नाट्टा सदस्यमा गोगनपानीका साधुराम

धादिङको गोगनपानीका साधुराम थापा ‘सुरज’ नाट्टाको कार्यसमिति सदस्यको उम्मेद्वार बनेका छन् । सन् २०१४ मा स्काइलर्ड ट्राभल एन्ड टुर्स्मार्फत पर्यटन व्यवसायमा प्रवेश गरेका थापाले दर्जनौं देशहरुको भ्रमण गरी नेपाली पर्यटनको प्रचारप्रसारमा योगदान पुर्याएका छन् । सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय उनले मुख्यतः अन्तर्राष्ट्रिय टिकेटिङमा राम्रो प्रभाव बनाएका छन् । नाट्टामा निर्वाचित भएर आइटा, एयरलाइन्स र जिडिएससम्बन्धी प्रमुख समस्याहरुलाई विषेश प्राथमिकतामा राखी दीर्घकालिन समाधान लागिपर्ने बताउँछन् । नन्-आइटा एजेन्सीहरुले भोग्नु परेका समस्याहरुलाई समाधान गर्नेतिर पनि लागिपर्ने बताए ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button