किन सबैजना मैमाथि खनिएका ?
कल्याणी तिमल्सिना
त्यो दिन म कसरी भुलुं (!) जुन दिन मेरो जीवन लगभग सकिएको थियो; लागेको थियो सायद अब सास फर्किन्न होला (?) किन कि पराइले दिएका चोटहरू त सहज रूपमा सहन्थें सहंदै आएकी पनि छु । तर, तिमी त मेरो प्राण थियौ; तिमीले नै यति धेरै गहिराईमा मन दुखाउछौ भन्ने रत्तिभर पनि सोचेको थिइन !
जीवनको अनेकन दिनमध्यबाट एउटा कालो त्यो दिन मेरा लागि घाम नै लागेन । घामको ताप त परको कुरा प्रकासको समेत अनुभुति भएन । किन सबैजना मैमाथि खनिएका (?) त्यो दृष्य देखेर म छक्क पर्दै मेरो गल्ती के छ (!) भनेर खोज्दै थिएं … ।
विस्वासको पात्र एक मात्र तिमी मेरो (!) सायद तिमिले पनि म मा नै खराबी देखेउकी झैं लाग्थो । तर पनि आफ्नो शारीरिक अस्वस्थताका बावजुद पनि तिमीसंग म छु है भन्दै तिम्रो अप्ठेरोमा म सतिसाल भएर खडा भएर बसें । तिमीलाई परेको असुविधा ह्रिदयले छामेर मैले पनि आफ्ना बांकि सारा सुविधा त्यागेर बसेकी थिएं । त्यतिवेला मेरा लागि न दिन आए न रात न त आफन्तको साथ नै आयो; आयो त केवल अपमान, अपजस ,गाली, तुच्छ शब्दहरूका तिखा वाणहरू (!) तर पनि, म यो सबै संग लडें नै ! यी र यस्ता कुराले फरक पारेनन् । म लड्छु आफै उठ्छु हिजोका मेरा दिन पनि तेति सजिला थिएनन् र भोली पनि के हो (?) कसो हो (?) मैले देखेकी वा अनुमान गरेकी वा लगाउन सकेकी छैन नै र सम्भव पनि छैन ।
तिमीलाई थाहा छ, मेरो विगतका ती काला दिन सकिएर प्रकृतिले थोरै उज्यालो संगै घामको ताप अनुभूती गराउदै थियो र खुसी भएर खुल्ला आकाश मुनि बसेर आन्नद लिदै थिएं । खुसी भएर फुरुड्॰ग भएर उमड्॰गमा चिच्याउॅंदै थिएं । प्रकृतिलाई मनैदेखि लाखलाख धन्यवाद दिदै थिएं । तिम्रो साथ पाउने आशामा र तिमीलाई खुसी देख्ने चाहानामा खुसीका परेला भिजाउदै थिएं ! तेहि खुसमुख भिजेका परेली झिपीझिपी गर्दै तिमी आउने बाटो हेर्दै मनमा विभिन्न तरड्॰गहरू उत्पन्न भैरहेको थिए । कस्तो होला यति लामो समय पछिको हाम्रो भेट भन्दै मनमनै नाच्दै थिएं ! तर त्यो महसुस त्यो तरङ्ग ढपक्क कसैको पछ्यौरीले छोपेर लग्छ अनि तिमी मसंग शब्द नबोली तेहि पछेउरीमा ढाकिएर जान्छौ भन्ने त कल्पना नै थिएन …..!
तिमीलाई थाहा छ, मैले त्यो दिन आफ्नु ज्यान दाउमा लगाएको थिएं । मैले त्यो प्रत्येक हावाका कणसंग गुनासो राखिन ; जुन हावा सास बनेर म भित्र पस्दै थिए र मलाई गुनासो पनि थिएन कि मेरा आँसु बेकारमा उसका लागि झर्दै छन भनेर ! म काठमाडौंको अस्तबेस्त सडकमा सवारी साधनमा शुरक्षित फर्कन साहस बटुलेको छु । जीवन संघर्ष हो भन्ने मलाई राम्ररी थाहा छ र संघर्षका लागी झन मजबुत आफुलाई त्यतिवेला बटुलेको छु ।
मलाई यतिवेला थाहा छैन नै ‘मुनाले मदनलाई कसरी माया गर्थिन’ तर मैले तिमीलाई गरेको माया साँच्चै निस्चल, कोमल गहिरो र विना छलकपट रहेको सांचो भएको म मुग्द कण्ठले लाखौंबार बक्नसक्छु । माया, सम्मान र बिस्वासको तेरिजमा तिमीले तुषारो बौछार वर्षाएर गयौ ! यो अकल्पनीय व्ल्याकहोलमा म तिम्रो माया निरन्तर खोजिरहेको छु । साहस र धैर्यताबाट म समग्र अप्ठेरा पार गरेर शिखरको आरोहण गरीछाड्ने छु । मन त प्रारंभमा खुम्चन्छ र दुखेको अनुभूती बटुल्छ नै त्यो अवस्थाबाट बाहिर नै छु । आंखाहरू पनि संवेदनाका समेत बाहक हुन सुरुमा उनीहरू पनि रसाए नै तर आंट र अठोटका साथ म आगतको प्रतिक्षामा बढिरहेकै छु । तिम्रो मनलाई मैले छामेको छु त्यहां अब्यवहारिकताले डेरा जमाइराख्न सक्नेछैन र मैले त्यस्तो हुन पनि किमार्थ दिनेछैन । मन दु:खेको त हो नै तर संघर्षशिल जीवनको गाथा मसॅंग पनि परिपूर्ण रूपमा स्थापित छ ।
म आफुलाई जान्दछु । त्यसैले “तिमी म पनि हौ, म तिमी नै हुं “ भन्ने म कसरी बिर्षुला र हजुर !?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)