तारेभीरमा पाहुनालाई खुशी पार्ने तरिका सिकाईंदै

काठमाडौंको पर्यटकिय गाउँ तारेभीरमा होमस्टे व्यवस्थापन तालिम सुरु भएको छ । गोकर्णेश्वर ३ मा अवस्थिति तारेभीर काठमाडौंको महत्वपूर्ण पर्यटकिय गाउँ हो । बुढानिलकण्ठ र गोकर्णेश्वरको सिमानामा रहेको शिवपुरी नार्गाजुन राष्टिय निकुञ्जसँग जोडिएको सो गाउँबाट काठमाडौंका अधिकाँश भुभाग अवलोकन गर्न सकिन्छ । चिसो हावापानी र शान्त वातावरणका कारण पछिल्लो समय पर्यटकहरुको रोजाइमा तारेभीर पर्न लागेको हो ।

गृहिणी महिला संघको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पाँच दिने होमस्टे व्यवस्थापन तालिम सुरु भएको हो । तारेभीर आधारभुत विद्यालयमा सुरु भएको तालिम कार्यक्रममा स्थानिय ३० जनाको सहभागिता रहेको गृहिणी महिला संघको सचिव जनादेवी आर्चायले बताइन् ।

महिला सशक्तिकरणको लागि होमस्टे व्यवसाय वरदान हुने गृहिणी महिला संघको अध्यक्ष अमृता शर्माले बताइन् । तालिम कार्यक्रममा अतिथी सत्कार, व्यक्तिगत सरसफाई र स्वास्थ्य, रैथाने खाना निर्माण, सांस्कृतिक कार्यक्रम, हाइकिङ, पाहुना स्वागत-विदाई विषयमा प्रशिक्षण दिने प्रशिक्षक भुमराज तिवारीले बताए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button