‘१११’ मा सडकदेखि बगरसम्म जेसिआइ हेटौंडा लेडी
जेसिआइ हेटौंडा लेडीले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २ वटा कार्यक्रम गरेको छ । संस्थाको अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष रश्मी बस्नेत, पदाधिकारी र सदस्यकहरुको उपस्थिति थियो ।
सडक सरसफाइ गर्ने १२ जना दिदीहरूलाई सम्मानस्वरूप प्रसंशापत्र र खाजा खुवाइएको थियो भने दोस्रो कार्यक्रम कुखरेनी खोलामा बालुवा चाल्ने २० जना दिदी बहिनीहरूलाई खाद्यान्न वितरण गरिएको जेसिआइ हेटौंडा लेडीकी कार्यकारिणी उपाध्यक्ष दिलु घर्तीले जानकारी दिइन् ।
सरसफाइ कार्यक्रमको संयोजन सरिता नेपालले गरेकी थिइन् भने बगर कार्यक्रमको संयोजन पुष्पा क्षेत्रीले गरेकी थिइन् ।