मातातिर्थ औंसी अरे, संसारका महान आमाहरुको सम्झना गरेँ
कविता
पिताम्बर गुरुङ
आज वैशाख २८ गते मातातिर्थ औंसी अरे ।
संसारका महान आमाहरुको यो सम्झना गरेँ ।
आमा,
छोरी भएर जन्म लियौ,
पराई घर गयौ ।
पराई घर गएपछि,
असल बुहारी भयौ ।
हामीलाई जन्म दिनु भयो,
आमा बन्नु भयो ।
हुर्काई बढाई हामीलाई
महान आमा बन्नुभयो ।
हामीलाई बढाई हुर्काई
हामीले दुख दियौ होला, तिमीलाई घुर्काई ।
कुनै गल्ती भए आमा,
हामीलाई माफ गर्दिनु ।
छोरा छोरी बाट गल्ती हुन सक्छ,
मनमा कति नलिनु ।
हाम्रो तिमी मर्का बुझ्ने,
महान तिमी आमा
तिमी बिना घर बार चल्दैन,
साँच्चै यो संसारमा ।
आमा, त्यहि भएरै पात्रोमा पनि राख्या होलान्,
आमालाई सम्झने दिन ।
तर पात्रोले त एकदिन सम्झना गराउँछ आमा ।
हामी त सम्झन्छौ दिनका दिन ।
तर पनि आज पर्यो,
आमाको यो विशेष दिन ।
पुजा गर्छौ, दिर्घायु होस्, स्वस्थ्य भई हिन ।
आमा,
सधैं तिमी स्वास्थ्य रहनु, कहिले नलागोस् चोट ।
सधैं तिम्रो सेवा गर्ने, गर्छु म अठोट ।
हामीले गरेको सेवाभावलाई, स्वीकार गरिलिनु ।
छोराछोरी हामीलाई आशिर्वाद दिनु ।
आमा बुबा हामी सबै, रहौ एकैसाथ
आमा बुबाको सेवा गरौ, लिऔँ आशिर्वाद ।
जन्म दिने आमाबुबाको, चित्त नदुखाऔ कहिले ।
सेवा गर्न पछि होइन , अगाडि बढौं जहिले ।
सेवा गरे माताजीको, पक्कै पाईन्छ फल ।
सेवा गरौ भित्री मनले, नपरी अलमल ।
यस संसारका जिवित आमाहरुको
सुस्वास्थ्य अनि दिर्घायु होस्
अनि संसारका आमाहरुको दिवंगत आत्माले शान्ति पाओस् ।
जय माता ।