कोहो कोइली: पोथी भाग्छे फुल पारी, भाले चौकीदार

जय भन्डारी

को हो कोइली कोे हो को हो,
बोलाउँछौ उसलाई कि मलाई हो ?
कागभन्दा कोइली बाठो भन्छन् सबले हेर,
गुँड लगाउँदिन, फुल पार्न भयो उसलार्ई बेर ।
पोथी भाग्छे फुल पारी, भाले चौकीदार,
बच्चा काड्ने-हुर्काउने अरु नै हुन्छन् क्यार !

वसन्तको यो याममा कतिपय कोइलीहरु काठमाडौंलगायत नेपालका अधिकांश ठाउँहरुमा प्रवेश गरिसकेका छन् । यो अवस्थामा कतिपय ठाउँहरुमा उनहरुीको स्वर, आवाज सुनिएको छ भने कतिपय ठाउँमा प्रत्येक्ष देखिएका छन् । कोहो कोइली भने अधिकांश ठाउमा प्रत्यक्ष देखिएका छन् ।

कोहो कोइली समुन्द्र सतहबाट ७५ देखि १८०० मिटर उचाईसम्म पाइने गर्छ । भालेको शरिर गाढा कालो र आँखा पहेलो हुन्छ भने पोथीको खैरो शरिरमा सेता धर्का र थोप्लाहरु हन्छन् । यसले आप्mनो गुँड बनाउँदैन र काग, धोबी, फिस्टो र रबिनलगायत अन्य धाईहरुको गुडमा फुल पारेर छोड्छन् । ओथारो बस्ने, बचेरालाई ख्वाउने र हुर्काउने काम गँुड जसको हो, उसैले गर्छ । गाउँघर र खेतबारी वरपरका चौडापातेलगायत मिश्रीत वनमा बसोवास गर्ने गर्दछन् । यिनीहरु कोहो, कोहो गरेर दिन र रातमै पनि कराउने गर्छन्, कुनैबेला कुकुकुकुकुकुक र हूप गर्ने गर्छन् ।

नेपाल पंक्षी संरक्षण संघले यसलाई छिमेकी चराको रुपमा समावेश गरेको छ । छिमेकी चरा एप खोलेर पनि यो कोइली चराको बारे जानकारी लिन सकिन्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button