
एउटा राष्ट्रसेवककाे पहलकदमी, जसले देशकाे अरबाैं सम्पत्ति जाेगायाे !

सुखद संस्मरण
बाबुराम पाैडेल
२०५१ सालमा चितवन र मकवानपुर सीमानाकाे लाेथर खाेलामा आएकाे बाढीले पूर्बी चितवन लगभग तहसनहस बनायाे । तत्कालिन प्रमं गिरीजा प्र. काेईरालाले बाढी ग्रस्त क्षेत्रकाे निरीक्षण गरे पश्चात् लाेथर खाेला नियन्त्रणकाे दीर्घकालिन याेजना बनाई कार्यन्वयनमा ल्याउन दिएकाे निर्देशन दिए । सरकारका तत्सम्बन्धि निकायहरुकाे पहलमा जर्मन सरकारकाे सालबसाली अनुदानमा पूर्व- पश्चिम राजमार्गकाे लाेथर पुल देखि तल साैराहासम्मकाे २४ कि.मि.लाेथर खाेला एवं राप्ती किनारमा १२ फिट जति अग्लाे र लगभग २४ फिट चाैडा बाँध बनाएर त्यसमाथि बाटाे बनाउने परीयाेजना कार्यन्वयनमा आयाे। प्राबिधिक कामकाे निरीक्षण अनुगमन, चितवन राष्ट्रिय निकुन्जसंग समन्वय समेतकालागि तत्कालिन सांसद जागृत प्रसाद भेटवालकाे अध्यक्षतामा निकुन्जकाे बफर जाेन क्षेत्रका उपभाेक्ता समेत समिलित एउटा समिति समेत थियाे ।
२०५५ सालबाट बाँध निर्माणकाे काम सालबसाली आउने अनुदानबाट बार्षिक करिब ३ कि.मि. बन्दै जान थाल्याे । तर चितवन मकवानपुरकाे कमजाेर चुरे जलाधार क्षेत्रबाट भै रहने अत्यधिक भू-स्खलनका कारण लाेथर खाेलाले बगाएर ल्याउने बार्षिक कराेडाैं मेट्रिकटन गिट्टी ढुँगा लाेथर खाेलाकाे राजमार्गकाे पुल देखि उत्तर करीब १ कि.मि. देखि राप्ती किनार सम्मकाे करिब ४ कि.मी. सम्म अत्यधिक थिग्रीएर (Siltation) बर्सेनि लाेथर खाेलाकाे सतह बढेकाे बढेई हुने भयाे । पूर्बी चितवनकाे बस्ती भन्दा खाेलाकाे सतहमाथि भएकै कारण २० काे बाढी यसै कारणले बस्तीमा पसेकाे थियाे । एकातर्फ बाँध निर्माण कार्यले गति लिंंदै गएर २०७१ साल सम्म करिब १८ कि.मि. बाँध बनीसकेकाे र अर्काे तर्फ लाेथर खाेलामा थुप्रिएर थेग्रीने गिट्टी, ढुँगाकाे सतह उठदै गएर निर्मित बाँध पुर्दै लगेर राजमार्गकाे पुल छुन करिब १ मिटर मात्र रहन गयाे । बर्षाकाे कुनै पनि बाढीले राजमार्गकाे पुल उडाउने र २०५१ काे जस्तै जुनसुकै बर्षामा पूर्बी चितवनमा लाेथर खाेलाकाे बाढी पस्ने खतरा बढदै गयाे । त्याे बेलासम्म बाँध निर्माणमा खर्च भएकाे कराडाैं रकम अैाचित्यहीन हुने देखिन थाल्याे ।
याे अवस्था आए पछि खास गरि अनुगमन समितिका अध्यक्ष जागृत प्रसाद भेटवाल अत्यधिक चिन्तित भै लाेथर खाेलामा सालबसाली थेग्रिने कराेडाैं मेट्रिकटन गिट्टी ढुंगा निकालेर आन्तरिक प्रयाेगमा खपत गराउने प्रस्ताव पटक पटक मन्त्री परिषदमा पेश गराउने पहल गर्नु भएकाे रहेछ । तर उक्त ठाउँ राष्ट्रिय निकुन्जकाे बफर जाेनमा पर्ने, लाेथर खाेलाकाे दुबै किनारका बगरमा गाेहीले अण्डा पार्ने बच्चा काेरल्ने, नेपालले विश्व बन्य जन्तु सम्बन्धि साईटिस महासन्धि
मा हस्ताक्षर गरि सकेकाे हुँदा लाेथर खाेला वा राप्ती किनारमा गिट्टी ढुंगा चलाउने, उत्खनन् गर्ने काम गर्नु हुँदैन भन्ने तर्क दिएर राष्ट्रिय निकुन्ज बिभागका हाकीम हरुले नीति निर्माण वा कानूनी दफा संसाेधन परीवर्तन गर्न नदिने रहेछन् । याे अवस्थाले गर्दा राजनैतिक नेतृत्व निर्णय गर्न डराउने रहेछ । ऐन नियम बाधक भएका कारण त्यहाँकाे ढुङ्गा गिट्टी १ ट्रेक्टर पनि निकाल्न नपाईए पछि लाेथर खाेलामा गिट्टी ढुँगा थुप्रिंदै जाने नै भयाे । राजमार्गकाे पुल बगाउने जाेखिम कम गर्न भनेर बर्सेनि ६ लाख जति रकम निकासा गरेर पुल मुनीकाे १०/८ टिप्पर ढुङ्गा गिट्टी सडक डिभिजनमार्फत निकालेर झारा टारिंदाे रहेछ ।
२०६९ सालमा म नेपाल सरकारकाे Intelligence (गुप्तचर) निकायकाे जिल्ला कार्यालय प्रमुख भै चितवन गएपछि जागृत प्रसाद भेटवालले पूर्बी चितवनकाे उल्लेखित अवस्थाबारे प्रजिअ लगायतका सम्बद्ध निकायहरुले पहलकदमी लिन कैयाैं भेटहरुमा आग्रह गर्नु भएकाे देखियाे । उहाँ संलग्न राजनैतिक दलकै सरकार बन्दा समेत उहाँकाे प्रस्ताव कार्यान्वयन गराउन नसक्नु भएकाे रहेछ। उहाँकाे प्रस्तावमै लाेथर खाेलाकाे ढुँङ्गा गिट्टी झिकेर सडक वा अन्य निर्माणका काममा आन्तरिक खपत गर्ने भन्ने हुँदाे रहेछ । तर जति पटक पहल गरे पनि उही साईटिस सन्धि वाला कुराे र गाेहीकाे अण्डा
निस्किएर निर्णय गर्न डराउने रहेछ ।
एकातर्फ कराैडाैं मेट्रिकटन ढुँङ्गा गिट्टी खेर गएकाे अर्काेतर्फ पूर्बी चितवनकाे बाढी नियन्त्रण कालागि त्यतिका बर्ष सम्म भए गरेकाे लगानी बेकार सावित हुँदै गएकाे थियाे । यता जिल्लाभित्र हुने ब्यक्तिगत र सार्बजनिक बिकास निर्माणका काममा प्रयाेग हुने गिट्टी, बालुवा, ढुङ्गाकालागि चितवन जिल्लाका अन्य खाेला बगरमा अत्यधिक दाेहन बढदै गएर कुलाका बाँध पैनीहरुमा पानीकाे सतह भासीएर सिंचाई प्रणाली नै ध्वस्त हुने अवस्था श्रृजना भै रहेकाे थियाे । याे अवस्था प्रति जिल्ला स्थित जिम्मेवार निकायहरुले खासै वास्ता गरेकाे देखिएकाे थिएन ।
त्या बेलासम्म गुप्तचर बिभागले नेपाल सरकारलाई दिने गरेका देशमा सुनीति निर्माण र राष्ट्रकाे कुनै पनि भू-भागकाे हितमा काम लाग्ने विश्लेषणात्मक प्रतिबेदनहरु सरकारले चासाेपूर्वक लिने र कार्यन्वयन समेत गर्थ्याे । उल्लेखित समग्र बस्तुस्थिती समेटीएकाे लाेथर खाेलाकाे गिट्टी ढुँगा बर्सेनि निश्चित परिमाणमा निकालेर आन्तरिक खपतमा प्रयाेग गर्नै पर्ने र नगरेमा निकट भबिष्यमा पूर्बी चितवनमा भयानक बाढी पसेर अरबाैंकाे क्षति हुने निष्कर्ष सहितकाे प्रतिबेदन बिभागमा जाहेर गरें । बिभागले need to know अनुसार सरकारका तालुक मन्त्रालयमा पठायाे पठाएन थाहा भएन । तर कार्यान्वयन हुने संकेत देखिएन ।
गृह सचिब हुँदा मुलुक भरका अबैद्य क्रसर उद्याेग, चुरे, नदी, खाेला दाेहन गरेर अबैद्य रुपमा गिट्टी बालुवा भारत निकासी राेक्न पहल गर्नु भएका लिलामणी पाैडेल नेपाल सरकारकाे मूख्य सचिब हुनुहुन्थ्याे । मन्त्री परिषदले गर्ने निर्णयहरु उहाँमार्फत पेश हुने कुरामा म जानकार थिएँ । काम बिशेषले उहाँ चितवन आउनु भएकाे बेला मैले पूर्बी चितवनकाे उल्लेखित अवस्था समेटीएकाे पाँच पानाकाे साराँश प्रतिबेदन दिएँ । साे प्रतिबेदनमा लाेथर खाेलाकाे ढुंगा, गिट्टी झिकेर कसरी आन्तरिक खपतमा प्रयाेग गर्ने, त्यसाे गर्दा कसरी अन्य खाेला नदीकाे अनियन्त्रित दाेहन राेकिन्छ र राष्ट्रिय निकुन्ज सम्बन्धि ऐन नियमावलीका कुन कुन दफा संसाेधन गरीनु पर्दछ भन्ने समेटिएकाे थियाे ।
मूख्य सचिब पाैडेल काठमाण्डाै फर्केकाे ४ दिनपछि सम्बद्ध निकायका पदाधिकारी बाेलाएर साेधपुछ गर्नु भएछ । निकुन्ज ऐन नियमावलीका बाधक दफा हटाउन मन्त्री परिषदलाई कन्भिन्स गरेर निर्णय गराउनु भएछ । त्यसकाे लगभग १ हप्तापछि पूर्ब पश्चिम राजमार्गकाे लाेथर पुलबाट तल ४ कि.मि. राप्ती किनारसम्मकाे गिट्टी ढुँगा बार्षिक लगभग ४ कराेड घनमिटर निकाली आन्तरिक बिकास निर्माणका काममा प्रयाेग गर्ने र अन्य खाेला नदीमा जिविस वा अन्य निकायले गिट्टी बालुवाकाे ठेक्का लगाएकाे भए ताेडने भन्ने मन्त्री परिषदकाे निर्णय प्रजिअ, जिविस समेतका निकायमा आयाे ।
सायद त्याे निर्णय गराउन पहल गर्ने तत्कालिन मूख्य सचिव लिलामणी पाैडेल वा मन्त्री परिषद उहीँ साईटिस महासन्धि र गाेहीकाे अण्डा जाेगाउने
तर्कसंग सहमत हुनु भएकाे भए पूर्बी चितवनले कैयाैं पटक लाेथर खाेलाकाे बाढीकाे ताण्डब झेल्नु पर्थ्याे ।
त्यसैले एउटा मात्रै राष्ट्र सेवकले चाहँदा र पहल कदमी लिंदा पनि याे देशमा ठूला नाेक्सानी जाेगिन्छन् । भ्रष्ट्राचार नियन्त्रण गर्न, बिकास निर्माणमा गति दिन, बेथिती हटाउन १०/२० जना राष्ट्र सेवक र राजनीतिकर्मी प्रतिबद्ध भै दिने हाे भने देशकाे मुहार फेर्ने दिशाकाे कालाे बादलमा चाँदीकाे घेरा देखिने छ । प्रणाली,राज्य संयन्त्र र बर्तमान जनतामा देखिएकाे चरम निरासा चिर्न काेशेढुङ्गा हुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
वास्तवमा सच्चा राष्ट्रसेवककाे रूपमा लिलामणि पाैडेलकाे याेगदान स्मरणयाेग्य र अनुकरणिय छ ।हार्दिक नमन ।