भविश्वर शर्मा समूह जिताउन अर्जुनलाल प्रधानको नेतृत्वमा ५१ सदस्यीय प्रचार ‘कमान्ड’

ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचार प्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । समिति ५१ सदस्यीय हुनेछ ।

पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति संयोजकमा चयन गरेको गरेको हो ।

परिषद्को आगामी असार ३२ गते निर्वाचन हुँदैछ ।

अध्यक्षका उम्मेदवार शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमाला, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा सोजेशमान मालाकार र कोषाध्यक्षमा उज्वल थपलिया उम्मेदवार छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button