प्रिय वसन्तपुर ! हतास या उदास हुँदा मलाई तिम्रो बानी परेको छ

भावना रिमाल

तिमी मेरो कोहि नहुँदा शान्त छर्ने सहर बनिदिनु
होलान् गुनासोको पाटाहरु
पन्नाहरु पल्टाउँदा
तर हुँदा मेरो मुड अफ
इन्द्रेणी झै रङ्गिन रहर बनिदिनु ।

कोहि नहुँदा साथमा
तिम्रो स्पर्शको साथ माग्न आउँछु म
नहटाई पर मलाई अंगालिदिनु
झिमझिम गर्ने बत्ती जस्तै छु म
निभेको बेला आउँछु होला
तिमीसँग गुनासो पोख्न रुँदै
हिम्मत दिने वाचा गर्नु है ।

कहिले दिउँसो त कहिले दिउँसै अन्धकार लाग्ने मलाई
तिमी समयको सहिमार्ग दर्शन गरिदिनु
कोहि अरुले देख्ला कि भनी
पछ्यौरी र पावर चस्मासँगै मास्क पनि लगाएर रुने म
तिमी बतास बनेर पन्छाइदिन कष्ट नगरिदिनु है ।

हतास हुँदा होस् या उदास हुँदा
यो मनलाई तिम्रो बानी परेको छ, आउँँछु केहि छिन
अनि तिमीसँग अनि मनका बह बिसाएर फर्किन्छु म
फर्किएसँगै मलाई नआउने वचन नदिरहनु है
समयले कोल्टे फेर्दा तिमीसँग टाढा भए भने नि मनदेखि सम्झिरहनेछु
मलाइ बिर्सेको आभास नदिलाईदिनु है ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button