
पचास बर्षे पर्वतारोहण संघमा पहिलो पटक रसुवा, बधाई दिनेश
रसुवा । नेपाल पर्वतारोहण संघ ५० बर्षको भइसक्यो तर हिमाली जिल्ला भएर पनि रसुवा यसको कार्यमितीमा अटाएको थिएन । भर्खरै सम्पन निर्वाचनबाट केन्द्रिय सदस्यमा दिनेश तामाङ निर्वाचित भएका छन् । संघको कार्यसमितिमा निर्वाचित हुने दिनेश रसुवा जिल्लाकै पहिलो हुन् । रसुवा र नुवाकोटकै साझा उम्मेदवारका रुपमा उठेका दिनेश रसुवाको दुर्गम क्षेत्र हाकुका स्थायी बासिन्दा हुन् । ट्रेकिङ एक्स्पर्ट प्रालि, टुर एक्स्पर्ट्स प्रा लि, क्रस ट्रान्सपोर्ट सर्भिसलगायत आधा दर्जन कम्पनीका संचालक दिनेश ३४२ मत ल्याइ विजयी भएका हुन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)