‘कहिले टाउको नहल्लाउने गधाले समेत शिक्षक बन्छस् भन्दा बन्दिनँ भन्दै टाउको हल्लायो’

शिक्षणः एक अनुभूति

तीर्थराज प्रसाईं

‘कहिले टाउको नहल्लाउने गधाले समेत शिक्षक बन्छस् भन्दा बन्दिनँ भन्दै टाउको हल्लायो ।’

माथिको हरफ विगतका शिक्षकहरूमा लागू नहुन सक्छ तर पछिल्लो समयका शिक्षकहरूमा भने कतैकतै मिल्न खोजेको पाइन्छ । हाल नेपालका धेरै विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय आवस्था दयनीय छ । शिक्षामा प्राप्त गर्नुपर्ने न्यूनतम् प्राप्ताङ्क समेत प्राप्त गरेको अवस्था यतिखेर छैन । अझ गािणत, विज्ञान र अङ्ग्रेजी जस्ता विषयमा त झनै नाजुक अवस्था छ । विषयगत दोष सबै शिक्षकलाई जान्छ । विद्यार्थीले उपलब्धी हासिल गर्न सकेन शिक्षक दोषी । विद्यालय राम्रो देखिएन शिक्षक दोषी । खेलकुदमा कमजोरी भयो शिक्षक दोषी । यसरी सबै क्षेत्रको दोष शिक्षकलाई मात्र जान्छ तर कमजोरी सबै पक्षको छ । मेरो विचारमा निम्न कारणले गर्दा यो कमजोरीको अवस्था आयो कि:

१. विदेशी शिक्षाको नक्कल

विदेशी शिक्षा आफ्नो ठाउँमा राम्रो होला तर नेपालको लागि आवश्यकतामा थिएन किनकि न त हुबहु पाठ्यक्रम मिल्यो । न त नीतिनियम नै त्यसैले ग्रेडिङ पद्दतिमा सञ्चालन भएदेखि क्रमशः गुणस्तर कम हुँदै छ ।

२. शिक्षामा विभेद

यहाँ निजी वा सामुदायिक होस् या त अङ्ग्रेजी वा नेपाली माध्यमको विषय होस् या गरिब वर्ग वा धनी वर्गको विषय किन नहोस् नेपालमा शिक्षामा राम्रै विभेद् छ । यहाँ विद्यालय सुधारमा लागि पर्नुपर्ने सम्पूर्ण र स्वयम् शिक्षकका विद्यार्थी निजी विद्यालयका वा विदेशमा देखिन्छन् अझ लाज लाग्नुपर्ने कुरा विव्यसको अध्यक्ष कै छोराछोरी विद्यालयमा विद्यार्थीका रुपमा भेटिँदैनन् ।

३. सेवा तथा सुविधा

हालसम्म पनि शिक्षकलाई निजामतिका तुलनामा दोस्रो दर्जामा हेरिन्छ । शिक्षकलाई निजामतिले प्राप्त गर्ने तलब र ड्रेसभन्दा बाहेक कुनै थप सेवासुविधा छैन । सँगै खरिदार र प्रावि शिक्षक भएका दुई दाजुभाइ पेन्सनको समयमा पुग्दाको अन्दाज गर्नुस् । चाहे आर्थिक हेर्नुस् चाहे सम्मान । जुन ताजा उदाहरण गएको संघीय या प्रादेशिक निर्वाचनमा प्रा.वि.प्रथम र खरिदार बराबर तह सोचियो ।

४. समुदाय तथा भौगोलिक अवस्था

विश्वमा हेर्दा भौगोलिक अवस्था फरकफरक छ तर नेपालको भूगोल फरक छ । घन्टौं हिँड्नु पर्ने समस्यादेखि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासम्म आउँछ । त्यसै भूगोल विभिन्न समुदाय तथा जातजाति छन् । कहीँ चेतना छैन । कहीँ असल अभिभावक नै छैनन् त कोही अभिभावकविहीन पनि छन् ।

५. गरिबी

नेपाल विकासोन्मुख देश हो । यहाँको शिक्षाको तुलना धनी राष्ट्रसँग गर्न मिल्दैन । यहाँ भोको दिमागले न त केही सोच्न सक्छ या त असल अभिभावक बन्न नै । यो गरिबीको विशाल खाडलले नै डरलाग्दो अवस्था सिर्जना गरेको छ ।

६. शिक्षाको नीति तथा नियम

यहाँ नियम वा कानुन दिनदिनै परिवर्तन हुन्छ तर शिक्षा ऐनलाई समय लाग्छ । पहिले गुरुकुल शिक्षा प्रणालीमा शिष्यलाई गुरुको जिम्मा लगाइन्थ्यो । अहिले गुरुलाई शिष्यको जिम्मा दिइन्छ । यहाँ बाल अधिकार छ । दण्ड परै जाओस् बोल्नु हुँदैन । न त डन्डा न त कडा स्वर ? केहीले त आएर गृहकार्य दिएर मानसिक यातना दिएनन् भनेर कक्षा लिन्छन् अनि विद्यार्थी कसरी पढ्न चाहन्छ ताकि गृहकार्य नगर्दा पनि हुने रैछ भनेर त सोची हाल्छ नि ।

७. अभिभावक शिक्षा

ती नाबालक विद्यार्थीलाई के थाहा मैले सही गरे वा गलत । तर ती अभिभावकले नै सोच्नु पर्ने हो कि के सही के गलत ? मैले कुनै विद्यालयको नाम सुनेको थिएँ । नियमसंगत हाजिर नपुग्नेले अयोग्य ठहराउँदा तर अभिभावकको सामूहिक धम्कीसहित उपस्थित भए । बाँकी के कुरा गरौं र ? यी सब भनाइ र गराइमा फरक भएका कुराहरु हुन् । यिनको जरामै गएर उपचार खोजिएन भने आगामी दिनमा शिक्षामा भएका समस्याले झन् विकराल रुप लिने छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button