चुकजस्तो अमिलो खबर पढेर मन कुँडिएकाहरुको संवेदनाको क्षतिपूर्ति कसले भर्ने ?

गगन अविदित

नवीन्द्रराज जोशी गम्भिर बिरामी परे । ज्याद्रै ननिको त लागिरहेकै थियो । फ्याट्ट हिजो साँझतिर समाचार आइदियो, उनको मृत्यु भनेर । मन थकथक भैरह्यो । उनी अरु नेताहरुभन्दा राम्रा र असल लाग्थे ।

ठ्याक्कै विश्वास गर्न सकिएन । उनको नजिककासँग बुझियो । अवस्था गम्भिर त हो तर मृत्यु हैन भन्ने आयो ।

जमरा जस्ता अनलाइन छन् । जसले सत्य तथ्य संप्रेषण गर्ने हवाला दिएर असत्यको व्यापार गर्छन् । एक पटक फेरि पुष्टि भयो ।

क्रस चेक नगरी जे लेखेको पनि पत्याइदिने जमात छ अर्को । मानौ उसको मृत्यु मात्र कुरिरहेको थियो । हुरुरु टाँस्छ्न् । हार्दिक श्रद्धाञ्जली भन्दै, मानौ उनीहरु यहि सामाजिक संजालमा यहि लेख्न जन्मेका हुन् ।

मृत्यु जस्तो संवेदनशील कुरालाई बच्चाबच्चीको बालसुलभ खेल जस्तो किन ? स्रोत पुष्टि गर्नु पर्दैन ? त्यो चुकजस्तो अमिलो खबर पढेर मन कुँडिएकाहरुको संवेदनाको क्षतिपूर्ति कसले भर्ने ?

मृत्यु त अवश्यंभावी हो । हरकोहि मर्छ नै उक दिन । दाइको यत्ति छिट्टो मृत्यु यी कानले सुन्नु नपरोस् । तपाईं देश र जनतालाई चाहिने मान्छे हो । शीघ्र स्वास्थ्यलाभको कामना दाइ ।

(अविदितको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button