
घुम्न गएका गुरुङ गज्जबको कविता लिएर फर्के
रुवीभ्याली फ्याम ट्रिप कविता
पिताम्बर गुरुङ
अध्यक्ष, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन), ठमेल
महासचिव, काठमाडौं ईन्भाईरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप), ठमेल
कार्यसमिति सदस्य तथा संयोजक प्रचार–प्रकाशन विभाग, नेपाल पर्वतारोहण संघ, नक्साल
अध्यक्ष, आशिमाला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपन
अध्यक्ष, सोलु डाँडा टोल विकास समिति, कपन
भिटोफ नेपाल र एनटिविले
गाउँ प्रवर्धनको नाउँमा
फ्याम ट्रिपको आयोजना गर्यो,
रुवीभ्याली गाउँमा ।
गुरुङ पर्यटन व्यवसायी संघको संस्थापक अध्यक्ष
कुलबहादुर गुरुङको गाउँ
पहिलादेखि नै लाग्या थियो,
मलाई आउँ आउँ ।
आउने मौका जुराई दियो
फाम् ट्रिपको साथ
यसको लागि भिटोफ नेपाललाई
धेरै धन्यवाद ।
२०७९ साल, माघ १७ को दिन
सोह्रखुट्टेमा जम्मा पारी, भन्न लागे हिन
आयो निम्तो आतिथ्यको
संस्था जिटिनलाई
अध्यक्षको नाताले म यहाँ आएँ,
सहभागी जनाई ।
४२ जना जम्मा टोली,
५ वटा स्कर्पियो
५ वटा स्कर्पियोमध्ये
हाम्रो स्कर्पियोले अगाडि गति लियो ।
गाउँ प्रवर्धनका मुख्य नायक
डा. प्रेम शर्मा
हामी लाग्यौ आफ्नै सुरमा
डा. शर्माकै भरमा ।
गीत गाउने, जोक भन्ने
कहिले ज्ञान गुनका कुरा
डा. शर्माले गरिदिए
दिन रमाइलो पुरा ।
बेला बेला फोन आउँथ्यो
रोक्नु पर्यो गाडी
हामी भन्थ्यौँ, आउदै गर्नुस्, जान्छौँ अगाडि ।
साथीभाईलाई छोड्न भएन
रोक्दै जाँदै गर्यो
साथीभाईलाई पर्खने हुँदा
बीचमै रात पर्यो ।
कच्ची सडक, धुलो माटो
उकालोको बाटो
फोर हुईलर नै लगाउनु पर्यो
टु हुईलरको साटो ।
फोर हुईलरले पनि काम गरेन
बीचमै रोकियो गाडी
अगाडि बड्ला भन्दा खेरी्
बग्यो पछाडि ।
कोसिस गर्दा नभएपछि
रोकी ओत लाए
केही बेरपछि पछाडिका
सबै गाडी आए ।
सबै गए अरु गाडी
बिचल्लीमा हामी
पदैल यात्रा सुरु भयो
अँध्यारोमा छामी ।
बीचमा आयो अर्को गाडी
हामीलाई लिन
लेख्या रहेछ, हामीलाई
गाडीले दुख दिन ।
बल्ल पुगियो सेर्तुङ गाउँमा,
गाडीबाट झरे
गन्तब्यमा पुग्नलाई त
आधा घण्टा हिँड्नु पर्छ अरे ।
थाकेको बेला मन त आत्तियो
सुनेर ति कुरा
जसरी पनि पुगेर त्यहाँ
गन्तव्य गर्नु छ पुरा ।
ओरालो बाटो अगाडि बढियो
छाम्छामछुम्छुम गर्दै
छैन बत्ती मोबाईलको भरमा,
पुगियो बामे सर्दै ।
चालिस गाउँका चेलीहरु
अनि दाजुभाई
स्वागत गर्न बस्या रहेछन् ,
भनी हामीलाई ।
रातो टिका फुलको माला
प्वाङमा नारीपा रे
अहिले त चाख्ने मात्र
भरे धेरै छ रे ।
केहि बेरपछि पुग्यौं हामी,
गन्तव्यको घरमा
गाउँको छुट्टै आनन्द भो
भन्दा शहरमा ।
नारिपामा रमाउनलाई
साथीहरु थाले
खाईयो पियो रमाईलो गर्न
बाजा बजाई हाले ।
चिनजान पश्चात नाचगान गर्दै,
१२ बज्यो राती
सुत्ने तरखर गर्न पर्यो
खोज्न थाले साथी ।
दिउँसो सँगै गएको साथी
एउटै घरमा जाने
भनी हामी खोज्न थाल्यौ
हामीलाई लाने ।
भेट्यो मान्छे सुत्न गईयो
सुत्यो मध्ये रात
३ बजेको छैन भाले बास्यो
भालेले दिएन साथ ।
मेरै छेउमा सुतेका थिए
डा. साबको जोडी
जोडीको गफ आउने गर्थ्यो
पर्खाल नै तोडी ।
सुने पनि नसुने झैं गरी
चुपचापसँग सुतेँ
छिट्टै निन्द्राले छोड्ने बानी
४ बजे नै उठेँ ।
डा. शर्मा, केपी, चित्र, गुप्ता सर पनि
सबै उठे ५ बजे त जानु पर्छ भनी ।
अत्तोपत्तो छैन हजुर
अरु कता सुते
हामी लाग्यौँ आफ्नो बाटो
कति बेला उठे ।
हामी लाग्यौँ उकालो
घले दरबारतिर
१ घण्टा हिँडेपछि
पुग्यौं सेर्तुङ गाउँको शिर ।
गाउँ घरको रहनसहन
आहा कति राम्रो
रमणिय ठाउँ देख्दा
थकाई मेट्यो हाम्रो ।
पाल्दोर पिक र गणेश हिमाल
रुवीभ्यालीको शिर
घले दरबार भ्युटावरबाट
देख्ने चारैतिर ।
लठ्ठै पार्यो आज बिहान
घले दरबारको भ्युले
भ्यु हेर्नलाई जानु भन्या थिए
कुलबहादुर ज्युले ।
घले राजा दरबार रहेछ
सेर्तुङ गाउँको माथी
पर्यटक लिई हेर्न आँउ है
फ्याम ट्रिपमा आएका साथी ।
प्रचार प्रसार गर्नु होला
हे पत्रकार साथी
पर्यटक ल्याउन सहयोग गरौं
कलम राखी साक्षी ।
अध्ययन गरौं के छ सम्भव
पर्यटक ल्याउन यहाँ
त्यसकै लागि हामी आयौं
फ्याम ट्रिप लिई जहाँ ।
रमणीय दृश्य छ है
रुवीभ्याली गाउँको
पर्यटक ल्याउन सहयोग गरौँ
नदुखाई टाउको ।
संस्कृति र भेषभूषालाई
गरौं जगेर्ना
पर्यटक आउँछन्
यो गाउँमा, त्यही संस्कृति हेर्न ।
गाउँ पालिकाले स्वागत गरे
हामीलाई सेर्तुङ गाउँमा
कार्यक्रम छिटो सक्ने
हामी थियौँ दाउमा ।
किनभने धेरै थियो
घुम्न पर्ने ठाउँ
घुम्न हाम्ले पाएका थिएनौं
गुरुङ चालिस गाउँ ।
मलाई घुम्नु थियो हजुर
गुरुङ चालिस गाउँ
त्यहि माथि पर्यो हजुर
साथीभाईको ठाउँ ।
गाउँ पो देख्दा सानो हजुर
जन्माको असल पुत्र
कुल, तेज, हिमाल गुरुङ
त्यस गाउँको सुत्र ।
माथि ६० तल ३५
बीचमा ४० गाउँ
घुमौ घुमौ लागिरहने
रमणिय ठाउँ ।
सेर्तुङ गाउँमा तामाङ जाती
४० गाउँमा गुरुङ
पर्यटन प्रवर्धन गर्न सके यहाँ
लाग्छ पर्यटकको उरुङ ।
दिनको १ बजे सुरु भयो
कार्यक्रमहरु
भिटोफ नेपालले मिलाउन लागे
चाँजोपाँजो अरु ।
बाजागाजा झाँकी झाँक्री
लहर लागी आए
मारुनी नाच घाटु अनि
रमाइलो देखाए ।
गुरुङ गाउँको छुट्टै पहिचान,
मारुनी र घाटु
पक्कै लाग्यो रुवीभ्यालीसँग
माया पिरती साटु ।
रुवीभ्याली नाम बसेछ
पाउने भएर रुवी
रुवी खोज्ने पर्यटक ल्याई
देखाउ सबले खुबी ।

एक छिन होइन,
तिन दिन बित्यो
कुनै पत्तो नपाई
यसको स्रेय जान्छ हजुर, गाउँले सबैलाई ।
तर सफा गर्नु पर्छ
आउने जाने बाटो
सहज हुन्छ अनि
रुवी भ्याली आउँछन् अन्त जानुको साटो ।
पर्यटक ल्याउने बाटो भने
बनाउँ आरामदायी
त्यसो गरे सजिलो हुन्छ
पर्यटक ल्याउनलाई ।
धेरै कुरा के बताउँ खै
दुई दिन आउँदा खेरी
फेरि आउँछु पर्यटक लिई
अवस्थालाई हेरी ।
भन्छु भनि लेख्या यो कविता
शुभकामना दिने बेला
शुभकामना दिने मौका नै दिएन
भिटोफले गर्यो हेला ।
असल साथी नेपालनाम्चा डट कम
अनि अशोक सर
यिनैले नै मेरो कविता
छर्छन् संसारभर ।
धन्यवादका पात्र बन्यो
नेपालनाम्चा डट कम
सबैलाई मौका दिन्छन्
भन्दै हर्टली वेलकम ।
रवीभ्यालीको प्रवर्धन गरौँ
पर्यटकलाई ल्याई ।
सुन्दिनु भयो धन्यवाद छ,
भन्छु बाई बाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
मेरो कविता सम्प्रेषण गरि दिनु भएको मा नेपाल नाम्चा डट कम लाई हृदयदेखि धन्यवाद टक्र्याउन चाहन्छु।
मेरो कविता सम्प्रेषण गरि दिनु भएको मा नेपाल नाम्चा डट कम लाई हृदयदेखि धन्यवाद टक्र्याउन चाहन्छु। धन्यवाद।