सर-मिसहरु रानीमहल पुगेपछि के भयो ?

सम्झनालायक एक दिने पाल्पा भ्रमण, हराउलन हाम्रा फोटा, हराउने छैनन् रानीमहलका पल

सन्तोष शर्मा
प्र अ, ग्रीन बड सेकेन्डरी इङलिस बोडिङ्ग स्कुल, गुल्मीदरवार ४ बिरबास गुल्मी

बिहान ५ बजे नै आलाराम लगाएर सुतेको म आलाराम नलाग्दै सान्ता मेडमको गूड् मर्निङसङ्गै आँखा खुले । ओहो आज त रानिमहल जान छ । छ बजे सबैलाई जम्मा हुन लगाएको छु उठ्नु पर्छ भन्दै सधै ७ नबजी आँखा नखुल्ने मेरा ५ बजे नै खुले, हाम्रो शिक्षक ग्रूपमा मर्निङ भन्दै आफू उठेको जानकारी दिई नित्य कर्म तिर लागे ।

मलाई एउटा समस्या थियोे बाबा बुटवल श्रीमती माइत ।त्यही पनि आमा र म मिलेर ५:३० मै काम सक्यौ अनि हतार हतार रुमापोखरा जम्मा भयौ। त्यहा बाट समसेर सर , सस्ती मिस, टेकराज सर , यसोधा मिस जानू पर्ने मान्छे ४ जना बाइक ३ वटा ।

भुमी सरले २ जना राखेर हुइकिए पछी सहजै बन्द्रखुट्टा आउन सफल भयौ ।

६:१५ भइ सकेछ ।

सर मिस हरु बाटोमा हतार हतारमा बन्द्रखुट्टातर्फ आउदै हुनुहुन्थ्यो । सम्झना मिसको घर टाढा र घरायसी काम सकेर हिड्नु पर्ने हुदा एकै छिन कुर्नु पर्‍यो । ६:३० मा सबै जम्मा भैयो।
बसमा रमाइलो गर्दै जानू पर्छ । स्पिकर राखौ, भन्दा बसमै घन्किन्छ भन्ने गुरुको आबजले हामिले स्पिकर नराखी यात्रा तय गर्‍यौ ।

बन्द्रखुट्टा बाट बस छुट्दा एउटा सिट मात्र खाली थियो तर बिरबास बाट चड्ने मिस हरु २ जना कामना मिस र रबिना मिस, अलिक वर रबिना मिस रहेको हुदा उहाले सिट पाई हाल्नु भयो तर बजारको बिचमा कामना मिस हुदा उहाँलाई मुडाको ब्यबस्थापन गरेर हामी पाल्पा भ्रमणको लागि प्रस्थान गर्छौ ।

१७ जना बिहानको समय मौसम सफा, चिसो बतास सङ्गै हाम्रो यात्रा प्रराम्भ हुन्छ ।

हामिले अगिल्लो दिन नै कामको बाढ्फाड गरेका थियौ । म्युजिक र नाच गानको जिम्मा प्रसान्त सर, फोटोग्राफर मन पृन्ट सर । बोमिटको औषधि कामना मिस, पानीदेखि कुरमुरे खाना बसाइँ ब्यबस्थापन मेरै जिम्मामा थियोे ।

जिम्मेवारी लिन सजिलै छ निभाउन गाह्रो । त्यही पनि हामी सबैले हाम्रो जिम्मेवारी लाई रमाइलोमा परिरणत गर्दै अगि बढ्यौ । बस चोएङ्गा लुम्छा हुँदै अगि बढदै थियो । बसमा धेरैले बमिट गर्ने बानी भएको हुदा चालक लाई बस हलुका हिडाउन लगाई बाहिरी दृश्यमा मोहित हुँदै हाम्रो यात्रा टक्सार पुगिसकेछ ।

सबैलाई डर टक्सारबाट रिडि जादासम्म्म बोमिट हुन्छ कि भन्ने । सोही बमोजिम मैले बस बाट ओर्लि कुरमुरे, चिप्स, बिस्कुट, पानी किने । सबैले खादै बस भित्र नै भिडियो फोटो खिच्दै बिस्तारै टक्सार रिडिका ओरालो घुमाउरो बाटो हरु छिचोल्दै अगि बढेउ, यसो पछि फर्किएको सस्ती मिस, सम्झना मिस ,रबिना मिस र यसोधा मिस निदाउनु भाको रैछ । सोही मौकामा उहाँहरुको निदाएको भिडियो र फोटो खिचे जो पछी हेर्दा सम्झनाले आँसु नै आउने दृश्य हुन्छ ।

हाम्रो सेडुलमा ८ बजे रिडिको तीन मुखे पुल हेरेर अर्गली गएर नास्ता खाने थियो तर सबै सर मिसहरुले साझ फर्किदा को दृश्य हेर्ने अहिले अर्गली नै जाने भन्ने सम्झौता भयो सोही अनुसार पाल्पाको अर्गली प्रस्थान गर्‍यौ ।

गुल्मीलाई साझ भेट्ने बाचा सहित पाल्पा तर्फ गाडी गुड्न सुरु गर्छ जाहा बिरबास निवासी कुमार सोमै ले जोर्तेमा नास्ता पसल खोल्नु भएको थियो मैले पहिले नै सोमै का भाइ सागर सोमैलाई फोन गरि नास्ताको अडर गरि सकेको थिए ।

८:१५ अर्गली पुग्दासम्म कसैलाई बमिट नभएको हुदा सबै खुसी हुँदै झर्नु भयो अबत हुन्न भन्दै । त्याहा हामिले नास्ता खान सुरु गर्‍यौ । कसैले मटर समसा, कसैले चुकौनी त कसैले सेल तरकारी । जसलाई जेजे इक्षा स त्यही अनुसारको नास्ता खाइ हिड्ने बेलामा रबिना मिस र कामना मिसले कागती मागी पहिले नै सतर्क रहुनु भयो अझै पनि आउँछ कि भन्ने ।

पाल्पा जोर्तेबाट भैरबस्थान नआउदासम्म उकालो तथा घुमाउरो बाटोहरुसङ्गै प्रसान्त सरको रोजाईको हिन्दी गाना सुन्दै हाम्रो यात्रा बिस्तारै पाल्पाका डाडाकाडा नियाल्दै अगि बढी रहेको थियो ।

हामी घुम्टी उकालो हुँदै मधुरो हिन्दी गानासङ्गै हार्थोक निस्के पछी येसो पछी हेरेको सबैका आँखा खुलेछन । सायद यो बाटो धेरैले धेरै पटक पार गरि सक्नु भएको होला तर आज छुट्टै उमङ्ग छुट्टै रमाइलो देखि रहेको थिए । म पनि सयौ पटक ओहोरदोहोर गरेको पाल्पा ! तर, आज साच्चिकै नयाँ नौलो लागिरहेको थियो । गाडी जोगिपानि बतासे हुँदै श्रीनगर जाने घुम्टी नीर पुगेर रोकियो जाहा गाडी मालिक शक्ति बलाल चढ्नु भयो ।

९:३० बजिसकेछ । अबको यात्रा श्रीनगर पार्क भ्युटावर रहेको थियो । त्यो भन्दा अगि पेटको लागि चाजोपाजो मिलाउन हिमाल सर र म होटल श्रीनगर गयौ, जहाँ खाना अडर गरेर घुम्न जाने अनि आएर खाना खाने थियो । तर हाम्रो योजना चौपट भयो । खानाको मूल्य सुन्दै चक्कर आउने जस्तो । कहा हामी २५० मा चिकन खाना खाने बानी लागेको एकै चोटि ८५० रे, हामि त हेरेको हेरै । अनि हिमाल सर र म “मिलेन तेरो लेभल ओइ बाउ बला” भन्ने गित गाउदै हामिलाई मिल्ने होटल को खोजी गरेउ ।

अल्छीको आहारा दैबले जुराउछ भने झै रानिमहल जाने बाटोमै होटल रानिमहल देखौ अनि गाडी फनक्क फर्काएर सोहि होटलमा गई ४५० मा लोकल कुखुराको झोलसङ्ग इन्डियन बासमती चामलको भात खाने अडर दिदै सुरु गरेउ स्वर्गको एक टुक्रा श्रीनगर डाडा ।

१० बजेबाट १२ बजेको समय घुम्न पाउने हुदाँ हामी सबै मनमनमा मख्क थियौ । टन्नै फोटा र टिकटक बनाउने समय भयो भन्दै । पाल्पा सयौ पटक आए पनि श्रीनगर प्राय कोइ न आएको तर प्रसान्त सरको माइती गाउँ जस्तै रैछ हामी पछि पछि प्रसान्त सर अगि अगि ।

हरियो चौर, अग्ला सल्ला का रुख, सफा बाताबरण, मनोरम दृश्य, पाल्पाको काखमा अबस्थित तानसेन बजार !! ओहो थकाइ भोक त कता गयो गयो ।

उता मन पृन्ट सर तानातान । हुन पनि किन नहोस एउटा तीन वटा आँखा भएको फोन हाम्रा रातिमा पनि स्क्रिन नदेखिने फोन । फोटो खिचाउनेको लाइन ।

हनुमान पार्क हुँदै स्तुपातर्फ लाग्दै गर्दा फोटो नखिचाइ मनले मानेन, हाने १०/२० वटा मैले पनि ।

मैले जहिले देख्ने भिडियोमा आज जादाजाँदै त्यही भाइरल ठाउँमा पुगौ । ११ बजेको घाम हामिलाई के मतलब । सबै आ आफ्नो पारामा फोट र भिडियो अनि टिकटक । कसैले हिड्दै, कसैले बादल बर्षा बिजुली, त मैले तान्सेनलाई टेन्सन ।

जति बस्यो उति बसि रहु जस्तो । टेकराज सर र मधु सरले पालैपालो फोन हानेर अत्ताउनु सुरु गर्नु भयो । हामी फोन उठाउनसम्म एउटा फोटो भन्दै खिचिरहेउ । खुला आकासमुनि पन्छी झै न तनाब, न पीडा, न भोक, न तिर्खा ।

घडि हेरेको १२ बज्न लागेछ । अझै भ्यु टावर बाकी छ । जाम भनि म नै अत्ताउन थाले । अरुलाई त हिडाउन सफल रहे दुई जना मिस । एउटा मात्र खिच्छम, भनेर हुन्छ भनेको त १५ मिनेट लगाउनु भयो । सस्ती मिस र सम्झना मिस । सुरुमा खिच्न लजाउनु भयो पछि त्याहाबाट उक्काउनै सकिएन ।

उकालो उकालो सिढी चढ्दै हामी लाग्छौ श्रीनगर भ्यु टावर । जाहा पुग्दा रबिना मिस १ महिना नखाए जस्तो फतक्कै गल्नु भए जस्तो । थचक्कै बस्नु भयो । हामी चै टिकट काटी टावर चढेउ । सस्ती मिस रबिना मिस सङ्ग साथी दिन बस्याहोला भन्या लुकि लुकि टिकटक बनाउन रैछ । हाम्रो फोटोग्राफर मन पृन्ट सरले क्याप्चर गरि हाल्नु भएछ । १३८ सिढी चढेर माथी पुग्दा त आकासमै आए जस्तो ।

तलका मान्छे त किम्ला जत्रा । आमम्म्म्म्म तान्सेन बजार हेर्दै कलक्क निलौ जस्तो । सल्ला सुसायो है श्रीनगर बतासे डाडैमा त्यसै भन्या रैनछ ।

मोबाइलमा घन्टी बज्छ । हेर्छु, होटलवाला अगि १ बजे भनेर बोलाएको अहिले १२:३० मै आउन पर्‍यो भन्न लाग्यो ।

अनि मैले सबैलाई अत्ताउदै ल ल खाना तयारी भयो जाम जाम भन्दै ओर्लियौ । सम्झनास्वरुप तल आइ एक ग्रूप फोटो हान्न चाइ छुटाएनौ ।

बस अलिक तल । हाम्रो हिड्ने धित मरेन, अनि प्रसान्त सरले भने बमोजिम बाटो लाग्यौ । आहा सल्लिपिरल मा चिप्लेटी खेल्दै टेक राज सरले मन थिएन जोगि बन्नलाई भन्ने गितमा टिकटक बनाउदै बस भए ठाउमा आयौ । जाहाबाट खाना खान जान ३ मिनेट पनि लाग्ने थिएन । सबै पसिना पसिना हुदै गाडी चढी खाना खाने ठाउँमा पुग्यौ ।

१२:४५ खाना खाने टाइम भएछ यसो सबैको मुहार हेर्छु भोकाएको जस्तै । अनि एकै छिन पापड बन्दै गरेको थाहा पाए पछी सुरु भयो वाइफाइ स्क्यान । अनि टिकटक र फेसबूक ।

खाना पनि कति मिठो सायद नथपिकन कोहि पनि उठ्नु भएन, म चै लोकल कुखुराको फ्यान रस चै थपी थपी । अरुलाई काम गरेपछि अल्छि लाग्छ रे, नेपालीलाई खाना खाएपछि । त्यही पनि हाम्रो सपना रानी महल थियो । हामी सब उत्साहीत थियौ । ल ल जाम जाम, बज्यो भन्दै गाडिमा चडी अगि बढ्यौ ।

रानि महल हैन तिमिलाई दिउला चोखो माया

सधै सपनामा पुगि रहेको ठाँउ, आज बिपनामै पुग्दै थियौ ।

जब खाना खाएर होटल रानिमहल हुँदै ओरालो तथा घुमाउरो बाटोहरु पार गर्दै हाम्रो बस अगि बढन थाल्यो । हामीहरु खुसिले गदगद थियौ। १३ किलोमीटर अगि रानिमहल थियो तर त्यो ठाउँमा पुग्नु भन्दा अगि त्याहाको ठाउँ यति सुन्दर रैछ कि बाहिरी दृश्य मोबाईलमा कैद नगरी बस्न सकिएन, बस्ती पनि कति मिलेको सुन्दर सुन्दर एक एक तले घर बनाएर निकै ब्यबस्थापन पुर्वक बसेका । रानी महल पुग्दै गर्दा म गुल्मी र पाल्पालाई तौलिदै गए, हरेक कुरामा पाल्पा अगि पाए, शिक्षा, स्वास्थ्य, यातायात , बसाइँसराइ । तर हाम्रो गुल्मीमा बसाइँसराइ तछाडमाछाड छ । टेक राज सर र म यिनै बिषय बस्तुमा कुरा गर्दै अगि बढी रह्यौ ।

झ्याउरे तथा लोक गित गाडिमा घन्की रहेको थियो, पछी मन्टो फर्काए सब खानाको तालमा आनन्दसङ्ग निद्रामा लुटपुटि रहनु भएको । यस पाली पनि भिडियो कैद चाइ गरे ।

उह उह उह रानी महल । मेरो आबाजले सबैका आँखा खुले । खोइ खोई भन्दै सबैजना झ्याल बाट हेर्न लाग्नुहुन्छ ।आहाहा !!! सबैको मुखबाट यहि शब्द निस्कन्छ। रानी महल जो पुग्छ अबस्य हो शब्द निस्कन्छ । गाडीलाई पार्कमा लगाएर उभ्याएपछि हामी पालै पालो बसबाट ओर्लियौ । पाहाडको काखमा टुपुक्क बसे जस्तो ।

साच्चिकै मनमोहक । हाम्रा पाइला अगि नै बढ्न मानेनन् । त्यही हेरेर मङ्ग हुन लाग्यौ । खाना खाएको । ओरालो बाटो निद्रामा आएको हुदा सबै फ्रेस हुन लाग्नु भयो ।

ल ल अब अगि बढम । हामी सिढी चढेर माथी महलमा गयौ । त्यहा होडिङ्ग बोर्ड रैछ । मधु सर के कैद गरिहाल्नु भयो । यसको निर्माणको इतिहास त्यहा लेखिएको रैछ । जब हामी गेट नजिकै पुग्छौ त्याहा टिकटको ब्यबस्थापन रैछ प्रतिब्यक्ति ५० । हामी १७ जनाको टिकट काटी भित्र गयौं । जाहा पुगेपछि थकान एकाएक भाग्दो रछ । कति सुन्दर १८६ बर्ष पहिले यो कसरी संभव भयो हामी मन मनै घोत्ली रह्यौ । सुरुमै ग्रूप फोटो कैद गरिहाल्यौ । अहिले कोइ कता कोइ कता हुन सकिन्छ । रानी महलभित्र रानी कक्ष, बैठक कक्ष तथा सङ्ग्रालय खुला रैछ अरु कक्ष हरु बन्द गरिएको भेटायौ । भित्री दृश्य मा हामी धेरै बेर बस्न सकेनौ किनकी जेष्ठ महिना त्यो नि मध्य अनि २:३० बजेको घाममा । लगभग ३ बजे पछी सितल फर्कन सुरु गर्दो रैछ । हामी आयौ बाहिरी प्राङ्गणमा । सुरु हुन लागे टिकटक तथा सिङ्गल डबल फोटोहरु ।

रानी महल गए पछी पारी पुलमा नपुगी फर्कने कुरै भएन लाग्यौ हामी पनि पुलतर्फ । ओहोहोहो त्याहा बाट रानी महलको दृश्य, मान्नै पर्छ ती राजालाई जसले यो ठाउ रोज्यो । गर्‍यो बहुमुल्य उपहार आफ्नो रानिलाई । लगभग २ घन्टामा हामी त्याहा धेरै सम्झनाहरु कैद गर्‍यौ ।

जति हेर्‍यो उति हेरि रहु जस्तो । हामिलाई त्यो ठाउँ छाड्नै मन लागेन । पानीपुरी, चिसो पानि खादै हामी एकै छिन बगर तिरै बस्छौ । तर त्याहाबाट नहिडी पनि नहुने ।मन नलागि नलागी सबैलाई बोलाउन थाले ।

४:३० हुन लागेछ अब जान पर्छ ६ बजे हामी थोर्गा पुग्नु पर्छ, जाम कट्छ भन्दै गाडी चढेउ । त्याहा बाट १३ किमि मै आइदो रैछ अर्गलि । कति नजिकै हामी दङ्ग ।

जब गाडि रानिमहल छाड्दै तेर्सो बाटो हिड्न सुरु गर्छ । भर्खर पिच भएको बाटो त्यो नि कति फराकिलो । कति सुन्दर बाताबरण । अग्ला अग्ला पाहाडका चुचुराको काख बाट गाडी हिडि रह्यो । १५ मिनेट पनि नहुदै गाडि त अर्गली । अब हाम्रो गन्तव्य थियो गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुल ।

पाल्पातर्फ ॠषिकेस मन्दिर नजिकै गाडी पुराएर हामी पुलतर्फ गयौं भने बसलाई रिडि गएर बिहानी होटलमा चिया खादै गर्न लगायौ । थाकेका कारणले गर्दा रबिना मिस र मङल सर बसबाट ओर्लिनु भएन । हामीहरु चाइ आइरहेको ठाउँ भए पनि ग्रूपसङ्गै आउदा छुट्टै आनन्द पुल चडी ग्रूप फोटो हरु लिन थाल्यौ ।

समयमै आइयो रिडि आउदा बिरबास नै आए जस्तो । बिहान ६:३० बाट सुरु भएको साझ ५:३० मा त्याहा आइ पुग्दा एक दिनका दिन यति पनि सकिने रैछ । हामी अचम्मित थियौ । बिस्तारै तिनमुखे पुल हुँदै हामी रिडि बजारतर्फ लाग्छौ । चिया खान भनी बिहानी होटमा गएको त चिया हजुर हरु पिउनु हामी आइसक्रीम खान्छौ भनी यसोधा मिसले के भन्नू भएको मात्र थियो सबैका मुख रसाए । एक एक गर्दै म पनि म पनि भन्दै सबै मिसहरु एकाएक आइसक्रीम खान ।

अनि हामी पनि जाम यो गर्मी मा चिसो चोको बार खान भन्दै पल्लो पसलमा गयौं । चिया पिउन छिरेका हामी चिया नखाइ आइसक्रीम ।

उज्यालोमा घर पुगिने भयौ।

६ बजेछ, ल ल अब बाटो खुल्छ जाम भन्दै हामी गाडी चढि उकालो लाग्यौ । सबैको मन युद्द जितेर फर्किएको सैनिकको जस्तो । निकै प्रफुल्ल ! हसिलो ।

थोर्गामा जाम पनि खुल्नै लागेको त्यही पनि ३० मिनेट जति रोकिनु पर्‍यो । सोही समयको फाइदा उठाउदै हाम्रो फोटोग्राफर मन पृन्ट सरले सबैको मोबाइल मा फोटा पठाउन सुरु गर्नु भयो । सबैले आफ्नो फोटो जूम गरि गरि हेर्दै आनन्द लुट्न थाल्नु भयो । एकै छिनमा जाम पनि खुल्यो पुन सुरु हुन्छ हाम्रो यात्रा ।

एक दिन तर ५ दिन घुमे जस्तो अनुभव साट्दै टक्सार इश्वरी डेरिबाट दूध दहि लिदै हामि आयौ सकुशल बिरबास जाहा झर्नु थियोे कामना मिस र रबिना मिस । उहाहरुलाई बिदा गर्दै बस बन्द्रखुट्टा आइ पुग्छ अनि टुङ्गिन्छ हाम्रो यात्रा ।

भुमि सर पहिले नै आइ पुग्नु भएको थियोे । रातीको समय । जङ्गलको बाटो । त्यो नि एक्लै हुदा सम्झना मिसलाई छोड्न मधु सरलाई पठाए। अनि हामी ६ जना ३ वटा बाइकमा झर्‍यौ ।

योजना गराउने यसोधा मिस । चाजोपाजो मिलाउने शान्ता मेडम । म्युजिक ब्यबस्थापन प्रसान्त सर, फोटोग्राफर मन पृन्ट सर । साथ दिने मधु सर, हिमाल सर, टेक राज सर मुरि मुरि धन्यवादका पात्र हुनुहुन्छ ।

धेरै यात्रा गरे तर यो यात्रा अमर रहोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button