निर्देशक अनुराग कश्यपको नेपाल सुटिङ योजना
चर्चित भारतीय निर्देशक अनुराग कश्यपले आफु पटक पटक नेपाल आएको र नेपालका हिमश्रृंखलाहरुबाट प्रभावित भई सुटिङ्गको योजना समेत रहेको बताए ।
नेपालका मनोरम दृश्य र नेपाली कथा विश्व बजारले समेत उत्साहका साथ हेरिरहेको सुनाउदै आफु लण्डनमा रहेको बेला डिभिडिबाट नेपाली चलचित्र हेर्ने गरेको र पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेका प्रसङ्ग उल्लेख गरे ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नारासाथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणमा कश्यप आमन्त्रित थिए ।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सुरु कार्यक्रमका पहिलो दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब स्टोरी बैंकमार्फत नेपाली चलचित्रलाई विश्वसामु लैजान आवश्यक गृहकार्य भइरहेको बताए ।