पंंक्षी र वृद्धाश्रम

कविता

रूपा थापा
विदुर, नुवाकोट ।

छैनन् मेरा त कोहि बचेरा आफ्ना भनेर
जब सुटुक्क गर्यो गुनासो
त्यो कोखले पंक्षीसँग ।

भुरुरुरु उडेर गइ जब पंक्षी वृद्धाश्रममा
नियालेर फर्कने छु म भनी
कस्तो हुन्छ भनेर
सन्तानबिहिन ती आमाको मुहार ।

जबदेखि पंक्षीले त्यो मध्यरातमा
चसक्क दुखेको आमाको छातीलाई
त्यो वृद्धाश्रममा

जन्मिए किन मेरै कोखबाट
ती कपुतहरु नै सन्तान बनेर
गर्दै थिइन् गुनासो आमा त्यो आश्रममा
सम्झिएर सन्तानकै मुहार ।

सन्तान त हातबाट चुँडिएर जाने
कपासका रुवा न रहेछन्
मेरै छेउबाट उड्दै गरेका
सिमलका ती भुुवा न रहेछन् ।

सन्तान त साक्षी न हुन्
यो संसारै छाडी जाँदा
गर्छेस किन गुनासो ए पंक्षी तैले
नजन्मदैमा त्यस्ता बचेरा ।

ज्युदै मरे सरी हुन ती सन्तान त
जो पुज्छन ढुुङ्गाको देवता
तर, छाडी जान्छन जिउदा देवतालाई
वृद्धाश्रममा एक्लै रूनलाई ।

जब दुइ ढुङ्गाको तरुलबीच
सन्तानको मुटु फस्छ
मुस्कुराउदै भन्छिन् आमा
खुसीसाथ लिएर जानु तैले
आफ्नो त्यो मुटुलाई ।

तेरो मुटु त मेरो साथैमा छ
म नियाल्ने छु प्रत्येक दिन
यो वृद्धाश्रमबाट
तैले भुले पनि मेरो मुटुको टुक्रालाई ।

एक ध्वजा सारीको सप्को च्यातेर
एउटा व्रृक्ष न रोपेको थिएँ
आज हाँगाहरु फैलिएपछि
नयाँ सपनीहरु सजाएर
केहि पंक्षीहरुले गुड लगाए
भोलि त फेरि उड्ने छन्
तिनका पनि बचेरा ।

भो भो नदुखा पंक्षी तैले चित्त
यो वृद्धाश्रममा आमा भनेर तलाई छाड्ने
ती बचेराहरु नहुँदैमा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button