
महादेव देख्दा आँखा रसाउने म मुक्तिनाथ जाँदा शेर्पिनी ड्रेसमा बबाल !

रितु शाक्य
जीवन विज्ञान परिषद्को पाँचौ ‘जीवन विज्ञान परिषद्’ २०८१ फागुन ९ र १० गते पोखरामा हुने परिषद् को कार्यक्रम को लागि हामी काठमाडौँ बाट १० जनाको प्रशिक्षक समुह फाल्गुन ७ गते बिहानै सोह्र खुट्टे स्थित बस स्टेशन मा भेला भएर प्रस्थान गर्यौं। जीवन विज्ञान परिषदको कार्येक्रममा के न्द्रिय समिति, प्रदेश समिति र वृत्तहरूको पूर्नगठन गरि २ वर्षसम्म भएका कार्यहरूको प्रगती विवरणको प्रस्तुतीका साथै नवगठित समितका कार्यप्रभारीहरूले कार्ययोजना प्रस्तुत भएका थिए । परिषदमा श्रद्धेय रमेश गुरुदेव, श्रद्धेय भानु गुरुदेव र जीवन विज्ञान गुरुकुलकी संरक्षक गुरुमा देवी शर्माले परिषद्का कार्यप्भार सम्हाल्नु भएका कल्याणमित्रहरूलाई जीवन विज्ञान को मुख्य लक्ष्य बिश्व मानव कल्याणका लागि योग ध्यान साधना मार्फत बिबिध कार्येक्रमको रुपरेखा र जीवन विज्ञानका कल्यान्मित्रहरुको मुलभूत दायित्व को बिषयमा मार्ग दर्शन गर्नुभयो। यस कार्येक्रम का लागि नेपाल तथा अन्य देशहरु बाट करिब ८०० को हाराहारी मा कल्याण मित्रहरु को उपस्थिति थियो।
त्यसको भोलि पल्ट गण्डकी स्वजागरण उत्सव’ २०८१ फागुन १० गते पोखरा रङ्गशालामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरे लगाएत गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे,कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, गण्डकीका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य खगराज अधिकारी र राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङ को पनि उपस्थिथि बीच श्रद्धेय भानु गुरुदेवले स्वजागरण अभियान आत्मजागरण, सुशासन र समृद्धिको जागरण गर्ने अभियान भएको बताउँदै स्वजागरण ध्यान विधिको अभ्याससमेत गराउनुभयो भने
श्रद्धेय रमेश गुरुदेवले अध्यात्मबिना मानिस स्वतन्त्र नहुने बताउनु भयो । उहाँले स्वतन्त्रताका लागि अध्यात्म आवश्यक रहेको बताउँदै यसका लागि शरीरका सात चक्रमा काम गर्नुपर्ने स्पष्ट पार्नुभयो। कार्यक्रममा श्रद्धेय भानु गुरुदेवद्वारा लिखित श्रीमद्भगवद्गीता अध्याय दुईको व्याख्या गरिएको पुस्तक ‘गीतामहाज्ञान–२ स्वतन्त्रताको राजमार्ग’ र श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवका दिव्य वाणीहरू समेटिएको ‘दिव्य दृष्टि’ पुस्तकद्वय सम्माननीय सभामुख देवराज घिमिरेले विमोचन गर्नुभयो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र विभिन्न साँस्कृतिक समुहले गुरुङ साँस्कृतिक नृत्य र झाँकीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रबाट हजारौँको सहभागिता थियो ।
जीवन विज्ञान को कार्यक्रम सकाएर भोलि पल्ट बिहानै हामी मुक्तिनाथ मन्दिरको यात्राको लागि एउटा जीप मा केहि कल्यान्मित्र हरु सहित यात्रा सुरु गर्यौं। मुक्तिनाथ मन्दिर नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक महत्वपूर्ण हिन्दू-बौद्ध तीर्थस्थल हो। हिन्दू धर्मावलम्बीहरू यसलाई विष्णु भगवानको मुक्तिनारायण रूप मान्छन्, भने बौद्ध धर्मावलम्बीहरू यसलाई लोकपाल चिन (Avalokiteshvara) को स्थल मान्छन्।
मुक्तिनाथ समुद्री सतहदेखि करिब ३,७१० मिटर उचाइमा रहेको छ। यात्रा को क्रम मा बाटोमा परेको रुप्से झरना को अमृतमय जलमा केहि पल रम्ने अवसर जुर्यो। आहा कस्तो सुन्दर मनोरम स्थल। साँचीकै नेपाल स्वर्ग नै त रहेछ। त्यहाँ बाट हामी बाग्लुंग स्थित कालिका भगवती मन्दिर प्रस्थान गर्यौं जुन नेपालकै प्रसिद्ध धार्मिक स्थलहरूमध्ये एक हो। यो मन्दिर गण्डकी प्रदेशको बागलुङ जिल्ला, बागलुङ बजारबाट करिब ५ किलोमिटर उत्तरमा अवस्थित छ। कालिका भगवतीको प्रमुख शक्तिपीठ मानिने यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्था र श्रद्धाको केन्द्र हो।मन्दिर बागलुङको पहाडी क्षेत्रमा हरियाली जंगलले घेरिएको स्थानमा रहेको छ जहाँ स्वच्छ हावापानी को आनन्द मिल्यो। यस स्थानबाट अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरूको मनमोहक दृश्यावलोकन गर्न पायौं।
मन्दिरबाट फेरि हाम्रो यात्रा सुचारु भयो। बाटोमा ठुल्ठुला हिमालहरु हिमाली रेगिस्तानजस्तो देखिन्थ्यो , जहाँ रातो, पहेँलो, र खैरो पहाडहरू, गुफाहरू, र ऐतिहासिक किल्लाहरू थिए। रमाइलो कुरो त के भयो भने हामी बाटोमा जाँदै गर्दा हल्का हिउँ पर्न सुरु भयो। जति जति हिउँ पर्दै गयो त्यति त्यति चिसो बढ्यो। चिसो मा पनि मन चाही उत्साह उमंगले तातिएको थियो। भगवानको दर्शन को प्रवल इच्छा अनि प्रकृतिको प्रेमले त्यस्तो -७ डिग्री हुँदा पनि केहि फरक परेको थिए न । त्यहाँबाट हामी जेरी गल्लि भन्ने स्थान मा घुम्यौं जुन मार्फा गाउँको प्रसिद्ध गल्लि हो। चलचित्र जेरी को छायांकन भएकोले त्यहाँको नाम जेरी रहन गएको रे। यहाँ मार्फा गाउँको परम्परागत थकाली संस्कृति, वास्तुकला, र जीवनशैली देख्न पाएँ। मार्फा गाउँ आफ्ना स्याउका लागि प्रसिद्ध छ। यहाँका स्याउका उत्पादनहरू, जस्तै स्याउको ब्रान्डी र स्याउको सुकुटी, आदि थिए। त्यहाँ हामीले त्यहाँ को स्थानिय वासिन्दाले लगाउने पहिरनको गहनको पनि अनुभव लिन पायौं। भाडामा शेर्पा पहिरन र गहना थिए जुन हामीले लगाएर फोटो शूट पनि गर्यौं। म त शेर्पिनी ड्रेसमा बबाल पो देखिदो रहेछु। कस्तो रमाइलो अनुभव भयो।
त्यसपछि बाटोमा अलौकिक दृश्य अवलोकन गर्दै जाँदा साँझ परिसकेछ। त्यहाँबाट हामी खिन्गर गाउँमा निर्वाणा होटेलमा बास बस्यौं। भोलिपल्ट करिब ७ बजेबाट मुक्तिनाथको यात्रा प्रारम्भ भयो। बाटोभरी हिउँ ले ढाकेका पहाडहरुको मनमोहक दृश्य अझै पनि झल्झल्ती याद आउँ छ। कस्तो मात्र दिब्यस्थल हो त्यो बाफरे। आँखा खुलेको खुल्यै हुने। स्वर्ग पनि त्यति सुन्दर छैन होला शायद। धन्य रहेछौं हामी यस्तो देशमा जन्म भयो। मुक्तिनाथमा खुट्टा दुखेका का लागि घोडा अनि पालकी को पनि व्यवस्था रहेछ। हामी त सुस्त सुस्त हिमालको खाख मा रमाउदै चिप्लो हिउँमा चिप्लेटी खेल्दै माथि मन्दिरमा पुग्यौं। माथि बाट त चारैतिरको दर्शन त बयान गरि नसक्नु पो थियो। हरेक दृश्यलाई मोबाइलमा कैद गर्दै गएँ। मन्दिरको १०८ धारामा नुहाई पाप कुण्ड अनि पुण्य कुण्डमा डुबुल्की पनि लगाउन भ्याएँ। अरु चिसोले कामिरहेको बेलामा कस्तो हिम्मत आएको हो हामीलाई चाँही। मेरो छाती चिसोमा गारो हुन्थ्यो तर त्यहाँ इश्वरको शक्तिले होला केहि पनि भएन, कस्तो अचम्म । इश्वरको शक्ति अपरम्पार। इश्वर को दिब्य उर्जा ग्रहण गरि हामी सबै फर्कियौं। एक जना कल्याण मित्रलाई त स्वासप्रस्वासमा कठिनाई पनि भयो। तर पछि ठिक पनि भयो इश्वरको कृपाले। त्यहाँबाट फर्केपछि त्यही होटेलमा खाजा खाएर बिदा लिएर धन्यबाद दिंदै हामी त्यहाँ बाट आउन मन नलागी नलागी फर्कियौं। त्यहाँबाट पोखरा फर्कने क्रममा गलेश्वोर महादेवको दर्शन पनि गर्यौं। त्यसपछि सिधै पोखर| स्थित हामी बसेको होटेलमा पुग्दा ५ बजेछ। केहि बेर आराम गरेपछि घुम्ने रहर नमरेकोले फेरि हामी पुम्दिकोट महादेव दर्शन गर्न पनि गयौं। त्यहाँ को उर्जा फेरि बेग्लै। मेरो इस्ट देवता भएकोले हो कि के हो महादेव देखेपछि आँखा त्यतिकै रसाएर आउने। मन त्यतिकै कस्तो सिरिङ्ग हुने अनि भावमा बग्ने। त्यहाँ क्षनिक ध्यान गरेर होटेल फर्केपछि खाना खाएर सुत्यौं। भोलिपल्ट बिहान काठमाडौँ फिर्तिको लागि बस चढ्यौं। करिब ५ बजे काठमाडौँ आईपुग्यौं। अविशमरनिय यो यात्रा मेरो जीवनको किताबमा सधै यादगार रहनेछ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)