त्यो छुटेको अनुहार

भरत कार्की

त्यो पुरानो फ्रेम
बालापनको तस्वीर
र मेटिनै लागेको आकृति मेरो हो ।

त्यो अधुरो प्रेम
त्यो खोटो तक्दिर
र धुमलिएको विस्मृती मेरो हो ।

मलाई उदाएर उज्यालो हुनु छैन
झुल्किएर पारिलो हुनु छैन
बस्, अडिनु छ एक अँध्यारो गल्लीमा
जहाँ झलमलाउनु छ आफुलाई मनको दीपले ।

त्यो विचलित मस्तिष्क
उजाडिएको मन
र पराजित मानसिकता मेरो हो ।

त्यो विचलित मस्तिष्क
उजाडिएको मन
र पराजित मानसिकता मेरो हो ।

त्यो स्खलित अभीष्ट
पिछडिएको जीवन
र अन्तरनिहित वास्तविकता मेरो हो ।

मलाई जितेर बहार छर्नु छैन
दल्नु छैन कुनै रङ्गमन्चको रङ्गहरु
बस्, हिड्नु छ केवल सानो गोरेटोमा
जुन बनाइएको होस आफ्नै पौरख र सीपले ।

त्यो छुटेको अनुहार
लत्याइएको भविष्य
र भत्काइएको धरातल मेरो हो ।

त्यो विक्षिप्त सन्सार
अचम्मको दृश्य
र लुछिएको आत्मबल मेरो हो ।

मलाई जोडिएर कोहिसँग अस्तित्वमा आउनु छैन
रोपेर भ्रमको खेती गोड्नु छैन खेताला बनेर
बस्, उडनु छ मलाई आफ्नै पखेटामा
र चिहाउनु छ यो जगतलाई आफ्नै नयनहरुले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button