पत्नीहरुद्वारा पिडित पतिहरु

प्रा.डा. वीणा पौड्याल

एसियाका अधिकांश देशहरु र त्यसमा पनि भारत, पाकिस्तान, बङ्गालादेश, श्रीलङ्का र नेपालमा पतिहरुद्वारा सताइएका पत्नीहरुको समाचार र घटना प्रकाशमा बढी आउने गर्दछन् । अनुसन्धानमूलक लेख, समाचारको रुपमा त्यस्ता तथ्य घटना धेरै पढ्दा पढ्दा हाम्रो विचार एकोहोरो भइसकेको छ ।

आँकडाको हिसाबले पतिहरुद्वारा पत्नीहरु सताइएको संङ्ख्या निः सन्देह धेरै छ तर हाम्रै समाजमा स्त्रीहरुले पनि पुरुषहरुलाई नराम्रोसँग शोषण गर्ने र हुर्मत लिने गरेको देखिन्छ । शारीरिक, भौतिक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक आदि विभित्र क्षेत्रमा विभित्र रुपमा पतिहरु पत्नीहरुद्वारा उत्पीडित र सताइएका छन् । सामाजिक संरचना अनुरुप एकले अर्कोलाई गर्ने शोषणमा पनि भित्रता छ ।

आर्थिक हिसाबले उच्च वर्गमा पर्ने पुरुषहरुले पर्याप्त समय आफ्ना स्त्रीहरुलाई दिन नसक्ने र एकभन्दा बढी स्त्रीसँग शारीरिक सम्पर्क राख्ने जस्ता घटनाको बारेमा धेरै प्रचार–प्रसार गरिएको पढ्न र हेर्न पाइन्छ । तर त्यही वर्गमा पर्ने स्वास्नीहरुद्वारा सताइएका, तर्सिएका, उत्पीडित लोग्नेहरुको स्थिति बारेमा भने त्यति प्रचार–प्रसार हुने गरेको छैन ।

कामको प्रकृति अनुसार देश बाहिर जानुपर्ने र कार्यालयमै बढी समय बस्नुपर्ने बाध्यता भएका श्रीमान्हरु आफ्नै धर्मपत्नीद्वारा मानसिक र शारीरिक रुपमा सताइएका घटना पनि बग्रेल्ती छन् ।

लोग्नेको थोरै दिनको अनुपस्थितिमा पनि गैर पुरुषसँग बढी घुलमिल र शरीरिक सम्बन्धसम्म राख्ने स्वास्नीहरुको पनि कमी छैन । विभित्र कामको सिलसिलामा आवश्यकता अनुसार विभित्र तहका स्त्री–पुरुष सहकर्मीसँग सम्पर्क, हिंड्डुल, स्थलगत भ्रमण र फोनमा कुरा गर्नुपर्ने बाध्यता हुन्छ तर त्यसको लक्ष्मणरेखा कोर्न आफैंले सक्नुपर्छ । पुरुष र स्त्रीको सारै नजिकैको मित्रता अति नै संवेदनशील बिषयवस्तु हो । स्त्री र पुरुषको सबैभन्दा मनपरेका साथीको नाताको धागो चुडिएर विपरीत अवस्था निर्माण हुन धेरै बेर लाग्दैन । त्यसैले स्त्री र पुरुष दुबैले यस्तो स्थितिमा सर्तक हुनु आवश्यक देखिन्छ ।

हाम्रो समाजमा विवाहित पुरुषले परस्त्रीसँग शारीरिक सम्बन्ध राखेको र विवाहित स्त्रीले पनि परपुरुषसँग सम्बन्ध राखेका घटना थुप्रै छन् तर घरबाहिर तिनको चर्चा कमै हुने गर्दछ । यस्तो घटनामा पुरुष र महिलाको मानसिकताको विवेचना छुट्टै आधारमा गर्नुपर्ने देखिन्छ । अधिकांश स्त्रीहरु आफ्ना पति कोही अन्य स्त्रीसँग सामान्य हिसाबले बोलेको, हिंडेको पनि शङ्कालु बत्रे गर्दछन् र त्यसबारे आफ्ना दिदीबहिनी, दाजुभाइ वा साथीसङ्गीसँग कुरा काट्ने गर्दछन् । ठीक यसको विपरीत अधिकांश पुरुषहरु मनको बह कसैलाई नकह भने जस्तै प्रष्टवक्ताको रुपमा देखिदैनन् । आफ्नो स्वास्नीको चर्तिकलाबारे थाहा पाएर पनि खुलेर विरोध गर्न सक्तनैन् तर भित्रभित्र पिल्सिन्छन् । लोग्नेले रक्सी, चुरोट वा लागू पदार्थको सेवन गरेको कुरा अरुलाई सुनाउन स्वास्नीहरु जति अग्रसर हुन्छन्, त्यसको ठीक विपरीत अधिकांश लोग्नेहरु आप्mना स्वास्नीहरु यस्ता कुलतमा परेको कुरा सार्वजनिक गर्न चाहँदैनन् बरु ढाकछोप गर्दछन् । त्यसैले यस्ता कुलतको प्रश्रय स्वास्नी मान्छेले पाउने गरेको देखिन्छ ।

अशिक्षा, अज्ञानता र अन्धविश्वासको कारणले जन्मदेखि मृत्युपर्यन्त हाम्रो समाजमा स्वास्नी मानिसले विभित्र समस्या भोग्नु परेको छ । अर्कोतर्फ पुरुषहरु स्त्रीको दाँजोमा कुनै न कुनै रुपमा शिक्षित र बाहिरी संसार देखेका छन् तर पनि उनीहरु विभित्र प्रकारका समस्याहरु दुर्बल चरित्र बोकेका पत्नीहरुबाट झेल्न बाध्य छन् ।

हाम्रो समाजको संरचना अनुसार स्वास्नी मानिसले घर बाहिरको केही काम नगरेर घरकाजमै ब्यस्त रहेको पनि जाती मानिन्छ । त्यस्तै विभित्र कारणले बाह्य काम गर्न असमर्थ र अयोग्य लोग्ने मानिसलाई पनि घरभित्रको कामकाज गर्दा इज्जत दिन सक्नुपर्दछ । लोग्ने मानिसलाई त्यो इज्जत आफ्नै आमा, बुबा, पत्नी, दिदी–बहिनी र छोरा–छोरीले प्रदान गर्नुपर्दछ अनि विस्तारै विस्तारै समाजले पनि सम्मान गर्ने परिपाटी विकसित हुँदै जान्छ ।

अधिकाश स्वास्नी मानिसलाई भौतिक सुविधाको प्रचुर रहर हुन्छ । अनावश्यक भार लोग्नेलाई थोपारेर रातदिन रडाको र कलह झिकेर उसको काम गर्ने समय र सीपलाई दबाव दिइरहनु मनासिब हुदैन । स्वास्नीहरुको यस्तै अनावश्यक फुर्माइस पूरा गर्न कति लोग्नेहरु घुस खान र नाजायज काम गर्न पनि विवश भएका छन् । स्वास्नीहरुले पनि केही आयमूलक कार्य गरेर घरगृहस्थी चलाउन सजिलो वातावरण बनाउनु उपयुक्त हुन्छ भने लोग्नेको मात्र हाड घोट्नु हुँदैन ।

पतिको पदोत्रति नभएमा कति पत्नीहरुले ईष्र्यावश अरुको पदोत्रति भएको पतिसँग दाँज्ने र हीनताबोध गराउने क्रियाकलापको जगजगी बढ्न थालेको देखिन्छ । विदेशमा पनि सरुवा भएमा पत्नी हामफाल्दै जाने तर देशमै विभित्र जिल्लामा सरुवा हुँदा घर हेर्नु पर्दछ भत्रे बहाना पारेर नजानेहरुको कथा पनि थुप्रै सुनिन्छ ।

केही स्वास्नीहरुले आफ्नो घरमा आएका घरपट्टिका स्वजनलाई कर्कश र दुब्र्यबहार तथा माइतिपट्टिका बन्धुजनलाई सद्ब्यबहार गर्न लगाएर जोइटिङ्ग्रे बत्र आजित पारेका छन् । त्यस्ता स्वास्नीहरु नारी अधिकारको दावा गर्दै कर्तब्य बोधलाई दबाउने खप्पिस हुने गर्दछन् ।

हामीकहाँ घरायसी कुराको निर्णय गर्ने एकाधिकार पनि धेरै स्वास्नीहरुले आफूमा मात्रै सीमित रहेको ठान्दछन् । घरको सजावट, किनमेल, भोजभतेर सबै क्षेत्रको अन्तिम निर्णय आफुले मात्रै गर्ने लोग्नेको कुरै नसुत्रे, सुने पनि एक कानले सुनेर अर्को कानले उडाउनेहरु पनि प्रशस्तै देखिन्छन् ।

आर्थिक दृष्टिले सम्पत्र माइती भएका पत्नीहरुले आफ्ना पतिहरुलाई बेलाबेलामा पैसाको धाक दिने र पतिको परिवारका सदस्यहरुको नाम काटेर अपशब्द बोल्ने र विभित्र ढङ्गले हियाएर तल झार्ने गरेको पनि थुप्रै उदाहरण छन् । यस्तै पत्नीहरु पतिलाई घरजग्गा वा अन्य अचल सम्पत्ति किन्दा सधैं आफ्नो नाममा कित्र पतिलाई बाध्य गराउँदछन् किनभने त्यसो गर्दा दाजुभाइमा अंशबण्डा गर्नुपर्दैन रे । कतिपल्ट यस्तो कार्यपछि पत्नीले बेइमानी गरेर अर्को ब्यक्तिसँग भागेको घटना हामै्र टोल छिमेकमा ताजै छन् ।

धेरै स्वास्नी मानिसहरुले आफ्नो माइतीको सानोभन्दा सानो कामका लागि पनि बढी महत्व दिएर माइती केही रात बस्दै जाने र लोग्नेलाई अड्डा र घर दुवैतर्फको कामको बोझ थप्ने गर्दछन् । लोग्नेस्वास्नीको साधारण ठाकठुकमा पनि कुरा बढाइचढाइ आफ्ना दिदीबहिनी, बुबाआमालाई आक्रोशित तुल्याएर लोग्नेको बदनाम गर्दछन् । खप्नै नसकिने गरी मानसिक यातना दिन्छन् ।

लोग्ने स्वास्नीको साधारण ठाकठुक पर्दा पनि केही स्वास्नीहरुले आपत परेको बेलामा बोलाउन सकिने प्रहरी टेलिफोनको नम्बर ११५ डायल गरेर आफ्नै लोग्नेलाई निर्ममतापूर्वक प्रहरीद्वारा कुटाएको घटना पनि अचेल शहरी क्षेत्रमा नौलो बनेको छैन ।

अधिकांश घरमा सासुद्वारा बुहारी सताइएका छन् भने छोरा र बुहारी दुवैद्वारा अपहेलित र रुग्ण अवस्थासम्म औषधिमूलो नपाएका सासूससुरा पनि थुप्रै छन् । त्यसैले शुरुमै एकपक्षीय भएर मात्रै विचार नगरौं, सामाजिक कुसंस्कार र परम्परागत विचारधारा पन्छाएर पति, पत्नी दुवैको समस्या साझा रुपमा बुझ्ने प्रयत्न गरौं ।

हामी स्वार्थी, विश्वासघाती र मतलवी नबनौं भन्दै वेदको यो पवित्र मन्त्र मनन गारौं ।

“म विष्णु हुँ तिमी लक्ष्मी, म आकाश हुँ, तिमी पृथ्वी हामी बिहे गरौं, हामी दुवै सय बर्षसम्म बाँच्न सकौं । त्यतिञ्जेल प्रेमको गाँठो नफुकोस् ।”

“तिम्रो र मेरो एउटै प्राण रहोस्, हाडसँग हाड, मासुसँग मासु र छालासँग छाला जोडियोस् ।”

यसरी वाचा गरेर शारीरिक मानसिक र आध्यात्मिक बन्धनमा बाँधिएका पति पत्नीले लक्ष्मण रेखा नाघेर एक अर्कालाई धोका नदिउन् । एउटै छानाको तल बस्न सक्ने अवस्था नआएमा कानुनी रुपले छुट्टै बस्नु धेरै राम्रो हो । एउटै छानामुनी बसेर एकले अर्कालाई धोका दिनु, एकअर्काको सुख दुःखमा साथ नदिनु सारै ठूलो अपराध र पाप हो ।

स्त्री र पुरुषको समन्वय विना समाज असन्तुलित रहने निश्चित छ । लोग्ने र स्वास्नी बीचको परस्परको सकारात्मक दृष्टिकोणले दूरगामी प्रभाव पर्ने कुरामा दुईमत हुन सक्तैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. राम्रो र समसामयिक लेख., लेखकलाई धन्यबाद.

  2. आहा! सही कुराको उठान। डा वीणा पौडेलको यो लेख अत्यन्तै सान्दर्भिक सारगर्भित र सामाजिक सरोकारको लेख हो। मेरो आफ्नो यस्तो अवस्था नभए पनि धेरैको देखेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button