बोल्नुअगाडि ‘तिमी छोरी हौ’ भनिदिन्छ यो समाज

गजल

रिना सापकोटा खनाल

ए सरकार अब म न्यायको आस कसरी गरुँ ?
बलात्कारी छोड्छौ अनि बिस्वास कसरी गरुँ ?

घरभित्र नै राक्षसको अवतार पाउन थालेपछि
अब बाहिर मैले आफन्तको आभास कसरी गरुँ ?

जुन घरमा आफ्नै छोरी चेली बलात्कार हुन्छिन्
म बुहारीले त्यस्तो घरमा बास कसरी गरूँ ?

बोल्नुअगाडि तिमी छोरी हौ भनिदिन्छ यो समाज
अनि त यहाँ मैले लड्ने साहस कसरी गरुँ ?

यो कानुन नै बलात्कारी भो मेरो देशमा
सोच्दैछु सरकार ! कानुनको पर्दाफास कसरी गरुँ ?

बढ्दो र जल्दोबल्दो बलात्कारी राष्ट्रघातीहरुको
नपाउँदा साथ कसैबाट म एउटाले सर्वनाश कसरी गरुँ ?

सिमरा, बारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button