रहस्यमयी बरमुडामा नेपाल स्टक एक्सचेन्जका वरिष्ठ अधिकृत सुदर्शन उपाध्यायले जे देखे (भिडियो)

आन्ध्र महासागरको समिपवर्ती ठाउँमा पानीको चम्किला धार, प्रकाश र फिँज देखिन्छ । आन्ध्र महासागरको यही भागलाई बरमुडा त्रिकोण भनिन्छ । यस समुन्द्री भागलाई रहस्यमय त्रिकोण, शैतान सागर, आन्ध्र महासागरको नर्कजस्ता नराम्रा नामले समेत चिनिन्छ । यो भागको कुल क्षेत्रफल ३९ लाख वर्ग किलोमिटर र यसको गहिराई १८०० फिट रहेको मान्यता छ ।

धेरै मानिसहरु जो आफ्नो वरिपरि भइरहेको घटनाक्रमलाई ब्याख्या गर्न र प्रष्ट पार्न असक्षम हुन्छन्, उनीहरू यस्ता घटनाहरूलाई दैवी चमत्कार वा अन्य कुनै रहस्यमय वस्तुहरूको परिणाम ठान्दछन् । झन बरमुडा त्रिकोणमा हराएका कुनै पनि वस्तुहरूले कुनै पनि सङ्केत नछाडेको कारणले पनि त्यस्ता सिद्धान्तमा विश्वासस गर्नेहरूलाई थप बल पुगेको छ । यस श्रेणीमा पर्नेहरु कोही युएफओहरूले त्यस क्षेत्रमा आइपुगेको जहाजहरूलाई अपहरण गरेर लगेको हुन सक्नेमा विश्वास गर्छन् भने कोही त्यस क्षेत्रको समुन्द्र पिँधमा कुनै एकदमै बलियो राक्षसी शक्ति छ जसले ती वस्तुहरूलाई तानेर अन्य कुनै स्थानमा पुर्याउँछन् भन्नेमा विश्वास गर्छन् र कतिपय अरु मानिसहरु यसलाई अर्को समानान्तर ब्रम्हाण्डको द्वार ठान्छन् । तर बैज्ञानिक तथ्यहरुका आधारमा पनि बरमुणा त्रिकोणका रहस्यहरूको ब्याख्या गरिएको धेरै सिद्धान्तहरु छन् ।

भूचुम्बकीय उत्तरी ध्रुब भौगोलिक उत्तरी ध्रुबदेखि १५०० मी. टाढा पर्छ र २० डिग्री जति फरकमा रहेको हुन्छ । नाभीक तथा बिमान चालकहरूले दिशा पत्ता लगाउने क्रममा ती दूइ ध्रुबबिचको फरक राम्ररी छुट्टाउन सक्नुपर्छ, किनकि उनीहरूले प्रयोग गर्ने कम्पासको सियोले जहिले पनि चुम्बकिय उत्तरी ध्रबतिर देखाउँछ । पृथ्वीमा जम्मा दूइ स्थानहरु मध्ये बरमुडा त्रिकोण पनि एक हो । जहाँ भौगोलिक उत्तर र चुम्बकिय उत्तर एउटै रेखामा पर्छन् । यस्तो अवस्थामा एउटा अनुभवी नाभीक पनि दिशा निर्धारणमा अलमलिन सक्छ र त्यहीँ हराउँन सक्छ । यस्तै अर्को ठाउँ जापानको पुर्वी भागमा पर्छ जहाँ चुम्बकिय उत्तर र भौगोलिक उत्तर एकै ठाउँमा पर्छन् र त्यसलाई जापानी र फिलिपिनी नाभीकहरूले राक्षसी समुन्द्र (डेभिल सि) नाम दिएका छन् । त्यहाँ पनि जहाजहरु हराउने घटनाहरू भैरहेका छन् ।

गल्फ स्ट्रीम (एक किसिमको समुद्रीधार) फ्लोरीडाबाट इङ्गल्याण्डतिर उत्तरपुर्वी दिशातिर बग्ने एउटा अति तुफानी धार हो । जुन बरमुडा त्रिकोणको क्षेत्र हुँदै बहन्छ । धेरै अनुसन्धानकर्ताहरु बरमुडा त्रिकोण क्षेत्रमा यसको तिब्रता अत्यधिक हुनेमा विश्वास गर्छन् । जसले गर्दा त्यहाँ पुगेका नाभीकहरु धार सँगै बहन्छन् । यदि धारको विपरित दिशामा जान खोजेमा जहाजको इन्जीनमा अत्यधिक बल पर्न जान्छ र इन्जीनले काम गर्न छोड्छ । यसरी तिनीहरु त्यहीँ अल्मलिन्छन् र हराउँछन् ।

धेरैजसो खोजकर्ताहरु बरमुडा त्रिकोण क्षेत्रमा मौसममा हुने आकस्मिक उतारचढाव नै जहाजहरु हराउनुको प्रमुख कारण मान्छन् । यसमा ब्याख्याताहरु त्यहाँ कुनै पनि आर्श्चर्यजनक घटना नभएको कुरामा विश्वास गर्छन् । उनीहरूका अनुसार बरमुडा त्रिकोण अबिश्वस्नीय र भविष्यवाणि गर्न नसकिने मौसमको लागि चिनिन्छ । त्यहाँ अति तीब्र गतिमा बहने आँधि, सँग सँगै चट्याङ्ग पर्ने प्रक्रियाले गर्दा त्यहाँ खतरनाक भूमरिहरु बन्न सक्छन् । जसमा परेका जहाजहरु त्यहीँ हराउन सक्छन् । कहिलेकाहीँ त तीब्र गतिको समुद्री आँधिमा चट्याङ् पर्दा त्यसले बिद्युतिय आँधि पनि उत्पन्न गर्न सक्छ । जसले हवाइजहाज हरूलाई पनि जलाउँन सक्छ । त्यस्तै त्यस क्षेत्रको समुद्री पिँधहरु धेरै भू(कम्प जाने किसिमको भएकाले त्यहाँ धेरै तीब्रताको भू(कम्प आउँदा समुद्री सतहमा तीब्र समुद्री तरङ्ग उत्पन्न हुनसक्छ । जसलाई जापानीहरु सुनामी भन्छन् र यसले गर्दा पनि जहाजहरु हराउन सक्छन् ।

बरमुडा त्रिकोणको तल्लो सतहमा पटक– पटक भइरहने भुइँचालोले पृथ्वीको चुम्बकीय क्षत्रमा केही समयका लागि असन्तुलन ल्याउने गर्छ तसर्थ पानी जहाज र उडिरहेको हवाइजहाजमा जडान गरेको कम्पास वा दिशा निर्देशिकाले गलत दिशानिर्देशन गर्छ, जसका कारण वायुयान र जलयानहरु दुर्घटनाग्रस्त भएको पाइन्छ । यी यानहरूको अवशेष नपाउनुको अर्को कारण भुइँचालोबाट निर्माण भएको खाडलभित्र उत्त यानहरु फसेर गाडिएको हुनसक्छ ।

बरमुडा त्रिकोणमा भइरहने वायुमण्डलीय चापले गर्दा शक्तिशाली आँधीबहेरी उत्पन्न हुन्छ जसले उत्त दुर्घटनाहरू घटाउन अहं भूमिका खेलेको छ ।

बरमुडा त्रिकोण अवस्थित ठाउँको पानीमुनि प्रशस्त रूपमा मिथेन ग्याँस उत्पन्न भइरहेको छ । यो ग्याँस ज्वलनशील र मानिसको शरीरभित्र लागे खण्डमा आलस्य र बेहोसी हुनसक्छ । यो ग्याँसको उत्पादन समुद्रमुनि कसरी भइरहेको छ भने समुद्रमुनि प्रशस्तरूपमा परेको जीवजन्तुको र विरुवाको अवशेषबाट बन्न जान्छ । यो ग्याँस धेरै माथिसम्म जानसक्ने भएकाले हवाइजहाजलाई पनि असर गर्दछ । मिथेन ग्याँस उत्पन्न भए जस्तै कार्बनडाइअक्साइड ग्याँस पनि यहाँ ठूलो मात्रामा उत्पन्न भइरहेको छ ।

विश्वयुद्धको दौरानमा युएसको साइकोल्पस नाम गरेको युद्ध जहाज ब्राजिलतिर गइरहेको थियो । बारबोड्स भन्ने ठाउँमा आउँदासम्म उक्त जहाजको जानकारी छ । तर, त्यसपछि यो जहाज र यसमा रहेको कर्मचारी र यात्रुहरूको बारेमा अहिलेसम्म कुनै खबर छैन ।

सन् १९४५ मा पाइलट लेफ्टिनेन्ट चाल्सै केरोलले अमेरिकी वायु सेनाको युद्ध विमान उडाउँदै यस क्षत्रमा आउँदा यो जहाज दुर्घटनाग्रस्त भयो र अमेरिकी जनसेनाले यसको खोज तलासी गर्दा कुनै पनि कारण र जहाजको अवशेष भेटिएन ।

यसैगरी १८०२ मा जहाजको अवशेष भेटिएन । यसैगरी १८०२ मा म्यारी सेलेस्टी नामक पानी जहाज दुर्घटनाग्रस्त भइ गायब भयो । तर, यसको अवशेषहरु दुइ वर्ष पश्चात पोर्चुगलको किनारामा भेटिएको थियो ।

१९४९ जनवरी १७ मा यात्रुवाहक हवाइजहाज स्टार टाइगर अनौठो रूपमा यो क्षत्रमा आउँदा गायब भयो । यसरी गायब हुने जहाजहरूमा मराइन सल्फर क्वीन, पोल स्टार, अमेरिकी नौ सेनाको लडाकु जहाज ‘अपरेशन रेड सेकेन्ड’ इत्यादि हुन् ।

विकिपिडियाका अनुसार


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button