सिक्दै थिए, घुम्दै थिए निरन्तर
पारस घिमिरे
कभर फोटोः अशोक सिलवाल
हुनत यो ट्राभल ट्रेेडमा काम यस्तै हुन्छ ! सके पनि नसके पनि केही सहासी केही फरक र केही दबाबमा काम गर्नु पर्ने ! कुर्सी टेबलमा बसेर गरिने परम्परागत कामभन्दा अलि फरक । केही खोजमुलक केही नवीन ! हुनत अहिलेको स्थितिमा हाम्रो समाजमा कामको परिभाषाको दायरा अलि फराकिलो भएको छ नत्र भने काम भनेको सरकारि अफिसमा दस पाँच आउने जाने , जिम्मेवारी जे भए पनि जो जो दस पाँच गरे उनीहरु रोजगार भएकामा गणना भए अरु भनेनन् !
विभिन्न देश बिदेशबाट आएका मनुवाहरु साक्षत्कार गर्दै आफ्नो देशका विभिन्न ठाउँ,प्रकृति, पर्यावरण, कला सस्कृती जनजीवनको बारेमा बुझ्दै बुझाउदै हिडनु साच्चै रोमान्चक हो अनि उत्तिकै जिम्मेवारी पनि हो। हाम्रो यो जिम्मेवारीमा अलिकति पनि कमि भयो भने वा अलिकति चुकियो भने त्यसले ब्यक्ती मात्र होइन देशलाई नै गम्भीर असर पार्दछ !
दुई दशकदेखि अनबरत रुपमा यसरी फिरन्तेहरुसग काम गर्दा बिनिन्न अनुभव लिए पनि हरेक पटक आउने टाेलिसग भेट्दा पुराना अनुभवले थोरै काम गरेपनी बिल्कुल नयाँ तरक्की लगाउनु पर्ने बास्तबमा नै रोमाञ्चक हो भनौ या थप जिम्मेवारी पनि हो ।
मनसुनको याम भएकोले निरन्तर बर्षा यो समयको नित्य कर्म नै भयो । बास्तबमा मनसुन त हाम्रो लागी उत्सब हुनुपर्ने हो, किनभने अरु दायाँबायाँ जे भने पनि नेपालीको मुख्य पेशा के हो भन्दा हामी अन्कनाउदै भए पनि कृषि नै भन्छौ खैर अहिले धेरै खेत वारि बाझै हुन थालेका छ्न, हामी कृषिमा पनि परनिर्भर जस्तै छौ तर पनि सरकारि आकडामा अझै पनि कृषि उत्पादन विशेष गरि धानको उत्पादनले उल्लेख्य योगदान गरेको देखाउछ, मनसुनी बर्षा कम भए वा समयमा भएन भने देशको कुल गार्हस्थ उत्पादनमा नै तलमाथी हुने गरेको अर्थशास्त्रीहरुबाट सुन्छौ ।तर हाम्रोमा मनसुनयाम उत्सब भन्दा बढी त्रासदीपुर्ण हुन थालेको छ ! बाटोको दुरअवस्थाले गर्दा यात्रा गर्न नै जोखिमपुर्ण हुन थालेको छ ! हामी यहीँबसेर अभ्यस्त भैसकेकोलाई त यस्तो छ भने युरोप अमेरिकाबाट आउनेहरुलाइ त यो कल्पना गरेभन्दा गाह्रो हो ।
रामकुमार हाम्रो एकदम मिलनसार साथी ! लगभग उमेरले लगभग पाच दशक छेउछाउ भएपनी उनमा अझै पनि २०, २५ को जस्तो जोश जागर छ तर पछिल्लो समयमा उनमा पिउने बानीले स्वास्थमा केही समस्या (गम्भीर त होईन तर युरिक एसिडको मात्रा बढेको) ले घुडा दुख्ने गरेकोले उनले जिम्मा लिएको काम गर्न असमर्थ भएछ्न ! त्यही भएर त्यो जिम्मेवारी पूरा गर्दिनु पर्ने अनुरोध मलाई आयो, हामी एकैपेशामा आबद्ध भएकोले कसैलाई सारो गाह्रो पर्दा उसलाई सहयोग गर्नु आफ्नो पेशागत कर्तव्य सम्झेर सहयोग गर्न तत्पर हुन्छौं यो एकदम राम्रो पक्ष पनि हो, यसमा हाम्रो कामप्रतिको ऐक्यबद्धता अनि पारस्परिक सामनजस्यतालाई पनि झल्काउछ ! यो एकदम राम्रो कुरा पनि हो ! हुन पनि यो एक किसिमको सहयोग जस्तो देखिए पनि दस बार्ह दिन काम गर्दा राम्रै आर्थिक जोहो पनि हुने भएकोले मैले सहमती जनाए । मेरो श्रीमतितिरका एकजना नातेदार प्रधानमन्त्रीको निजि सचिबालयमा नै कार्यरत हुनु हुनुहुन्छ मैले वहाँको जिम्मेवारी उल्लेख गर्न यहाँ सान्दर्भिक ठानिन, हालसालैको भेटमा वहाँले भन्नू हुन्थ्यो, हाम्रो निजामती सेवाको उपल्लो तहमा काम गर्ने अधिकारीहरुको पनि आधिकारिक तलबसुबिधा ज्यादै कम छ, महिनामा ५ /७ तलब भए पो उनीहरु भ्रष्टाचार नगरी काम गर्न जागरुक हुन्थे त मुस्किलले १ लाख पनि छैन अनि भ्रष्टाचार नभए के हुन्छ त ? मलाई पनि बास्तबमा यो कुरा सहि नै लाग्यो ! बास्तबमा हामीले स्थायी सरकार भन्ने सार्बजनिक सेवामा कार्यरत कर्मचारीहरुको तलब सुबिधा ज्यादै कम भएकोले उनीहरुलाई अतिरिक्त कमाई गर्नु पर्ने बाध्य बनाउछ अनि यसले जबर्जस्त भ्रष्टाचार गराउछ, अनि यसले राजनीति, प्रहरी प्रशासन जताततै आफ्नो लय बनाउदा हाम्रो मुलुकको जुनसुकै क्षेत्रमा भ्रष्टाचार ब्याप्त छ । हुँदा हुँदा बाटोघाटाे, सडक संजाल, गौरवका परियोजना सबै भ्रष्टाचार र कुप्रबन्धले थला परेका छन । हुन त यी सबै कुरा उल्लेख गर्न कति उपयुक्त हुन्थ्यो हुदैनथ्यो तर जुनसुकै मेलोमा कुरा गर्दा पनि यी कुराहरू परिहाल्छ्न ।
स्पेनको कानरी, आइल्यान्डको रुबिन र मडरिडकि लुसियाको घुमफिरकै सिलसिलामा चिनापर्ची हुँदै मायापृती बसेछ, अनि उनिहरुले सहमतिमै लगनगाठाे कसेका रहेछन् । उमेरमा रुबिन ११ बर्षले जेठाे भएनी उनीहरुको उनीहरुको दैनिकी र हाउभाउ हेर्दा उमेरको अन्तर पत्तालगाउन मुस्किल पर्थ्यो ! सात बर्षअघि बैबाहिक बन्धनमा बाधिएका उनीहरुका एक छ बर्षका छोरा र दुई बर्षकि छोरी रहेछन्, हाल उनुहरुको मुकाम स्पेनको पुएर्तो आभेन्तुरा भए नि उनीहरुको बसाई स्थिर रहेनछ, उनीहरुको जीवन घुमन्ते पारकै रहेछ, विभिन्न देशको भ्रमण तालिका र समूह बनाउदै, घुम्दै घुमाउदै उनिहरु जीवन यापन गर्दा रहेछन् । लुसिया र रुबेन मात्र हैन, उनीहरुका बच्चाहरु पनि घुमन्त्ते जीवनमा यति अभ्यस्त रहेछन् कि जब भ्रमण तालिका समाप्तीतिर आउँछ त्यो समुहमा रहेका अरुहरुसग हुने बिछोड र भ्रमणको अन्त्य हुने देखेर उनीहरुका बच्चाहरु बिनाकारण निहु खोजेर उनि गरेको कुरा हामी चितवनको सौराहामा रहेको सपना भिलेज होटेलको अन्तिम रात्रीभोजमा भेला हुँदै गर्दा रोई कराई गर्दै गरेका नानीहरूलाई देखाउदै लुसियाले भन्दा मलाई पनि हो कि जस्तै लागेको थियो ! छोरो कोकेले छ बर्षमा नै ३० भन्दा धेरै देश घुमी सकेको रहेछ, कम्तीमा छ सात बिदेशी भाशासिक्ने उसको लक्ष्य थियो । हुन पनि उनीहरुको परिवार एक बर्षमा आठ महिना त घुमिरहेको हुदोरहेछ ! छोरी सानी भएकाले बिधालय जादिरहिनछिन, छोरोको चाहिँ घुमाईसगै पढाइ पनि हुदोरहेछ । उनिहरुको पुएर्तोआभेन्तुराको एक आधारभुत बिध्यालयमा भर्ना भएको छोराको शिक्षकहरुसग लुसियको समन्वय हुदो रहेछ र रहेक भ्रमण पछि उनीहरुको छोरो कोकेले आफुले देखेको जानेको कुरा उसका साथिहरु माझ प्रस्तुत गर्दोरहेछ । यसका अतिरिक्त भ्रमणमा नगएको समयमा बिध्याल्यले कोकोको लागि आबस्यक शैक्षिक सिकाई पनि गर्दो रहेछ । मलाई उनीहरुको यो घुमन्ते सिकाई बास्तबमै सहि लाग्यो ।
बच्चाहरु पनि हरेक बाताबरणमा अभ्य्स्त हुने सिकाई पनि निरन्तर भैइरहने, जिबन गुजारा पनि हुने ! एक हिसाबले उनीहरुका बच्चाहरु नै यति ब्यबहारिक र प्रतिरोधि क्षमाताका लाग्थे कि उनीहरुमा कोहि कसैसग डर, धक थिएन हरेक परिस्थितिमा उनीहरु अभ्य्स्त देखिन्थे ! बर्खाको त्रिसुलिमा रयाफटिङ गर्न होस, बन्दीपुर माथिको रामकोटको रातमाटे डाडामा लडदै, घारीघुरिमा पस्दै, त्याहाका मगरहरुको घर आगनमा रमआउदै, फुलनउठेका तर चपाउदा कोमलो मकै खादै । रुबिन लुसिया अनि उनिहरुका अरु घुमन्ते साथीहरू र उनिहरुका नानिहरु हरेक पल घुमी रहेका थिए घुमाई सगै पढिरहेका थिए । हरेक पल उनीहरुको लागि नौलो थिए तर वास्तविक थिए, जिबन्त थिए अनि उम्दा थिए ।
उनीहरु सिक्दै थिए, घुम्दै थिए निरन्तर निरन्तर !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)