
उहिलेको म बटौली, ऐलेको म बटौली !
दुर्गाप्रसाद शर्मा
पूर्खाले आर्जेको म बटौली ।
पेट्भरी र मनभरि ईतिहास बोकेको म बटौली ।
परचक्री, फिरन्तेहरुलाई मुखभरी जवाफ र जिउभरी खोट्पारी सिमानापारी लखेटेको म बटौली ।
राजा मणिमुकुन्दशेन्को शित्कालिन क्षेत्र म बटौली ।
काजी अमरसिँहको विरताको गाँथा गाउने म बटौली ।
साम्राज्यवादि अंग्रेजहरुलाई धुलो चटाई फिर्ताहुन वाध्य पारेको म बटौली ।
कृष्णमन्दिर, भगवती मन्दिर, गणेश मन्दिर, बौद्ध बिहार, मस्जित र राजा भ्रर्तहरिको भजन स्थल म बटौली ।
विभिन्न धर्म र धर्मावलम्बीहरुको आस्थाको केन्द्र म बटौली ।
तत्कालीन पाल्ही,भजनी, शिवराज आदिको रक्षा खातिर तेर्सिएको म बटौली ।
शैक्षिक उन्नतिका लागि शिक्षा क्षेत्रमा बुटवल हाई स्कुल, छत्रवास, महाबिर पुस्तकालय, स्वस्थ्य उपचारका लागि परोपकार केन्द्र, मनोरञ्जनका लागि चल्चित्र मन्दिर (महेस प्रसाद लाकौल), कुटानी पिसानिका लागि तिलोत्तमा राइस मिल जन्मस्थल म बटौली ।
बुटवल नगर पन्चायत , व्यापार संघ आदि जम्माउने र हुर्काउने म बटौली ।
उति बेला छिटको साडी, डल्ले साबुन,सुर्ती तम्वाकु उत्पादनगरि पहाडहको कुनाकाप्चामा गर्जो टार्ने म बटौलि ।
नुन, मट्टितेल, तोरितेल, भेली,मरमसला,लत्ताकपडा, भाँडाकुँडा, खाद्ध्यान्न आदि देशको कुनाकाप्चा पठाईदिने म बटौली ।
विभिन्न धर्मावलम्बीहरुको चाडवाडमा हर्षोउल्लाहाकासाथ आआफ्नो आस्थामा भरपुर आनन्द दिने म बटौली ।
पहाडका कुनाकाप्चाबाट ल्याएका टिनकाटिन घिउ, ढाकरका ढाकर जडिबुटी आदि निर्यातगरी व्यापार बढाउने म बटौली ।
निमचौक, गढिटोलको चौपारिमा ढाक्रे सुस्ताउने आश्रय स्थल म बटौली ।
निश्चल र कन्चन पिउने पानीका ढुङ्गे धाराहरु भएको म बटौली ।
व्यापारीक केन्द्रको मुख्य वजार म बटौली ।
व्यापारको चहलपहल , उतिबेला बाक्लो जनावादी,ढाक्रे र व्यापारीहरुको चहलपहल, मानिसको हुईचो रहेको म बटौली ।
तिलोत्तमा (तिनाउ) नदिको पटकपटकको रणचन्डी स्वरुपबाट जोगिएको म बटौली ।
ऐलेको म बटौली !!
नियति भनौं या परिस्थिति म बटौलोको ?
म आफैंमा लुटिएको छु, चिथोरिएको छु, चोरिएको छु र म एक्लो पारिएको छु। हो म फगत एक्लो पारिएको छु, एक्लो पारिएको छु ।
हो मेरो नाम नदिपारी बिक्यो र खसौलिको नाम बुटवल बनाइयो । म एक्लो भए र एक्लो पारियो ।
मैले जन्माई न्वारान गरेका सबै चिज खोसिए म एक्लो पारिए र म एक्लो भए ।
मलाई सुनसान मशानघाट जस्तै पारियो, भएका सबै छोराछोरी (सन्तान) अमेरिका, बेलायत , अष्ट्रेलिया , क्यानाडा आदि देशमा गै घर बुढाबुढी आमाबालाई बृद्ध्या आश्रम शरण लिन जाने जस्तै बनाइयो ।
म निशासिएको छु, मन धुरुधुरु रोएको छ, म कुंडिएको छु, मलाई अट्हास चिच्चाउन मन लागेको छ, हृदयको पत्रपत्रबाट गाठो फुकाई सराप्न मन लागेको छ ।
तर तर तर तर यो दुखाईको झिनो स्पर्श कस्ले पो अनुभव गर्ला र ?
ए, तीन तहमा सरकार चलाई रहेका चेतनाधारी मनुवाज्यू, मलाई कमसेकम एउटा विशिष्ट किसिमको ऐतिहासिक संग्राहलय त बनाउ ताकी आगामी पुस्ताले मलाई नसरापुन्।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)