‘नेपालनाम्चा’लाई ‘गणेश हिमाल’ सम्मान
गणेश हिमाल पर्यटन विकास समितिले नेपालनाम्चालाई ‘गणेश हिमाल’ सम्मान गरेको छ । रुबीभ्याली क्षेत्रको पर्यटकीय प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समितीले आफ्नो ९ औँ वार्षिक साधारण सभामा नेपालनाम्चालाई सम्मान गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेंलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा नेपालनाम्चाको तर्फबाट सम्पादक अशोक सिलवालले सो सम्मान ग्रहण गरेका हुन् । समितीका अध्यक्ष तेजबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालनाम्चासँगै समितीका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङका साथै अन्य संघसस्थाका प्रतिनिधी र विभिन्न संचारमाध्यमका पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभाले रन्केश गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले बरिष्ठ उपाध्यक्ष टेकबहादुर खकुराल, प्रथम उपाध्यक्ष राजेन्द्र प्रसाद सुवेदी, द्वितीय उपाध्यक्ष दलबहादुर गुरुङ, महासचिव चन्द्रबहादुर गुरुङ, सचिव सुक लामा तामाङ, कोषाध्यक्ष टेकबहादुर गुरुङ र सहकोषाध्यक्ष रिता अधिकारी चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा डम्बर अधिकारी, हर्क गुरुङ, योगेन्द्र तामाङ, दिलबहादुर गुरुङ, गणेश थापामगर, बुद्धि थापामगर, भरत सापकोटा, प्रिसिला तामाङ, भाइराम थापामगर, दिल गुरुङ, बालमिकी अधिकारी, दिलमान गुरुङ, अजय थापा तामाङ, मिलन गुरुङ, सरोज गुरुङ, रबिन तामाङ र सुकबहादुर घले चयन भएका छन् ।