नाट्टा निर्वाचनपछि रमेश थापा समूहले के-कस्ता २७ काम गर्नेछन् ?

नाट्टा निर्वाचन–२०२२ थापा समूहको प्रतिवद्धतापत्र

हामी नेपाललाई एउटा विशेष ट्राभल गन्तव्य बनाउन चाहन्छौं । विश्वभरका मानिसलाई एक पटक र पटक पटक आउनैपर्ने नेपाल बनाउन चाहन्छौं ।

यो महान सपनाका प्रतिनिधी हौं हामी । त्यसका लागि ५६ बर्षको इतिहास बोकेको गरिमामय संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को निर्वाचनमा तपाईहरुको प्रतिनिधित्व गर्न गइरहेका छौं । सदस्यज्युहरुको विश्वास र त्यो विश्वासले निर्दिष्ट गर्ने जिम्मेवारी हाम्रो आउँदो कार्यकालको अभिभारा हुनेछ । त्यसका लागि हामी मन, वचन र कर्मले प्रतिवद्ध छौं ।

१) विदेशी पर्यटकलाई प्याकेज विक्री गरी प्राप्त विदेशी मुद्राको निश्चित प्रतिशत रिबेट व्यवसायीलाई पनि दिलाउन सम्बन्धित निकायमा पहल गरिनेछ ।

२) पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट ०७८/७९ मा छुट भएकोमा त्यसलाई नियमित गराउन पहल गरिनेछ ।

३) कोभिड महामारीका कारण सिर्जित यात्रा प्रतिबन्ध अझ खुकुलो बनाउँदै सम्पूर्ण रुपमा पुरानै लयमा फर्काउन पहल गरिनेछ ।

४) आन्तरिक तथा क्षेत्रिय (दक्षिण एसिया) हवाई कनेक्टिभिटी बढाउन पहल गरिनेछ ।

५) पेड होलिडेजेको शीघ्र कार्यान्वयनको लागि पहल गरिनेछ ।

६) गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रिय विमानस्थल शीघ्र संचालनको लागि सरकारलाई घच्घच्याइनेछ ।

७) पर्यटक सवारी साधन (हरियो प्लेट) सम्बन्धी विद्यमान विभेदकारी यातायात ऐन संशोधनका लागि विशेष पहल गरिनेछ । पर्यटक सवारी साधनमा तुरुन्तै जारी हुन लागेको इम्ब्रोस्ट नम्बर प्लेट हाल भइरहेको हरियो प्लेटजस्तै छुट्टै पहिचान हुने गरी व्यवस्था गर्नलाई पहल गरिनेछ ।

८) पर्यटकीय पूर्वाधार विकासमा सरकारको लगानी बढाउन अनुरोध गरिनेछ ।

९) कोभिड महामारीले प्रभावित सदस्य कम्पनीहरुलाई राहतस्वरुप आगामी पाँच बर्षसम्म कर छुटका लागि पहल गरिनेछ ।

१०) पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिलाउन सरकारसँग सशक्त पहल गरिनेछ ।

११) राजधानीलगायत अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि विशेष पहल गरिनेछ ।

१२) नाट्टाले सुरु गरेको Buddhist International Travel Mart (BITM) लाई निरन्तरता दिँदै अझ व्यापक बनाइनेछ ।

१३) सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा हरेक बर्ष स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गरिनेछ ।

१४) IATA सँग गरिएको सम्झौताको समिक्षा गर्दै समस्याको पहिचान गरी समाधानको लागि हरसम्भव प्रयास गरिनेछ ।

१५) विदेशी हवाई कम्पनी आकस्मिक रुपमा बन्द हुँदा टिकटको रिफन्ड प्रकृया अवरुद्ध भई व्यवसायीलाई मर्का परिरहेकोमा त्यस्ता हवाई कम्पनी संचालनपूर्व क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई Security Fund व्यवस्था गर्न पहल गरिनेछ ।

१६) प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्ट्रिय राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माण गर्न सरोकारवाला तथा स्थानीय निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

१७) विमानस्थलहरुमा पर्यटकहरुको आवागमनलाई झन्झटरहित बनाउन सम्बन्धित निकायसँग नियमित रुपमा समन्वय गरिनेछ । साथै E-VISA को कार्यान्यवनको लागि पहल गरिनेछ ।

१८) टुरिष्ट गाइडको दक्षतालाई अभिवृद्धि गर्न सम्बन्धित संस्थाहरुसँगको सहकार्यमा आवश्यक तालिम कार्यक्रमहरुको आयोजना गरिनेछ ।

१९) नाट्टालाई राष्ट्रकै पर्यटन सल्लाहकारको रुपमा उभ्याउन पर्यटन विकासका थप सम्भावनाहरुको अध्ययन र अनुसन्धानका लागि रिसर्च डिपार्टमेन्ट स्थापना गरिनेछ ।

२०) सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन आवश्यक तालिमहरु संचालन गरिने छ ।

२१) सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाइनेछ ।

२२) विभिन्न कारण देखाई गन्तव्य प्रवेशमा रोक लगाइएकाहरुको कारण टिकेटिङ कम्पनीहरुलाई पर्ने गरेको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति दिलाउन सम्बन्धित निकायहरुसँग सहकार्य गरिनेछ ।

२३) सदस्य कम्पनीहरुको सुविधालाई ध्यानमा राख्दै Weekly BSP Payment का लागि विदेशी र स्वदेशी गरी दुई प्रकारको मुद्रामा भुक्तानी गर्नुपर्ने विद्यमान अवस्थाको विकल्पमा नेपाली मुद्रामै BSP Payment हुने व्यवस्था मिलाउन NRB, IATA र Airlines हरुमार्फत प्रयास गरिने छ ।

२४) इगतदयगलम त्यगच सम्बन्धमा हाल जारी नयाँ प्रावधानहरुले व्यवसाय धरासायी हुने देखिएकोले सो प्राावधानहरुलाई खुकुलो बनाउन प्रयास गरिनेछ । साथै भुक्तानी, अध्यागमनलगायतका समस्याहरुलाई गहन अध्ययन गरी समाधानका लागि पहल गरिने छ ।

२५) सातवटै नाट्टा प्रदेश सदस्यहरुको नेतृत्व/व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र पुर्नताजगी तालिम जस्ता विशेष कार्यक्रमहरु ल्याइनेछ ।

२६) सातवटै नाट्टा प्रदेशहरुसँग समन्वय गर्दै प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्याकेजिङ र प्रवद्र्धन गर्ने ।

२७) संस्थाका गतिविधीलगायत समसामयिक सूचनाहरुलाई मिडिया सेन्टरमार्फत पाक्षिक रुपमा सदस्यहरुमाझ जानकारी गराइनेछ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button