
निमा नुरु शेर्पा प्यानल परिचय (नेपाल पर्वतारोहण संघ निर्वाचन–२०२२)
१. निमा नुरु शेर्पा
अध्यक्ष पदका प्रत्यासी निमा नुरु शेर्पा एनएमएका पूर्व उपाध्यक्ष हुनुहन्छ । नेपाल एयरलाइन्सका पूर्व बोर्ड अफ डाइरेक्टर शेर्पा टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ । २०२२ सालमा सोलुखुम्बुको नाम्चेबजारमा जन्मनु भएका शेर्पाले व्यवस्थापनमा स्नातक गर्नुभएको छ । अल्टिच्युड एयरलाइन्सका अध्यक्ष शेर्पा खुम्बु (सगरमाथा) क्षेत्रमा विभिन्न होटलहरु पनि संचालन गर्नु हुन्छ । चोयु ट्रेकिङका संचालक शेर्पा फ्रेन्डस् अफ नेपालका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । ‘साहसिक तथा पर्वतीय पर्यटनको विकासका लागि सँगसँगै’ शेर्पाको मूल नारा रहेको छ ।
२. ठाकुरराज पान्डे
बरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ठाकुरराज पान्डे एनएमएका निवर्तमान महासचिव हुनुहुन्छ । सन् १९६५ मा धादिङको त्रिपुरासुन्दरीमा जन्मिनुभएका पान्डे रेडक्रस, लायन्सलगायतका परोपकारी संस्थाहरुसँग लामो समयदेखि आवद्ध हुनुहन्छ । सिद्धेश्वर विकास समितको अध्यक्ष पान्डे पनि हुनुहुन्छ । एनएमएलाई आरोही, व्यवसायी, विज्ञ, मजदुर तथा सम्पुर्ण पेशाकर्मीहरुको संस्थाको रुपमा विकास, हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्युनिकरण, आरोही अस्पतालको निर्माण, विद्यालय तहदेखि नै पर्वतारोहण विषयको पठनपाठनलगायत थुप्रै महत्वपूर्ण एजेन्डासहित पान्डे यस निर्वाचनमा हुनुहुन्छ । सन् १९९३ मा स्थापित फस्र्ट् इन्भायरमेन्टल ट्रेकिङका प्रबन्ध निर्देशक पान्डे नेपाललाई अन्तराष्ट्रिय माउन्टेन हब जोडदार रुपमा लागिपर्ने बताउनुहन्छ ।
३. अं दावा शेर्पा
प्रथम उपाध्यक्ष पदका प्रत्यासी अं दावा शेर्पा २०२६ सालमा सोलुखुम्बुको गोराखानीमा जन्मिनुभएको हो । शेर्पाले एड्भान्स कोर्ससहित नेपालमा उपलब्ध पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिम प्राप्त गर्नुभएको छ । एनएमएका वर्तमान ककायैसमिती सदस्य शेर्पा सगरमाथा आरोही संघ, शेर्पा एभरेस्ट परियोजनालगायतबाट पटकपटक सम्मानित भइसक्नु भएको छ । शेर्पाको उम्मेद्वारीको प्रश्नमा एकदमै सरल, इमान्दार तथा गहिरो उत्तर छ । उहाँ भन्नुहुन्छ, ‘आरोहीहरुको हकहितको लागि काम गर्न र उहाँहरुको सेवा गर्नलाई मेरो उम्मेद्वारी हो ।’
४. दावा याङ्जुम शेर्पा
द्धितिय उपाध्यक्ष पदका प्रत्यासी दावा याङ्जुम शेर्पा एनएमएको सगरमाथा आरोही हुनुहुन्छ । उहाँले कंचनजंघा, अन्नपूर्ण १, धौलागिरी, मकालु, मनास्लुलगायत थुप्रै हिमालहरु आरोहण गरिसक्नुभएको छ । चर्चित पर्वतारोहण पथप्रदर्शक शेर्पाका बारेमा विश्वप्रतिष्ठित संचारमाध्यमहरुमा लोभलाग्दो कभरेज हुने गरेका छन् ।
५. मोहन लम्साल
महासचिव पदका प्रत्यासी मोहन लम्साल ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को पूर्व महासचिव हुन्हुन्छ । सन् १९६६ पश्चिम नेपालको दाङ, तुलसीपुरमा जन्मिनुभएका लम्सालले व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ । मकालु एडभेन्चर प्रालि, मकालु एडभेन्चर ट्राभल्स् एन्ड टुर, ठमेल इको रिर्सोट्, नेपाल योगा रिट्रिट, एभरेस्ट प्याराग्लाइडिङ, ठमेल मोमो हटलगायतका संचालक लम्साल नेपाल योग एशोसिएसनको अध्यक्ष पनि हुनुन्छ । पछिल्ला निकै बर्षदेखि एनएमए पिक अपरेसनमा टप टेन पर्मिट इस्यु्अर मकालु एडभेन्चरका संचालक लम्साल उहाँ लायन्स, रेडक्रस आदिजस्ता अन्तराष्ट्रिय सेवा–संस्थाहरुमार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । पोर्टस् प्रोग्रेस नेपालको अध्यक्ष भएर उहाँले मजदुरहरुको हकहितमा पनि योगदान पु¥याउनु भएको छ । किवानीज इन्टरनेशनल नेपालको प्रमुख रहिसक्नुभएका लम्साल व्यवस्थापनमा स्नातकोत्तर हुनुहुन्छ । सन् २०१६ मा लम्साललाई नेपाल पर्यटन बोर्डले पर्यटन सद्भावना दूत समेत घोषणा गरेको थियो । आरोहीहरुलाई पेन्सन वा वीमा व्यवस्थापनमा लम्सालको विशेष जोड रहेको छ ।
६. धनबहादुर गुरुङ
सचिव पदका प्रत्यासी धनबहादुर गुरुङ २०२० सालमा धादिङको बसेरीमा जन्मिनुभएको हो । नेपाल अल्सास ट्रेक एन्ड एक्सपिडिसनका संचालक गुरुङ एनएमएलाई मजदुर र व्यवसायीहरुको साझा संगठन बनाउन र कार्यालय व्यवस्थित बनाउन आफूले उम्मदे्वारी दिएको बताउनु हुन्छ । पर्वतीय पर्यटनमा संलग्न मजदुर र व्यवसायीहरुको सही सुचना प्रणाली निर्माण गरी कार्यालय र सदस्यहरुको सम्बन्धलाई सजीव बनाउन प्रतिबद्ध रहने बताउँदै भन्नुहुन्छ, ‘सकेसम्म राम्रो काम गर्नेछु । नराम्रो काम हुन दिने छैन । र, म पनि एनएमको हितविपरित काम गर्ने छैन ।’
७. मुक्ति पान्डे
कोषाध्यक्षका पदका प्रत्यासी मुक्ति पान्डे टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपालका पूर्व सचिव हुनुहन्छ । हिमालयन फुटका संचालक पान्डे २०४१ सालमा गोरखाको भीमसेन थापा गाउँपालिकामा जन्मिनुभएको हो । दीगो पर्यटनका लागि व्यवसायिक हित तथा समग्र पर्यटनको विकासको लागि लागिरहने बताउँदै पान्डे भन्नुहुन्छ, ‘पर्यटन क्षेत्रका मजदुरहरुको पेशागत सुरक्षा र जीवन स्तरोन्नतिको लागि सँधै लागिरहने छु ।’
८. पिताम्बर गुरुङ
सदस्य पदका प्रत्यासी पिताम्बर गुरुङ अल नेपाल एड्भेन्चर टुर्स् एन्ड ट्रेक्सका संचालक हुनुहन्छ । २०२४ सालमा रामेछापको नामाडीमा जन्मिनुभएका गुरुङले स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । काठमाडौं इन्भाइरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप) को महासचिव र गुरुङ पर्यटन व्यवसायी संंघ नेपाल (जिटिन)को उपाध्यक्ष भई विभिन्न पर्यटन अभियानमा संलग्न गुरुङ भन्नुहुन्छ, ‘पर्यटनमा गर्नुपर्ने धेरै कामहरु छन् । ती कामहरु गर्न सही ठाउँ चाहिन्छ । त्यो ठाउँ हो एनएमए । त्यसैले एनएमएमा गएर केही गर्ने इच्छा भएकोले उम्मेद्वारी दिएको हुँ ।’ यसअघिका कार्यसमितीले गरेका राम्रा कामलाई निरन्तरता दिँदै थप राम्रा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
९. सिंगी लामा
सदस्यका पदका प्रत्यासी सिंगी लामा सोलो अल्पाइनका संचालक हुनहुन्छ । २०२९ सालमा सिन्धुपाल्चोकमा जन्मिनुभएका लामाले पर्वतारोहणसम्बन्धी सबै प्रकारका तातिमहरु लिनुभएको छ । सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय लामा एनएमएका सचिवालय सदस्य हुनुहुन्छ । हेल्मो समुदायबाट प्रथम सगरमाथा आरोही लामा हेल्मो संघको पूर्व सल्लाहकार पनि हुनुहन्छ । हेलम्बु पर्यटन प्रतिष्ठानको सल्लाहकार लामा एनएमए र एनएमएका सदस्यहरुको हकहित र पर्वतीय पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउनका लागि लागिपर्ने बताउनुहन्छ ।
१०. राजेन्द्रबहादुर लामा
सदस्यका पदका प्रत्यासी राजेन्द्रबहादुर लामा फ्रेन्डस् एड्भेन्चर टिमका संचालक हुनहुन्छ । सन् १९८० मा काभ्रेको तेमालमा जन्मिनुभएका लामा नेपाल क्यानोनिङ तथा हिमालय पिस एजुकेशनका पनि अध्यक्ष हुनुहुन्छ । सुगावती फाउन्डेसनका सचिव रहनुभएका लामा लायन्स क्लव गौरीशंकरका अध्यक्ष पनि हुनुहन्छ । कन्सेप्ट नेपाललगायत विभिन्न संघसस्थामा सक्रिय लामा नेपालको पर्वतीय पर्यटनको सशक्त विश्व बजारीकरणमा विशेष जोड दिनुहुन्छ ।
११. रामचन्द्र धमला
सदस्यका पदका प्रत्यासी रामचन्द्र धमला माउन्टेन गाइड ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक हुनुहुन्छ । अन्तराष्ट्रिय बजारमा पर्वतीय पर्यटनको लागि रोमान्चक चुचुराहरुको सशक्त प्रचारप्रसारमा लागिपर्ने बताउँदै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय सफल पर्यटन व्यवसायी धमला भन्नुहुन्छ, ‘पर्वतीय आरोहणलाई सुरक्षित बनाउन लागिपर्नेछौं ।’
१२. नामग्याल जाङ्बु शेर्पा
सदस्यका पदका प्रत्यासी नामग्याल जाङ्बु शेर्पा एटलान्टे माउन्टेनरिङ एन्ड ट्रेकिङका संचालक हुनुहुन्छ । मार्केटिङमा स्नातक शेर्पाले सन् २०१३ मा एनएमएले प्रदान गर्ने एड्भान्स माउन्टेनरिङ ट्रेनिङ लिनुभएको थियो । साझा उद्धेश्य प्राप्तिका लागि पर्वतीय पर्यटन क्षेत्रका सबै सरकोवालाहरुलाई एकीकृत गर्दै युवा सहभागीताका लागि विशेष जोड दिइने उहाँले बताउनुभयो ।
१३. नुर्बु छिरिङ शेर्पा लामा
सदस्यका पदका प्रत्यासी नुर्बु छिरिङ शेर्पा लामा आइसल्यान्ड ट्रेकिङ एन्ड एक्सपिििडसनका संचालक हुनुहुन्छ । सन् १९८३ मा रामेछापमा जन्मिनुभएका लामा पर्यटनलाई पर्वतीय क्षेत्रमा मुख्य रुपमा केन्द्रीत गराउन लागिपर्ने बताउनु हुन्छ । मजदुरहरुको हकहित, विमा, सामाजिक सुरक्षा हुनेगरी नीतिनियम र योजना बनाउन लागिपर्ने लामाले बताउनुभयो ।
१४. पासाङ दावा शेर्पा
सदस्यका पदका प्रत्यासी पासाङ दावा शेर्पा शेर्पा अल्टिच्युट एन्ड एक्सपिडिसनका संचालक हुनुहुन्छ । २०३७ सालमा सोलुखुम्बुको खुम्जुङमा जन्मिनुभएका शेर्पा पर्वतीय पर्यटनलाई व्यवस्थित गरी थप रोजगारी सिर्जना गरी देशकै आयआर्जनमा योगदान पुर्याउन लागिपर्ने बताउनु हुन्छ । आरोही तथा मजदुरहरुको सामाजिक तथा जोखिम भत्ताका लागि लागिपर्ने उहाँको प्रतिबद्धता छ ।
१५. दिनेश तामाङ
सदस्यका पदका प्रत्यासी दिनेश तामाङ ट्रेकिङ एक्सपटर््का संचालक हुनुहुन्छ । २०४३ सालमा रसुवाको हाकुमा जन्मिनुभएका तामाङले पर्वतीय तथा दीगो पर्यटनसँग सम्बन्धित थुप्रै तालिमहरु लिनुभएको छ । स्मार्ट् माउन्टेनरिङ, बेस्ट ट्राभल सर्भिस्, इथिकल टुरिजम सर्भिस उहाँको मूल एजेन्डा हो । रसुवा नुवाकोट पर्यटन समाज लगायत विभिन्न पर्यकीय संघसंस्थामा आवद्ध तामाङ नेपालको पर्वतारोहण र पर्वतीय पर्यटनको विकास, प्रवद्र्धन तथा प्रचारप्रसारमा लागिपर्ने बताउनुहुन्छ ।
१६. उर्गादेवी श्रेष्ठ
सदस्यका पदका प्रत्यासी उर्गादेवी श्रेष्ठ २००९ सालमा काभ्रेपालन्चोकको नालामा जन्मिनुभएका हो । पर्वतारोहणको क्षेत्रमा टेवा पुर्याई आन्तरिक तथा बाह्य पर्यटन विकासमा संलग्न हुन उम्मेद्वारी दिएको श्रेष्ठले बताउनुभयो । राष्ट्रिय सुस्तमनस्थिति कल्याण संस्थाको कोषाध्यक्ष श्रेष्ठ भिममुक्तेश्वर टोल सुधार समिती, कालीमाटीका कोषाध्यक्ष श्रेष्ठ जेसिस काठमाडौं लेडी, अपांग महासँघ, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल भारत्तोलन संघलगायतका संघसंस्थामा आवद्ध हुनुहुन्थ्यो ।
१७. डोमा शेर्पा
सदस्यका पदका प्रत्यासी डोमा शेर्पा पत्रकारितामा स्नातकोत्तर हुनुहुन्छ । २०४६ सालमा सोलुखम्बुको सोलु दुधकुण्डमा जन्मिनुभएकी शेर्पा फ्रान्सबाट प्रकाशित पुस्तक लस नेपालिज डी आइ एभरेष्टमा समावेश हुनुहुन्छ । महिला सशक्तिकरण पत्रकारिता अवाड्र्र २०२० बाट सम्मानित शेर्पा अरु थुप्रै राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । वृत्तचित्र निर्माता समेत रहनुभएकी शेर्पा नेपाल अल्पाइन फाउन्डेशनकी पनि अध्यक्ष हनुहुन्छ । एनएमएमा गएर आरोहीहरुको हकहित सम्बन्धी काम गर्ने र आरोहीहरुको आवाज बाहिर ल्याउने उहाँको योजना छ । हिमाल संरक्षण र सफाइ अभियानसगै जनचेतना फैलाउनका लागि लागिपर्ने उहाँले बताउनुभयो ।
१८. निमा डोमा शेर्पा
सदस्यका पदका प्रत्यासी निमा डोमा शेर्पा २०४१ सालमा सोलुखुम्बुको खुम्जुङमा जन्मिनुभएको हो । सगरमाथा आरोही शेर्पा आर्थिक अभावले हिमालसँग जोडिन नसकेकाहरुको लागि पनि एनएमएले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुन्छ । खासगरी आरोहणक्रममा जीवन गुमाएको परिवारको लागि विशेष प्याकेज ल्याई हिमाल सबैका लागि सधैँका लागि भन्ने अभियान नै चलाउनुपर्ने उहाँको भनाई छ । त्यसैको लागि एनएमएमा आफ्नो उम्मेद्वारी भएको उहाँले बताउनुभयो । सगरमाथाबाहेक आमादब्लम, लोबुचे पिक, आइसल्यान्ड पिक, चुलु फारइस्ट आदिको पनि उहाँले आरोहण गरिसक्नुभएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)