त्यो बेलाको बाटो, त्यो बेलाका मान्छे, त्यो बेलाको रमाइलो

एउटा बाटो, अनेक कथा, अनेकौं उपकथा-१

अशोक सिलवाल
चतुराले, नुवाकोट

पुर्खाले हिँडेको बाटो नेपालनाम्चाको देशाटन अन्तर्गतको एउटा खास सिरिज हो । यसक्रममा नेपालनाम्चा काठमाडौको बाइपासबाट ककनीसम्म बसमा र रानीपौवाबाट पैदल चतुराले, ढाँडेफेदी, मालकोट, शेरा हुँदै नुवाकोटको नुवाकोट दरबार पुग्यो, एकै दिनमा ।

नुवाकोट, रसुवा, धादिङ, कास्की, लम्जुङमात्र होइन, मध्य तथा पश्चिम नेपालको धेरै भुभाग र तिब्बतलाई काठमाडौंसम्म जोड्ने कुनै बेलाको गुल्जार यात्रामार्ग थियो यो । स्थानीय बुढापाकाका अनुसार यो पदमार्ग कुनै बेला अटुट iजन्तीमार्ग जस्तो थियो । साँघुरा गोरेटाहरु अहिले कच्ची नै सही, सडक बनिसकेका छन् तर त्यहाँ त्यो पुरानो जीवन जीवन्त छैन । ओर्लनेको ताँतीले उक्लनेहरुलाई साइड दिनुपर्ने त्यो दृश्य उनीहरुका स्मृतिमा मात्र छन् । तर, ती सब बताइरँदा तिनका आँखामा उज्यालो छाएको थियो । स्वरमा उस्तै सजीवपना ।

लामो पदयात्रा पक्कै पनि थकानपुर्ण थियो तर त्यो खास थियो र उर्जाले भरिएको थियो । स्थानीयका कुराले सुख्खा वर्तमान एउटा यस्तो समय बनेको थियो, जहाँ स्मृतिहरु रोमाञ्चक सिनेमा, उपन्यास वा कथा भन्दा कम थिएनन् । र, अनेक किसिमले निकै उपलब्धिमुलक पनि । काठमाडौं छाडेपछि नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका हुँदै विदुर नगरपालिकामा रहेको नुवाकोट दरबारसम्मको यो पदयात्रामा अनेक रोचक, ऐतिहासिक तथ्य र अनुभुतिहरु भेट्टाइएको छ ।

यो अवलोकन–अध्ययन पदयात्रामा हामीले अनेक मानिस भेट्यौं । ती प्रत्येक भेट र कुराकानी नेपालनाम्चाका लागि विशेष रहे । ती सामान्य तर भुईका भावना थिए । धराका जरा थिए । उनीहरुका भावना र भनाइ जस्ताको तस्तै तलको भिडियोमा हेर्न–सुन्न सक्नु हुनेछ क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button