प्रहसनसँगै बदलिएको मन

कविता

सुशीला शर्मा

प्रहसनहरु हेर्दै थिएँ
कस्तो ! आफ्नै जीवनसँग मेल
खाएको झै लाग्दै थियो
उस्तै विचार र भावना मिल्नेहरुले
कति आत्मिय साथ दिएका
आहा ! मेरा पनि यस्तै
मनकारी प्रिय मित्र छन्
कति मिठा लाग्छन् उनीहरुका साथहरु
उकालीहरु चढ्न नसक्दा
दिन्छन् हातहरु
हौस्याउँछन् साना कामलाई पनि
दिन्छन् सुझावहरु
सँगै हिडौ भन्छन्,
अरु कमजोरहरुको लागि केही गरौ
हाम्रो साथ धेरै बनाउ भन्दै गर्छन्
अमृतजस्तै
म प्रहसनको दृष्यको कल्पनामै थिएँ
कथा मोडिएछ
साथ छुटिसकेछ
साथीको मन अनि वर्ग र धन
अब यता बराबर छैन
साथीले एउटा कुरा मात्र
भनिदिएको भए हुन्थ्यो
म बदलिन सक्छु
तिमी पनि समयसँग चल ।
अनि प्रहसनको पात्रले चित्त बुझायो
मेरो मन पनि उसकै जस्तरी
किन बदलिने ?
यहाँ म जस्तै अरु
हजारौ साथी खोज्न सक्छु भने ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button