लघुकथा: म आकाश भएको भए

लक्ष्मी पाठक मैनाली

क्षितिजमा इन्द्रधनुष रङ्ग बोकेर उदाएको सुर्य जब उर्जाशिल किरण बोकेर फैलिन्छ यो धर्ती अनि पुरै आकाशमा अनि सिंगारी दिन्छ सुनौला किरणले यो ब्रह्माण्डलाई । घामको किरणले जब आफ्ना पखेटा फिजाएर आकाशको आयतन नाप्दै फैलिन थाल्छ, यतिखेर म मनमनै सोच्दछु कि यति सुनौलो देखिने आकाश कहिलेकाहीँ किन कालो अध्याँरो अनि डरलाग्दो रुप लिएर खडा हुन्छ हँ? किन झस्काउँछ? त्यसमाथि गडगडाउदै किन गर्जिन्छ हँ? बिजुली चम्केर निस्कने आगोका लप्का अनि झिल्काहरु यो धर्तीसम्म आईपुग्दा मेरा यी नयनको ज्योति नै गुम्ने हो कि झै लाग्छ।

प्रायः म यही आकाशमा आफ्नो सपना फिजाउँछु, बिस्कुन सुकाए झै सुकाउँछु अनि मनमनै सुन्दर फूलहरु फूलाउछु अनि सजाउंछु सपनाको महल खडा गर्छु।

स्वछन्द रुपमा चरीले झै पखेटा फिजाउँदै उडेर क्षितिज चुम्छु!! उस्को स्पर्शले म पुर्ण भएको अनुभुती गर्छु। सोच्छु म पनि यो गगनसरी फैलिन सकेको भए? सारा ब्रह्माण्डलाई आफ्नो वशमा पारेर क्षणभरमै आकाश जस्तो कहिले निलो कहिले सुनौलो कहिले कुन कहिले कुन रङ्गमा परिणत हुन सक्ने भए? कहिले जलवृष्टि गर्दै कहिले पुस्पवृस्टि गर्दै यो धरालाई हराभरा बनाउँदै चिसोमा कठ्याङ्रिएकालाई न्यानो प्रकाश दिदै मायाको न्यानो अंगालोमा लुकाउन मन लाग्छ। त्यो स्वच्छ आकाश बनेर सबैलाई ओत दिन मन लाग्छ।

सोच्दा सोच्दै मेरो मन झस्किन्छ! ओहो!

औसीको त्यो कालो रातमा आकाशले आफ्नो रुप परिवर्तन गर्छ। त्यो कालो अध्यारो चिर्न सक्ने खुबी त छैन म संङ ! जुनले साथ नदिएपछि ताराहरु पनि आफ्नै उज्यलोमा सीमित हुन्छन्।आकाशभरी फिजिएका ताराहरुले उस्को पीडा बुझ्छन् कि नाइ? अन्धकारलाई पन्छाउन साथ दिन्छ कि दिदैनन होला? सोच्दासोच्दै फेरि मन तरङित हुन्छ।

आहा! पुर्णिामासम्म आएपुग्दा आकाश कति मुस्कुराउँछ, जुनसंग कृतज्ञ हुन्छ होला !आफ्नो सामिप्यको ठुलो घेरा बनाएर अंकमाल गर्दो हो! आफ्नो अस्तित्व जुनमै खोज्दो हो, खुसीले गदगद हुदै कहिल्यै नछुट्टिने वाचा गर्दो हो!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button