
बोल्न चाहेको तर स्वास्थ्यको कारण बोल्न छुटेको ‘खास’ कुरा
‘जनताकाे जातीय जनतान्त्रिक सम्युक्त माेर्चा, नेपाल’काे गठनकाे सन्दर्भमा आयाेजित सम्वाद कार्यक्रमबारे बाेल्न त चाहेकाे तर स्वास्थ्यकाे कारण बाेल्न छुट्न गएका राेमाञ्चक कथा छाेटकरीमा प्रस्तुत
अरविन्द रिमाल
टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले २०७९ असार ९ गतेका दिन पारेर एउटा सम्वाद कार्यक्रम आयाेजन गर्याे, राजधानीकाे पर्यटन बाेर्ड सभा भवनमा ! त्यस अवसरमा समाराेहका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी– एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओेलीसँग यी दुवै घटनाक्रमकाे महत्त्व, अर्थ एवम् सन्दर्भमा सम्वाद गरिएकाे थियाे । यसअघि नेपाल प्रजा परिषद तथा नेपाल कम्युनिष्ट पार्टीकाे सम्युक्त माेर्चाका अन्य सहायक-संस्थापक रहेका सात जनवर्गीय सँस्थामध्येकाे एक प्रगतिशील अध्ययन मण्डलकाे प्रतिनिधि रहेका अरविन्द रिमाललाई तथा २०१५ सालकाे पहिलाे आम निर्वाचनमा ने. प्र. प .का उम्मेदवार एवम् परिषदका अन्तिम महामन्त्री , साहित्यकार महेश्वर शर्मालाई प्रतिष्ठानकाे तर्फबाट सम्मानपत्र हस्तान्तरण गरियाे, प्रमुख अतिथि ओेलीद्वारा !
नेपालकाे पहिलाे सङ्गठित राजनीतिक पार्टीकाे रूपमा नेपालमा जहानियाँ राणाशासनविरुद्ध प्रजातान्त्रिक राजनीतिक आन्दोलनको प्रारम्भ गर्ने दल ने. प्र. प. नै भएकाे विचारधारात्मक मान्यता नेकपा- एमाले अध्यक्ष के.पी. शर्मा ओलीले आफ्नाे पार्टीको दशाैँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्तावमा गरेकाे त स्मरणीय नै छ ।
याे प्रस्थापना नेपालकाे सङ्गठित राजनीतिक दलीय इतिहासमा त्यतिञ्जेलसम्म भएगरेकाे सङ्कीर्ण मतवादी महाभूलकाे आँटिलाे सुधार भएकाे पनि निर्विवाद सत्य हाे । अत: यस दिनकाे सम्वाद कार्यक्रमाका प्रमुख पात्रका रूपमा प्रतिष्ठानबाट ओलीजी आमन्त्रित हुनु सर्वथा उपयुक्त तथा प्रशंसनीय कार्य हाे ।
यस सन्दर्भमा ओेलीका सुस्पष्ट विचारहरु तथा विचाराेत्तेजक जिज्ञासा राख्ने सम्वाद सञ्चालक वरिष्ठ पत्रकार टीकाराम यात्रीका प्रश्न नेटमा उपलब्ध भएकाले इच्छुक जनले त्यसमा पाउने नै छन् ।
अब सबभन्दा पहिला नेपाल प्रजा परिषदकाे गठनबारे इतिहासले नै निर्दिष्ठ गरेकाे घटना बताउँ । १९९१ सालकाे असाेज- कार्तिककाे कुरा ! भीमफेदीमा पिता टीकाप्रसाद आचार्यकाे सानाे व्यापारिक कामकाज सघाउने पुत्र टङ्कप्रसाद पितासँगै बारा जिल्लाकाे एउटा माैजामा कुनै प्रयाेजनमा गएकाे दिन साँझ एउटा यस्ताे भेटघाट हुन्छ जाे नेपालकाे इतिहासमा तुमूल परिवर्तन ल्याउने कारकतत्त्व बन्न पुग्छ । टङ्कप्रसाद मुलुकमा सामन्तीशासन उन्मूलन गर्ने क्रान्तिकारी धाेकाे लिएका एक भविष्यद्रष्टा त्यस्ताे दलकाे सहायककाे मनमनै खाेजीमा, अर्काेतिर भारतमा अङ्ग्रेज साम्राज्यविरुद्ध क्रान्तिकारी आन्दाेलनमा शिक्षा- दीक्षा पाएका जन्मजातजसाे सङ्गठनकर्ता दशरथ चन्द नेपालमा आचार्यसाेचकै दलकाे चिन्तक- नेताकाे खाेजमा । एकै भेटपछि यी दुई घनिष्ठ वैचारिक मित्र, दाैँतरी, कमरेड भई नेपालकाे मूल क्रान्तिकारी आन्दोलनका सूत्रधार भए जुन धारमा अनेक वीरहरु समयचक्रअनुसार मिल्दै गए– कहाँ, कसरी ? तिनकाे मुख्यमुख्य वृत्तान्त – विवरण गाेविन्दप्रसाद उपाध्यायकाे ‘नेपालकाे प्रजातान्त्रिक ईतिहास सन्दर्भ’, रामहरिशर्माकाे ‘आत्मवृत्तान्त’, अमेरिकी इतिहासकार जेम्स फीशरकाे ‘Living Martyrs’ (नेपाली अनूदित कृति ‘ज्यूँदा शहीदहरु’मा) नेपाली इतिहासकार डा. राजेश गौतमकाे ‘नेपाल प्रजा परिषदकाे इतिहास’, अरविन्द रिमालकाे ‘१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन’ , वीरभद्र आचार्यकाे ‘टङ्कप्रसाद’ शीर्षककाे जीवनकथा तथा अन्य कृतिहरुमा पाउन सकिन्छ ।
नेपाल प्रजा परिषदकाे स्थापनादेखि पहिलाे पर्चा वितरण सम्पन्न कार्यमा पाँच वर्ष लागे । संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्य, संस्थापक उपाध्यक्ष दशरथ चन्द, संस्थापक महामन्त्री रामहरि शर्मा, संस्थापक सदस्यद्वय धर्मभक्त माथेमा तथा जीवराज शर्मा आआफ्ना जिम्मेवारीमा लागे– संस्थाकाे सङ्गठन वृद्धिमा !
अध्यक्ष आचार्यले राती टुकीकाे मधुराे उज्यालाेमा आफ्नै हातले स्टेन्सिल पेपरमा लेखेका पहिलाे पर्चा, नेपालकाे राजनीतिक इतिहासमै पहिलाे पर्चामा आमूल परिवर्तनकारी कार्यक्रम उल्लिखित थिए । त्याे कागजकाे ताउले– रुसी पर्यटक- इतिहासकार इभान मिनाएभका शब्दमा– ‘फलामे जञ्जीरले बेरेर सात ताल्चा मारिएकाे मुलुक’लाई फुकाउने कामकाे श्रीगणेश गर्याे !
भूमिगत क्रान्तिकारी कार्यमा अनुभवी दशरथ चन्द अरु क्रमशः छरिने तीन पर्चाकाे रहस्य राणाशासनले क्यै गरे पनि थाहा नपाओस् भनेर नै, अध्यक्षलाई उही काशी नगरी पठाउने सहमति जुटाए जुन नगरीले नेपालकाे अतीत र भावी राजनीतिक इतिहासमा उल्लेख्य भूमिका खेल्न पुगेकाे थियाे ।
एकपछि अर्काे पर्चा काठमाडौंँ शहर वरिपरि धर्मभक्त माथेमाकाे नेतृत्वमा गणेशमान सिँह, गङ्गालाल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ आदि अनेक, क्षेत्रपाटी- पकनाजाेल- महाराजगञ्ज- टङ्गाल वरिपरि दशरथ चन्दकाे नेतृत्वमा जीवराज शर्मा आदि, डिल्लीबजार- पशुपतिक्षेत्र-चाबेल- भक्तपुर वरिपरि चूडाप्रसाद शर्माकाे नेतृत्त्वमा पुष्करनाथ उप्रेती, मुुकुन्दनाथ रिमाल, ध्रुव दवाडी, बलबहादुर
केसी आदि अनेक र पाटन, काेपुण्डाेल, थापाथली, सिँहदर्बार वरिपरि रामहरि शर्माकाे नेतृत्वमा गाेविन्दप्रसाद उपाध्याय आदिले छर्दै राणाशासनकाे साताेपुत्लाे उडाएका थिए ।
क्रान्तिमाथि विश्वासघात भई सयाैँ जना समातिए, अन्ततः धाेकाकाे सहाराले अध्यक्षलाई पनि समातेर जलेश्वरदेखि राजधानीसम्म फलामे हतकडी, नेल जञ्जीरले बेरेर काेक्राेमा हालेर ल्याइयाे जसकाे सुँइकाे धुरन्धर दशरथ चन्दले राणा सिपाहीहरुमध्ये कुनै एकबाट पाए । आफूलाई त निश्चय नै अनि क्रान्तिका हुरीचरी गङ्गालाल श्रेष्ठलाई पनि मृत्युदण्ड दिइनेमा विश्वस्त रहेका उनै उपाध्यक्ष दशरथ चन्दले आफ्ना अध्यक्षलाई राणाकाे नाैटङ्की अदालतमा ल्याइँदा गार्ड अफ अनरकाे सलामी दिने प्रस्ताव राखेकाे कुरा प्रत्यक्षदर्शी राजनीतिक बन्दी हरिकृष्ण श्रेष्ठले ‘अवलाेकन’ लेख्ने क्रम प्रारम्भ नहुँदै अरविन्द रिमाललाई एकदिन रामहरि शर्मा, डा. मीना आचार्यसमेतकाे उपस्थितिमा बताएका थिए, प्रतिष्ठानकाे कार्यालयमा ।
पहिले त्यस्ताे नामै नसुनेका क्रान्तिकारी सहवन्दीहरुकाे जिज्ञासा शान्त गर्दै उपाध्यक्षले आफ्ना सबै आयाेजना बताए । भाेलिपल्ट उही फलामे परिधानमा बेरिएर ल्याइएका अध्यक्ष आचार्यलाई सिँहदर्बारभित्रकाे एउटा सानाे घरकाे काैशीमा बाहिरी भर्याङ्ग उकाल्दै छर्ल्याङ् छर्ल्याङ्गकाे आवाज टडकाराे सुनिने गरी छतमा ल्याइँना साथ उपाध्यक्षले ‘Comrades, the President! Salute’ भनेर आह्वान गर्नासाथ सबै सहयाेगी राजवन्दीहरुले आआफ्ना नेलहतकडीकाे आवाजसहित सलामी दिँदा अदालतकाे राणा ‘न्यायाधीश’ र तिनका निजामती हाकीम -कर्मचारीहरु तर्सिएरै भए पनि आआफ्ना ठाँउबाट उठेकाे दृश्य कस्ताे थियाे हाेला, के काेही अन्दाज गर्नसक्ला ?
२००७ काे क्रान्तिपछि त्याे घरमा ‘रेडियाे नेपाल’ स्थापना भयाे ।
यसरी नेपालकाे राजनीतिमा कम्युनिष्ट कार्यकलाप शुरु हुनुभन्दा १० वर्षअघि नै ‘कमरेड’ सम्वाेधनकाे चलन चलाउने दल पनि आफ्नाे उपाध्यक्ष दशरथ चन्दमार्फत् नेपाल प्रजा परिषद नै हाे ।
याे चेत कदापि नबिर्सियाेस्, सदैव कायम रहिरहाेस् !
अमेरिकामा भन्दा पनि कैयाैँ वर्ष पहिले, नेपालमा मानव अधिकारवादी आन्दाेलनका प्रवर्तक रहेका पण्डित शुक्रराज शास्त्रीलाई १९९७ सालकाे कठाेर माघ महीनाकाे १० गते त्रिपुरेश्वर पचली भैरवमन्दिर अगाडिको रुखमा झुण्ड्याएर फाँशी दिइँदै नेपाल प्रजा परिषदका तीन क्रान्तिवीर धर्मभक्त माथेमालाई माघ १२ गते शिफल डाँडाेमा दुई पटक झुण्ड्याइयाे । त्यसपछि शाेभाभगवती माता मन्दिरकाे बाहिर चाैकमा विष्णुमति नदी तटमा बाँसमा ठड्याएर माघ१५ गते रात गाेली ठाेकी दशरथ चन्द र गङ्गालाललाई मारिन लाग्दा यस्ताे दृश्यावली खडा भयाे जुनकि विश्वकाे कुनै पनि क्रान्तिकारी इतिहासमा पाइँदैन– याे थियाे अतुल्य पराक्रम र साैहार्द्रताकाे उदाहरण !
यता राणा पुलीसकाे जल्लाद हाकीम आफूले रक्सी ख्वाउनुसम्म ख्वाएर गाेली हान्न सुर्याइरहेकाे हत्याराकाे हात काँपेकाे काप्यै गर्दा रिसले बहुलाइरहेकाे बेलामा, उता गाेली थाप्न तयार रहेका बेलामा अपार ओजस्वी क्रान्तिवीरद्वय दशरथ चन्द र गङ्गालालमा ‘कसलाई पहिले गाेली हान्’ भन्ने विषयमा मतमतान्तर हुन्छ ! सुन्दा घाेर अचम्मलाग्ने विवाद ! दशरथ चन्द आफूलाई हुनसम्मकाे यातना दिई गाेली ठाेक्नेछ राणाशासनतन्त्रले, गङ्गालाललाई तर्साएर माफी माग्न लगाउनका लागि भन्ने आशङ्कामा, त्यसैले गङ्गालालले यस्ताे विभस्तता देख्न नपराेस् भन्नकाे लागि उनलाई पहिला गाेली हान् भन्ने मतमा, गङ्गालाल भन्ने ‘दाइ, म वीर नेपाल आमाकाे छाेरा हुँ, तपाईंँ जस्ता क्रान्तिकारीकाे भाइ हुँ ! पीर नमान्नेास्, म डराउन्न”! हुन पनि, सिँहदर्वारभित्रकाे राणा वन्दीगृह चरम यातना- ताडनबीचमा पनि दशरथ चन्द तथा गङ्गालालकाे मित्रता, बन्धुत्व विलक्षण मात्र हाेइन, अतुल्य भएकाे वर्णन रामहरि शर्माबाट मैले सुनेकाे हुँ । त्यसैले यस्ताे सम्वाद हुन सकेकाे हाे ! अन्यत्र कहीँ हाेला यस्ताे, कहानीमा पनि पाउन नसकिने सम्वाद ?
यसअघि मुत्यदण्ड सुनाइएका सजाय भाेग्नेहरुका परिवारजनलाई आखिरी पटक भेट्न दिइयाे । दशरथ चन्दका यहाँ आफ्नाे भन्ने काेही नहुँदा, उनकी प्रेयसी जुलियाना राणा पनि दिवंङ्गत भइसकेकीले उनले झ्यालखानकी महिला सफाई कर्मचारी राममायासँग आफूलाई सम्झेर, आफ्नाे निम्ति आँशु बगाइदिन गरेकाे प्रसङ्ग पनि राैँ ठाडाे गराउने मार्मिक छन् । दशरथ चन्दले उनै जुलियानाले सिलाएर पठाइदिएकी चिडबुट्टे खास्टाे ओढेर राणा गाेली थापेका थिए भने गङ्गालाल आफ्नै घरकाे बाटाे भएर आफूलाई गाेली ठाेक्न लैजाँदा आफ्नी नवजात छाेराकी आमा, जीवनसङ्गिनी हसीनालाई हाैशला राख्न आह्वान गरेका थिए ।
कस्ता कस्ता अतुल्य क्रान्तिकारी, बलीदानीवीर- वीराङ्गनाकाे हाम्राे देश नेपाल !
१९९७ सालकाे वर्ष पर्चा आन्दाेलनबाट क्रान्तिरूपी यज्ञवर्षमा परिणत भयाे– संघर्ष, त्याग एवम् वलिदानकाे हिसाबले । याे यज्ञ पूरा हुन दस वर्ष लाग्याे, अर्थात् त्यसकाे साङ्गे २००७ साल, फागुन ७ गते भयाे– शताब्दीभन्दा बढी लामाे एकतन्त्रीय राणाशासनकाे अन्त्यद्वारा । याे दिन नेपालकाे इतिहासमा एक युगान्तकारी घटना थियाे जुन साङ्गेकाे ‘कायेनवाचा’द्वारा विधिवत समापन २००८ सालकाे असार ३ गते नेपाल प्रजा परिषद तथा नेपाल कम्युनिष्ट पार्टीबीच सम्युक्त माेर्चाकाे रूपमा भयाे जसमा सहायक भूमिका अखिल- नेपाल ट्रेड यूनियन कङ्ग्रेस, अखिल- नेपाल किसान संघ, अखिल- नेपाल विद्यार्थी फेडरेशन, अखिल- नेपाल महिला संघ, अखिल- नेपाल युवक संघ, नेपाल विश्व शान्ति समिति तथा प्रगतिशील अध्ययन मण्डलले निर्वाह गरे । सम्युक्त माेर्चामा प्रत्येक संस्थापक संस्थाका तीन-तीन प्रतिनिधिसरह प्रअमका तीन प्रतिनिधिमा महासचिव चन्द्रधर उप्रेती, संस्थापक कार्यसमिति सदस्य मधुसूदनसहित अरविन्द रिमाल पनि थिए ।
सम्युक्त माेर्चाकाे गठन विश्व इतिहासकाे परिप्रेक्ष्यमा एउटा नितान्त नाैलाे अभ्यास थियाे ! सन् १९३० काे दशकमा चीनमा र स्पेनमा क्रमश: बाह्य आक्रमणकारी सैन्यवादी जापान तथा फाशिष्ट इटली- नाजी जर्मनीविरुद्ध, सन् १९४० दशककाे पहिलाे भागमा फ्रान्समा नाजीविरुद्ध प्रतिराेध संघर्षकाे क्रममा सम्युक्त माेर्चा गठन भएका थिए । प्रकारान्तबाट सम्युक्त माेर्चा नेपालमा २००७ साकाे क्रान्तिमा उद्घाेषित विशुद्ध राष्ट्रिय प्रजातान्त्रिक उपलब्धिहरुकाे संरक्षण तथा सम्वर्द्धन गर्ने ध्येय लिई गठन भएकाे थियाे, भलै २००७ सालकाे अपूराे क्रान्तिलाई पूर्ण रूप दिने भन्ने राजनीतिक अवधारणा नेपाल कम्युनिष्ट पार्टीको रहेकाे हाेस् । फलस्वरूप, टङ्कप्रसादकाे अग्रसरतामा सम्युक्त माेर्चाले विशेषत: आर्थिक- राजनीतिक- सामाजिक सुधारका कार्यक्रम र पुष्ललालकाे अग्रसरतामा राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमसत्ताकाे रक्षा तथा संरक्षणका लागि सम्युक्त रूपमा देशव्यापी अभियान चलायाे । सम्युक्त माेर्चाका यस्ता अतुल्य राजनीतिक अभियानकाे महत्त्वलाई,साँच्चै भन्दा, नेप्रप तथा नेकपा नेतृत्व दुवैले पूरै आत्मसात गर्नसकेका थिएनन् । त्यसमाथि दुवै दलभित्र आशङ्का नभएकाे पनि भन्न सकिन्न– टङ्कप्रसाद नेकपाभित्र कसैका लागि ‘बुर्जुवा’ भएका हाेलान्, नेप्रपमा पनि कसैकसैमा नेकपाबाट ‘अन्तर्घात’ हुन सक्ने त्रास थियाे हाेला ! हुन पनि, भूराङ्गखेलकाे एउटा साधारण घरसत्तलमा ७-७ दिनसम्म चलेकाे संस्थापन सम्मेलन भित्र र बाहिरका अनेक अनाैठा गतिविधिले चरितार्थ भएकाे थियाे । ‘राष्ट्रपुकार’ले ‘जाेगीदेखि भाेगीसम्मकाे कम्युनिष्ट जमघट’ भनेर खिसिलट्युरि गरिरहेकाे थियाे भने, अपार ऐतिहासिक घटनाकाे साक्षी भएका कम्युनिष्ट प्रतिनिधिहरु अल्लारेपन देखाउँदै– उहीँ प्रकारान्तरबाट भन्दा लेनिनमा सुविख्यात शब्दावली ‘Leftwing Communism– An Infantile Disorder’ (‘वामपन्थी साम्यवाद– एक बाल राेग’)लाई सम्झदा– राजा त्रिभुवनलाई ‘श्री’ले सम्बाेधन गर्ने- नगर्ने ‘विवाद’मा आधा दिन खर्च गरिरहेका थिए, जुन विवाद नेप्रपका प्रतिनिधि, साैम्य विचारका प्रखर वक्ता काशीप्रसाद श्रीवास्तवका सुल्झिएका तर्क तथा समुचित आदरभावकाे आवश्यकतामथि जाेडका कारणबाट सुल्झिएकाे थियाे । ओहाे, मामूली कारणबाट एउटा ऐतिहासिक अभ्यासकाे तुषारपात हुनसक्ने खतरा टरेकाे रहेछ ।
सम्युक्त माेर्चाका राष्ट्रिय तथा बाह्य विराेधीहरुले चाँहि बुझेका थिए, त्यसकाे महत्त्व । अतः विश्व इतिहासमै अद्वितीय रहेकाे त्यस अभ्याललाई नष्ट गर्नगराउन तिनीहरु सक्रिय थिए ।
सम्मेलनले सम्युक्त माेर्चाका अध्यक्षमा टङ्कप्रसाद आचार्यलाई निर्वाचित गर्याे, अनि महामन्त्रीमा नेकपाका पाेलिटब्युराे सदस्य शैलेन्द्रकुमार उपाध्याय । कार्यसमितिमा अरविन्द रिमाल पनि निर्वाचित भए !
सम्युक्त माेर्चाले देशव्यापीरूपमा सङ्गठन र राजनीतिक प्रभाव बढाउँदै गयाे । दुर्भाग्यवश, नेकपामा पुष्पलाललाई षड्यन्त्रबाट महासचिवबाट पदच्युत गरेपछिकाे नेतृत्वले सम्युक्त माेर्चाप्रति सामूहिक सहमतिभन्दा बढी स्वेच्छाचारी निर्णय लिई अन्य राजनीतिक दलप्रति, खासमा नेपाली काङ्ग्रेसका निजी संस्थागत गतिविधिप्रति आपत्तिजनक व्यवहार गर्नजाँदा नेपाल प्रजा परिषदलाई सम्युक्त माेर्चा आफ्नाे उद्देश्यबाट विचलित भएकाे लाग्नु स्वाभाविक थियाे । यसकाे प्रत्यक्ष लाभ विराेधी तत्त्व तथा शक्तिकेन्द्रले उठाए । सम्युक्त माेर्चा निष्क्रिय हुँदै, अन्त्यमा स्वत: विलय भयाे जसबाट राजदर्बार, नेपाली काङ्ग्रेस- वृत्त, भारत तथा अमेरिका सबै प्रसन्न भए ।
नेकपामाथि नेकाँकाे मातृकाप्रसाद काेइराला सरकारले के. आई. सिँहकाण्डवापत् रीसइभी साध्नकै लागि प्रतिबन्ध लगाएपछि पुष्पलालकाे अग्रसरतामा जनअधिकार सुरक्षा समितिबाट भएका अनेक आर्थिक- राजनीतिक- राष्ट्रिय प्रभुसत्ता संरक्षणका अनेक उल्लेखनीय संघर्ष तथा नेपाल साेशलिष्ट पार्टीको गठनबाट पनि सम्युक्त माेर्चा पुनर्जीवित हुन सकेन !
नेप्रपले आफ्नाे पहिलाे पर्चामा घाेषणा गरेका ध्येयलाई व्यवहारमा उतार्ने अवसर प्रधानमन्त्री टङ्कप्रसादकाे आफ्नाे १८ महीने कार्यकालमा जसरी र जुन आमूल तवरले जुर्याे र त्यसबाट मुलुककाे स्वाधीन, सार्वभाैम अस्तित्व एवम् अस्मिता जसरी सुनिश्चित भयाे, त्याे आज पनि अनेक दुचक्र, षड्यन्त्र, चलखेलबाट पनि बचेकाेमा नेपाल राष्ट्र तथा जनता उनीप्रति आभारी नभइरहन सक्दैन ! यता पुष्पलालका उत्तरदान पनि मदन भण्डारी नेतृत्वकालमा तथा वर्तमान समयकाे नेकपा- एमाले नेतृत्व कालमा न्यूनाधिक मात्रामा कायम रह्याे ! यसलाई सह्रना, स्वीकार नगरी काेही पनि रहन सक्दैन ।
अतः अब नेप्रपकाे साङ्गठनिक अस्तित्व कामय गर्नेगराउने बहस भावनात्मक मात्र ठहर्दछ । तर त्यस ऐतिहासिक संस्थाका ऐतिहासिक उद्देश्य पूर्ति गर्ने ऐतिहासिक दायित्व अब नेतृत्वकाे स्वरूपमा निर्भर नरहने गरी, नेकपा- एमालेमा समग्ररूपमा आएकाे तथ्य- सत्य चाहिँ निर्विवाद छ । अनि अनेक कमीकमजाेरी रहँदारहँदै पनि आधारभूत लक्ष्यप्राप्ति गर्ने अभियान तथा ध्येयमा वैचारिक मतभिन्नता वा विविधताकाे सुनिश्चितता पनि नेकपा-एमालेमा मात्र भएकाे सत्यबाेध सबै सम्बन्धित व्यक्तिहरुमा हुनु नितान्त अनिवार्य छ । नेकपा- एमालेलाई अस्तित्वहीन वा निष्प्रभावी बनाई पूरै नेपाली कम्युनिष्ट आन्दाेलनलाई धराहायी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरमा जुन दुष्चक्र भइरहेछ त्यसप्रति आज देशप्रेमी तथा राष्ट्रहितप्रति सजग नागरिकहरु उदासीन भएकाे खण्डमा उनीहरुले आफ्नै नैसर्गिक अस्तित्वमा आघात पुर्याउने छन् भन्नू पनि अत्युक्ति हुनेछैन ।
नेप्रपकाे संघर्षशील ईतिहासलाई प्राे. जेम्स फीशरले झण्डै एकसमान वर्गबीचकाे अद्वितीय विश्व उदाहरण भनेका छन् । साथै नेपालकाे त्यतिबेलाकाे जर्जर सामाजिक- राजनीतिक व्यवस्थामा पनि सामन्तवादबाट मुक्ति तथा जनसमूहमा जागरण चेत ल्याउनका महिलाहरुकाे अतुल्य साझेदारीकाे संज्ञा दिएका छन् जसमा रेवन्तकुमारी आचार्य तथा सीतादेवी शर्माकाे भूमिका विशेष उल्लेखनीय छ । सम्वाद कार्यक्रममा ९१ वर्षीय महेश्वर शर्माले धाराप्रवाह सम्वाेधनमा नेप्रपकाे उद्येश्यकाे परिप्रेक्ष्यमा नेपालकाे स्वतन्त्र अस्तित्वका लागि परतन्त्रमा आश्रित राजनीति घातक भएकाे बताए। इतिहासकार डा. राजेश गाैतमले आजकाे सम्वाद कार्यक्रमबाट उनकाे नेप्रपकाे इतिहास लेखनमा उनकाे परिश्रमले सार्थकता पाएकाे अनुभव व्यक्त गरे । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानकाे संरक्षक मण्डलका सदस्य, सुविख्यात राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले २०४६-७ सालकाे प्रजातन्त्र पुनर्स्थापना आन्दाेलनमा प्रजातान्त्रिक- वामपन्थी एकता निर्माणमा टङ्कप्रसाद आचार्यकाे याेगदानकाे उल्लेख गर्दै नेकपा-एमालेका अध्यक्ष ओलीबाट नेप्रपकाे समग्र याेगदानकाे समुचित मूल्याङ्कनकाे उच्च सह्राना गरे।
कार्यक्रमकाे महत्त्वमा प्रकाश पार्दै प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले आफ्नाे सम्वाेधनमा तथा नेकपा- एमाले अध्यक्ष ओेलीले सम्वादक्रममा नेपालकाे समग्र विकास तथा उन्नतिमा नेपाली काङ्ग्रेसकाे सकारात्मक याेगदानकाे अपेक्षा गर्नु र त्याे अनिवार्य रहेकाे ओैँल्याउनुलाई आफूले यस ऐतिहासिक दिवसकाे सकारात्मक पक्ष रहेकाे नठानिरहन सकिन , मैले,। खासगरी अहिलेकाे राजनीतिक- राजकीय घटनाक्रममा नेपाली स्वरूपकाे मार्काेस- इमिल्डा बीभत्स नाैटङ्कीलाई नेकाँकाे जीवनमा एक अस्थायी परिहास ठानी ओलीजीले दूरदृष्टि राखेेबाट आफू अचम्भित नभईरहन नसकेकाे पनि उल्लेख गर्ने अनुमति चाहन्छु ।
अन्त्यमा, नेप्रप तथा टङ्कप्रसाद आचार्यसम्बन्धी कुनै कार्यक्रममा सञ्चालकबाट साधारण त्रुटि पनि अपेक्षित हुन नसकिने हेक्का राखिनै पर्दछ। अनि राजनीतिक व्यक्ति हुन् वा पत्रकार- विश्लेषकहरु हुन्, कसैले पनि नेपालकाे राजनीतिक घटनाक्रममा विशेष शब्दले विशेष अवस्थाकाे बाेध गराउने यथार्थलाई कदापि बिर्सनु भएन, अर्थात्, ‘प्रजातन्त्र’, ‘प्रजातन्त्र पुनर्स्थापना आन्दाेलन’ वा ‘लाेकतन्त्र’काे प्रयाेग समुचित रूपले नभई, हचुवा तवरले गरिँदा इतिहास घटनाक्रम गाेलमालमा पर्न जान्छ । अझ स्पष्टसँग भन्ने हाे भने, टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद काेइराला, गणेशमान सिँह, पुष्पलाल, मदन भण्डारीकाे राजनीतिक कालखण्डलाई ‘प्रजातान्त्रिक’ छुटाई ‘लाेकतान्त्रिक’ कालखण्डमा पारिनु सर्वथा अनुचित हुनेछ ।
आलेख टङ्ग्याउनुअघि एउटा गम्भीर विचार प्रकट गर्नु वाञ्छनीय मात्र हाेइन अनिवार्य नै ठान्दछु — टङ्कप्रसाद आचार्य द्वेष, रीसईभी आग्रह, विग्रह, अनुग्रह,आदि मानसिक ग्रहभन्दामाथिका सँस्कारका पर्याय हुन् । आफूलाई ‘अखिल भारतीय’ बाट नेपाली राष्ट्रिय काङ्ग्रेस भएकाे सँस्थाकाे सम्मानक अध्यक्ष निर्वाचित गर्ने विश्वेश्वरप्रसाद काइराला २००७ सालकाे क्रान्तिपछिका गृहमन्त्री हुँदा सिँहदर्बार फूटबलकाण्डमा ‘शान्ति-सुरक्षा’ खल्बलाएबापत् थुनुवामा परी तीनतीन महिना प्रजातान्त्रिक झ्यालखानमा जाके । पछिपछि अनेक अपमान हुँदागर्दा पनि न त व्यक्तिगत रूपमा वि. प्र., न संस्थागत रूपमा ने. काँप्रति आचार्यले कुनै विग्रह राखे। यथार्थमा उनी, वि. प्र.प्रति राजनेता तथा राजनीतिज्ञका रूपमा समुचित आदरसम्मान गर्दथे ! वि. प्र. ले पनि आचार्यलाई भावी नेपालका राष्ट्रिय संरक्षककै रूपमा लिएका थिए।अनि कम्युनिष्टहरुबाट अनेक अनुचित व्यवहार हुँदा पनि आचार्य उनीहरुप्रति बन्धुत्त्व नेराख्दथे, पुष्पलाललाई भाइसरह माया गर्दथे !
ने. काँ हाल जुन राजनीतिक चरित्र तथा सँस्कारकाे अधीनमा छ, त्यसलाई हेर्दा, त्यसले नेप्रपका कुनै पनि राजनीतिक धराेहर मान्न र धान्न सक्ला ठान्नु असम्भव प्राय नै छ । तर नेकपा- एमालेले चाहिँ आचार्य उत्तरदान अघि बढाउनसक्ने धेरै सम्भावना देखिन्छ ।
अन्त्यमा, छुटेका बाकीँ कुरा पछिपरन्तु हुँदै गर्ला भन्दै आफूलाई सम्मानित गर्ने संस्था टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र साे सम्मानपत्र हस्तान्तरण गरिदिनुहुने नेकपा-एमालेका अध्यक्ष के. पी. शर्मा ओलीजीमा हार्दिक आभार व्यक्त गर्दै जय नेपालकाे अभिवादन !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)