नाट्टाः को हुन् परशुराम घिमिरे ? किन उनी ?

इलेक्सन क्याम्पेन

सदस्यका प्रत्यासी परशुराम घिमिरे मानविकीमा स्नातक हुन् । प्रिजेन्ट ट्राभलका संचालक उनीसँग दुई दशक बढीको पर्यटन अनुभव छ । आफ्नो पर्यटन अनुभवलाई नाट्टाको कार्यसमितीमा गएर सामुहिक हितका लागि प्रयोग गर्ने सोचका साथ उनी नाट्टा निर्वाचन २०२२ मा अगाडि आएका हुन् । गोरखा, सिरानचोकका उनी आफुजस्तै नाट्टाका तमाम सदस्यहरुका हकहित र वृत्तिविकासका लागि लागिपर्ने बताउँछन् । खासगरी ननआइटा एजेन्टस्का समस्याहरुका समाधानमा सक्रिय रहने उनको सोच छ ।

नाट्टा निर्वाचन–२०२२ थापा समूहको प्रतिवद्धतापत्र

हामी नेपाललाई एउटा विशेष ट्राभल गन्तव्य बनाउन चाहन्छौं । विश्वभरका मानिस एक पटक र पटक पटक आउनैपर्ने नेपाल बनाउन चाहन्छौं ।

यो महान सपनाका प्रतिनिधी हौं हामी । त्यसका लागि ५६ बर्षको इतिहास बोकेको गरिमामय संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को निर्वाचनमा तपाईहरुको प्रतिनिधित्व गर्न गइरहेका छौं । सदस्यज्युहरुको विश्वास र त्यो विश्वासले निर्दिष्ट गर्ने जिम्मेवारी हाम्रो आउँदो कार्यकालको अभिभारा हुनेछ । त्यसका लागि हामी मन, वचन र कर्मले प्रतिवद्ध छौं ।

१) विदेशी पर्यटकलाई प्याकेज विक्री गरी प्राप्त विदेशी मुद्राको निश्चित प्रतिशत रिबेट व्यवसायीलाई पनि दिलाउन सम्बन्धित निकायमा पहल गरिनेछ ।

२) पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट ०७८/७९ मा छुट भएकोमा त्यसलाई नियमित गराउन पहल गरिनेछ ।

३) कोभिड महामारीका कारण सिर्जित यात्रा प्रतिबन्ध अझ खुकुलो बनाउँदै सम्पूर्ण रुपमा पुरानै लयमा फर्काउन पहल गरिनेछ ।

४) आन्तरिक तथा क्षेत्रिय (दक्षिण एसिया) हवाई कनेक्टिभिटी बढाउन पहल गरिनेछ ।

५) पेड होलिडेजेको शीघ्र कार्यान्वयनको लागि पहल गरिनेछ ।

६) गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रिय विमानस्थल शीघ्र संचालनको लागि सरकारलाई घच्घच्याइनेछ ।

७) पर्यटक सवारी साधन (हरियो प्लेट) सम्बन्धी विद्यमान विभेदकारी यातायात ऐन संशोधनका लागि विशेष पहल गरिनेछ । पर्यटक सवारी साधनमा तुरुन्तै जारी हुन लागेको इम्ब्रोस्ट नम्बर प्लेट हाल भइरहेको हरियो प्लेटजस्तै छुट्टै पहिचान हुने गरी व्यवस्था गर्नलाई पहल गरिनेछ ।

८) पर्यटकीय पूर्वाधार विकासमा सरकारको लगानी बढाउन अनुरोध गरिनेछ ।

९) कोभिड महामारीले प्रभावित सदस्य कम्पनीहरुलाई राहतस्वरुप आगामी पाँच बर्षसम्म कर छुटका लागि पहल गरिनेछ ।

१०) पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिलाउन सरकारसँग सशक्त पहल गरिनेछ ।

११) राजधानीलगायत अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि विशेष पहल गरिनेछ ।

१२) नाट्टाले सुरु गरेको Buddhist International Travel Mart (BITM) लाई निरन्तरता दिँदै अझ व्यापक बनाइनेछ ।

१३) सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा हरेक बर्ष स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु आयोजना गरिनेछ ।

१४) IATA सँग गरिएको सम्झौताको समिक्षा गर्दै समस्याको पहिचान गरी समाधानको लागि हरसम्भव प्रयास गरिनेछ ।

१५) विदेशी हवाई कम्पनी आकस्मिक रुपमा बन्द हुँदा टिकटको रिफन्ड प्रकृया अवरुद्ध भई व्यवसायीलाई मर्का परिरहेकोमा त्यस्ता हवाई कम्पनी संचालनपूर्व क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई Security Fund व्यवस्था गर्न पहल गरिनेछ ।

१६) प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्ट्रिय राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माण गर्न सरोकारवाला तथा स्थानीय निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

१७) विमानस्थलहरुमा पर्यटकहरुको आवागमनलाई झन्झटरहित बनाउन सम्बन्धित निकायसँग नियमित रुपमा समन्वय गरिनेछ । साथै E-VISA को कार्यान्यवनको लागि पहल गरिनेछ ।

१८) टुरिष्ट गाइडको दक्षतालाई अभिवृद्धि गर्न सम्बन्धित संस्थाहरुसँगको सहकार्यमा आवश्यक तालिम कार्यक्रमहरुको आयोजना गरिनेछ ।

१९) नाट्टालाई राष्ट्रकै पर्यटन सल्लाहकारको रुपमा उभ्याउन पर्यटन विकासका थप सम्भावनाहरुको अध्ययन र अनुसन्धानका लागि रिसर्च डिपार्टमेन्ट स्थापना गरिनेछ ।

२०) सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन आवश्यक तालिमहरु संचालन गरिने छ ।

२१) सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाइनेछ ।

२२) विभिन्न कारण देखाई गन्तव्य प्रवेशमा रोक लगाइएकाहरुको कारण टिकेटिङ कम्पनीहरुलाई पर्ने गरेको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति दिलाउन सम्बन्धित निकायहरुसँग सहकार्य गरिनेछ ।

२३) सदस्य कम्पनीहरुको सुविधालाई ध्यानमा राख्दै Weekly BSP Payment का लागि विदेशी र स्वदेशी गरी दुई प्रकारको मुद्रामा भुक्तानी गर्नुपर्ने विद्यमान अवस्थाको विकल्पमा नेपाली मुद्रामै BSP Payment हुने व्यवस्था मिलाउन NRB, IATA र Airlines हरुमार्फत प्रयास गरिने छ ।

२४) इगतदयगलम त्यगच सम्बन्धमा हाल जारी नयाँ प्रावधानहरुले व्यवसाय धरासायी हुने देखिएकोले सो प्राावधानहरुलाई खुकुलो बनाउन प्रयास गरिनेछ । साथै भुक्तानी, अध्यागमनलगायतका समस्याहरुलाई गहन अध्ययन गरी समाधानका लागि पहल गरिने छ ।

२५) सातवटै नाट्टा प्रदेश सदस्यहरुको नेतृत्व/व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र पुर्नताजगी तालिम जस्ता विशेष कार्यक्रमहरु ल्याइनेछ ।

२६) सातवटै नाट्टा प्रदेशहरुसँग समन्वय गर्दै प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्याकेजिङ र प्रवद्र्धन गर्ने ।

२७) संस्थाका गतिविधीलगायत समसामयिक सूचनाहरुलाई मिडिया सेन्टरमार्फत पाक्षिक रुपमा सदस्यहरुमाझ जानकारी गराइनेछ ।

थापा प्यानल

रमेश थापा, अध्यक्षका प्रत्यासी

प्रमोद दाहाल, बरिष्ठ उपाध्यक्षका प्रत्यासी

बरुण महेता, उपाध्यक्षका प्रत्यासी

कुमारमणि थपलिया, महासचिवका प्रत्यासी

युविका भण्डारी, सचिवका प्रत्यासी

राजकुमार देवकोटा, कोषाध्यक्षका प्रत्यासी

राजन शाक्य, सहकोषाध्यक्षका प्रत्यासी

ढकनाथ काफ्ले, सदस्यका प्रत्यासी

नमराज भेटुवाल, सदस्यका प्रत्यासी

परशुराम घिमिरे, सदस्यका प्रत्यासी

डेन्डी शेर्पा, सदस्यका प्रत्यासी

महेश कोइराला (दीपक), सदस्यका प्रत्यासी

राम शोभित नायक, सदस्यका प्रत्यासी

श्रद्धा जोशी, सदस्यका प्रत्यासी

सवला भण्डारी, सदस्यका प्रत्यासी


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button