पिसाब गरे मैलै नगर्दा पनि हुन्छ भन्न मिल्दो रहेनछ । त्यसैले आफ्नो शरीर स्वस्थ राख्न आफैले आफ्नो लागि गर्नुपर्दो रहेछ ।
घाँटीदेखि माथिल्लो भाग भनेको आफ्नो मात्र हैन सार्वजनिक पनि हुदोरहेछ, किनभने म मेरो बारेमा मात्र बोल्छु, म राम्रो–राम्रो मात्र वास्ना मात्र लिन्छु, राम्रा–राम्रा कुराहरू मात्र सुन्छु, र राम्रो–राम्रो वस्तुहरू मात्र हेर्छु भनेर भगवानले मानव जातिको सृजना गर्दा बनाईएको क्रमश, मुख, नाक, कान, र आँखा रहेनछ, यी हाम्रा ज्ञानेन्द्रियले राम्रा पनि, नराम्रा पनि,खानु, हेर्नु,बास्ना लिनु र सुन्नै पर्दो रहेछ । त्यसैले हाम्रो शरीरको सार्वजनिक भनिएको भागलाई मेरो मात्र बनाइयो भने यमराजको बास हुने रहेछ ।
घाँटीदेखि माथिको भागलाई आफ्नो मात्र नभएर सार्वजनिक पनि बनाउन सकियो भने भगवानको रूपहरू जस्तै श्रीकृष्ण, श्रीराम, शान्तिका दुत गौतम बुद्ध जस्ताको बास हुने रहेछ । मानवले घमण्ड नगरी त्यतातर्फ आफुलाई ढाल्नुपर्छ, सबै ठीक भएर अघि बढ्न सकिन्छ भन्दै समय अनुसारको फल खाने हो, हामीले लेखमार्फत सुसुचित गराउने हो । भिर जाने गाईलाई रामराम भन्न सकिन्छ, भिरबाट खसिहाल्यो भने काँध हाल्न सकिदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)