हाम्रा आरोही हाम्रै देशमा, त्यसका लागि आरोही कल्याणकारी कोष स्थापना गरौं

कुलबहादुर गुरुङ

भन्नलाई भनेको जस्तो होला तर सत्य कुरा केटु जस्तो किलर हिमालको चुचुरामा नेपालको राष्ट्रिय गान गाउने यी वीर आरोहीहरुभन्दा अरु ‘राष्ट्रभक्त’ को हुनसक्ला ? नजरअन्दाज नगरम ।

पर्वतीय पर्यटनको दक्ष जनशक्ति तथा विलक्षण प्रतिभाका धनी विश्वविख्यात नेपाली आरोहीहरुलाई नेपालमै रोजगारीको सुनिश्चितता गरी जिउने आधार बनाउन, विभिन्न कारणवश् विदेश पलायन हुनबाट रोकी ‘हाम्रा आरोहीहरु हाम्रै देशमा’ भन्ने गौरव महसुस गर्न, गराउन पर्वतारोहणका लागि हिमचुलीहरुबाट उठाइने सलामीको १० प्रतिशत उठाई पर्वतीय आरोही कल्याणकारी कोष स्थापना गरम सरकार ।

(गुरुङ नेपाल पर्वतारोहण संघका महासचिव हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button