गज्जब ! श्रीकृष्णको ‘कवि’ अवतार

‘श्रीकृष्ण सिम्खडाका कविताहरु’बारे कवि तथा पूर्वमन्त्री शंकर कोइरालाले भने,’बहुमुखी प्रतिभाका धनी श्रीकृष्णजीको परिचयमा अब कवि व्यक्तित्वसमेत थपिएको छ ।’ कोभिड महामारीका बेलाको फुर्सदमा मनमा फुरेका शब्द टिपोट गर्दै राख्दा कविता संग्रह बनेको सिम्खडाले बताए ।

भखैरै विमोचित कलाकार श्रीकृष्ण सिम्खडाको कवितासंग्रह श्रीकृष्ण सिम्खडाका कविताहरुबारे ‘कोइराला, पूर्वसचिव केशव भट्टराई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ शर्पा, पशुपति विकास कोषका सदस्य देवी बराल, गीतकार दिपेन्द्रनाथ शर्माले पनि कविता सङ्ग्रहमाथि टिप्पणी गरेका थिए । संग्रहमा ३६ कविता समेटिएका छन् ।

उनले आफ्नो कविता यात्राबारे नेपालनाम्चाको आग्रहमा एउटा लेख पनि पठाएका छन् ।

‘आफ्नु र आफ्नो परिवारभन्दा भन्दा पनि राष्ट्र सोच्ने मेरो बाल्यकालदेखिको स्वभाव हो । राष्ट्र बलियो भयो भने त्यस्को हिस्सा हामी सबैमा आइपुग्छ भन्ने नै मेरो सोच थियो । त्यो सोच नै मेरा कवितामा छन् । कविता कवि हुन लेखे जस्तो मलाइ विल्कुल लाग्दैन । परिवर्तनको एउटा साझा एजेन्डा कविता बनोस भन्ने मेरो उत्कट चाहना हो ।

सन्तानलाई सम्पत्ति नथुपारौ भन्थेँ म सभा समारोहमा । यसो भनिरहँदा मेरा छोराछोरी भोका छैनन् । मैले मेहेनतले पालिरहेको छु । कर्म गरिरहेको छु। जसरी म बाँचेको छ, सन्तान पनि कर्मले शान्ति र सुखसँग बाँच्ने छ्न भन्ने पुर्ण बिश्वास हिजोदेखि नै थियो । अहिले मैले लेखेको कविता पुस्तकमा मेरी छोरी कृतिका सिम्खडाले बुवाको त्यही सन्तानलाई सम्पति नथुपारौं उनीहरु कर्मले खान्छन भन्ने कुरा उजागर गरिदिइन् । उनको भनाइले मेरो विचारलाई सत्य प्रमाणित गरिदिएकी छ्न उनले । बुवाको जुत्तापालिस, सडक बडार्ने अभियान र स्कुल कलेजको शौचालय सफाइ अभियानको उनले कविताको भुमिकामा प्रशंसा गरेकी छ्न् । मलाई उर्जा प्राप्त भएको छ ।

बुद्ध जन्मेको देशमा छौं । सगरमाथा यहाँ छ । प्रकृतिले सुन्दर छ मुलुक । बिउ छरेर अन्न उब्जाउन सक्ने उर्बर माटो छ । ठुला ठुला नदी छ्न् । सहयोगी मन पनि हामीसँगै छ । मैले कविता त्यसकारण लेखे,ँ हामी गरिब छैनौं । केही राजनैतिक उच्च ठाउँमा पुगेका जो लाभको पद लिन्छ्न ती गरिब रहेछ्न् । महङो गाडी चडेको पनि देख्छु तिनले । आलिसान महल पनि छ तिीको तर म तिनलाई गरिब देख्छु । त्यस्ता र तिनलाई समेत धनी बनाउने मेरो सांकेतिक लडाइँ हो कविता ।

बाल्यकालदेखि चुप नलागेको मान्छे, अब झन सकृय हुने छु । समय कम छ, त्यो मैले बुझेको छु। लागि रहने छु मुलुक हितमा, थाक्ने छैन । कविता जस्ताको तस्तै छपेको छु । सिङारिएर आएको कविता छैन यो । वाह क्या भन्ने पनि छैन । मैले आफुलाई न्याय गर्न कविता जस्ताको तस्तै छापेको छु । त्यो मैले लेखेको हो भन्ने बलियो प्रमाण पाठकलाई दिनु छ । प्रमाण हराएको कविता प्रकाशितत होला भन्नेमै म चिन्तित थिएँ । मलाइ राम्रोसँग थाहा छ, बजारमा कस्ता कस्ता सुन्दर पुस्तक आउँछ भनेर । कसरी ती सुन्दर हुन्छ्न् भन्ने पनि हेक्का छ मलाई । तर, मैले सुन्दर संग्रह दिन सकिनँ । त्यो सत्य हो । यहि सत्यका लागि पनि कविता लेखेँ । भलै मैले पाठक र मलाई न्याय गर्न यसरी कविता लेखेँ ।

अन्त्यमा कवितासंग्रहबाट बोकाले बाख्रो पायो शीर्षकको एउटा कविता :

जनताले धोका पायो
जेमा नि कमिसन खायो
आज एउटा तोरिलाउरे आयो
पाँच लाइन गीत गायो
कालो चिया नि खायो

पन्च हाते खादा लायो
राम्रो उपहार पायो
खिस्स हासिरह्यो
एक छिन त लाजै भयो
एउटा दाया बस्यो
अर्को अल्लि बायाँ बस्यो
पान दिन ढिला गर्‍यो
त्या नि छ्क्कै पर्‍यो
जवाना कस्तो आयो
बोकाले बाख्रो पायो

बाख्रो खैरो थियो
आखा गहिरो थियो
पेट कालो थियो
नजिकै बोकाको पनि
ढुटे पराले सालो थियो
कपाल पालेको थियो
दारि फालेको थियो
जुत्ता पडकाउदै आयो
आवाज कडकाउदै आयो
जबाना उल्टियो साथि हो
बोकाले बाख्रो पायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button