नेपालै साइकलमा सरर … (छैटौं दिन)

नेपाल साइकल उत्सव टोली नेपालगञ्जबाट कोहलपुर हुँदै १ सय किलोमिटर दुरी साइक्लिङ गर्दै अमेलिया आइपुगेको छ । यो क्याम्पिङ साइकल टोली अमेलियास्थित राप्तीकिनारमा बास बसेको छ ।

पश्चिम नेपालको दोधारा चाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली नेपालगञ्जबाट कोहलपुर हुँदै १ सय किलोमिटर दुरी साइक्लिङ गर्दै अमेलिया आइपुगेको छ । यो क्याम्पिङ साइकल टोली दाङकाे अमेलियास्थित राप्तीकिनारमा बास बसेको छ ।
साइकलिङको पहिलो दिन कञ्चनपुरको दोधाराचाँदनीबाट धनगढीसम्म ८५ किलोमिटर पार गरेको टोलीले कैलालीको धनगढीबाट बर्दियाको ठाकुरद्वारसम्मको १ सय २५ किलोमिटर साइकलिङ गरेको थियो । टोली ठाकुरद्धारबाट ७० किलोमिटर साइक्लिङ गरेर नेपालगन्जसम्म आइपुगेको हो । महाकालीदेखि पूर्व मेचीसम्म यो साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।


नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको पशुपतिनगरबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किने यात्रा टोली सदस्य महेन्द्र अधिकारीले बताए ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाललगायत रहेको टोली सदस्य हिम गुरुङले बताए ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोली सदस्य राजेन्द्र सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button