
एउटा जाबो भाइरसले मै हुँ भन्नेहरु कति निरिह रैछन् भनेर प्रस्ट पारिदियो
ज्ञान विस्मयबाट सुरु हुन्छ
डा. अवनीभूषण उपाध्याय
हाम्रो वरिपरि प्रकृतिले यस्ता कुराहरुले भरिदिएकी छिनश कि जसलाई देखेपछि अचम्भित नहुने कोहि पनि हुँदैनन होला । ज्ञान विस्मयबाट सुरु हुन्छ, ज्ञान पाउन अचम्भित हुनसक्नु पर्दछ । तर अचम्भित हुने क्षमता आफुमा हुनु पर्दछ, अचम्भित हुन वरिपरिका कुरा देख्नसक्नु पर्दछ, देख्न हेर्न सक्नुपर्दछ, सुन्नु पर्दछ, सुन्नसक्नु पर्दछ । देख्न र सुन्न आँखा र कान मात्र भएर पुग्दैन, हाम्रो दिमागमा त्यस्को लागि ठाम चाहिन्छ । दिमागमा हाम्रो लागि ठाम त् बनाइदिएको छ तर त्यो ठामको उपयोग गर्न हामी आफैले मेहेनेत नगरी हुँदैन ।
जन्मेदेखि आफ्नो अन्त्यसम्म सिक्ने काम हुनु पर्दछ र हुन्छ पनि तर जुन दिन हामीले सिक्ने कामबाट आफुलाई अलग गर्दछम्, त्यो हाम्रो जिन्दगीको अन्त्य हुन सक्दछ । सोक्रतिसले भनेका छन्, कुनै कुराको ज्ञान प्राप्त गर्न अचम्भित हुनु नै पर्दछ । आफु टाठो या सजग हुन सकिएन भने अचाम्भित हुनु सकिदैन । बच्चाले जन्म दिने आमालार्इ स्पर्श, गन्ध र स्वरले चिन्दछ किनभने उm यी सब कुराबाट अचम्भित हुनु पुगेको हुन्छ । विस्मय हुनसक्ने क्षमता उसमा हुन्छ, त्यही कारणले आमा चिन्ने ज्ञान उसले प्राप्त गर्दछ । ठुलो भयो, पढाई सुरु भयो, पढाइको सुरुवात पनि यही प्रक्रिया, अचम्भित हुनु नै हो । ज्ञानको ढोका विस्मय हुन सक्ने क्षमतामा निर्भर गर्दछ । पढाइपछि कामको सुरुवात पनि यही कारणले हुन्छ । हरेक नयाँ काम सिक्न सर्बप्रथम ऊ अचम्भित हुनै पर्दछ ।

पारिवारिक जीवनमा पनि कुनै नयाँ सदस्यको आगमन विस्मयबाट नै सुरु हुन्छ । मानिसको जीवनमा सिक्ने, खुशी हुने, अगाडि बढ्ने, प्रगति गर्ने, आफुले चाहेको कुरा प्राप्त गर्ने ज्यादै बलियो इच्छाशक्ति हुन्छ, जुन कुरालार्इ मुर्त रुप दिन पनि अचम्भित हुनु जरुरी छ अन्यथा यो सम्भव हुँदैन । आकाश हेर्दा, तारा हेर्दा, सुर्यचन्द्र देख्दा, हावाको झोका महसुस गर्दा, बिरुवा देख्दा, फूलको रंग देख्दा र बासना आउँदा, धानको बाला देख्दा फलफूल फलेको, चरचचुरुंगी कराएको, जीव जनावर देख्दा हामीमा हुने पहिलो क्रिया नै विस्मय हो, अचम्भित हुनु हो ।
यी सब कुराको लागि आफ्नो हृदय खुला राख्नसक्नु पर्दछ, आफ्नो सोचाइमा कुनै ढोकाको खापा लगाउन हुँदैन, मन सफा, खुला कुनै मयल नजमेको शुद्द हुनु पर्दछ । जे जस्तो नयाँ संकेत पाउनु हुन्छ, नया तरङ्ग महसुस गर्नु हुन्छ, त्यो सिधै हृदयमा लग्न सक्ने साहस तपाईको हुनु जरुरी छ । यदि यसमा कुनै कन्जुसाई भयो भने सब ढोका बन्द हुन्छ, सबैतिर तुवाँलो लग्दछ, बादलले ढाक्दछ, अनि अन्धकारले अंगालो हाल्दछ । त्यसकारण साहस गर्नु पर्छ, हृदय सदा खुला हुनु पर्दछ– जे को लागि पनि र जे जस्ता को लागि पनि ।
हामीले बुझ्नु जरुरी यो कुराको छ कि जुन ज्ञानको साँचो अच्चम्नित हुन सक्ने क्षमता हामीलाई प्रकृतिले दिएकी छिन्, त्यही साँचोले हामीलाई जुन बेला पनि, ज्ञानको ढोका खोल्नसक्ने बनाएकी छिन्, ज्ञानको बाटोतिर जान बाटो देखाएकी छिन् । हाम्रा साधारण कामहरु– खाना खाने, श्वास फेर्ने, हिँड्डुल गर्ने या अरु कुनै हाम्रो दैनिकीमा हुने क्रियाहरु अपूर्ण हुन्छन् यदि हामी खुला हृदय राखेर अभम्भित हुनु सक्दैनम् भने, सब व्यर्थ हुन्छ ।
यो ब्रह्माण्ड हेर्ने हो भने हाम्रो पृथ्बी एउटा सानो थोप्ला हो, यो थोप्लो भित्रको अर्को सानो थोप्लो हाम्रो महादेश हो, यो महादेश भित्रको अर्को थोप्लो हाम्रो देश हो, देशको सानो थोप्लो हाम्रो घर हो, त्यो घरमा बस्ने हामी झन कत्रा थोप्ला होलाम् त ? सानोमा पनि झन् सानो, एकदम सानो अनि हामी आफुलाई किन ठुलो छु, विशाल छु, भयंकर छु भनेर बेकारको भ्रम पालेर, घमन्डी भएर बस्छम् ? सब बेकार छैन त ?
एउटा जाबो कोरोना भाइरसले मै हुँ भन्ने कत्राकत्रा ठुला राष्ट्र, धनी राष्ट्र, ठुला मान्छे, ठुला नेता भए पनि कति निरिह रैछन् भनेर प्रस्ट पारिदियो कि दिएन ? यो एउटा ठुलो पाठ हामीले पाएका छम्, यसलाई कहिले पनि नबिर्सौं, सतर्क भएर, सजक भएर अचम्भित हुँदै यो ज्ञान हाँसिल गर्दै जाम्, विस्मयबाट प्राप्त हुने ज्ञान बटुल्दै जाम् अनि मात्र हाम्रो जीवन चलायमान हुन्छ नत्र व्यर्थ छ, एउटा पूर्णबिराम लाग्दछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


