काँग्रेस प्रवेशी रसुवालीलाई बुढानिलकन्ठमा स्वागत
रसुवामा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेको लहरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला कार्यसमिति सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटि सचिव दावा तेन्जेङ लामा, नेकपा वडा संयोजक पेम्बा धार्के मेघी रहेका साँसद मोहन आर्चायले बताएका छन् ।
यस्तै, नेकपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, जनता समाजवादी पार्टी रसुवाका कार्यवाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी प्राध्यापक शङ्कर अधिकारी प्रवेश गरेको आचार्यले बताए ।
त्यसैगरी, स्थानीय समाजसेवी पेम्बा डिन्डुप तामाङ, केसाङ तामाङ, हरि लामा, निमा छिरिङ तामाङ, दावा वाङ्दी तामाङ, नेपाल लोकतान्त्रिक यातायात समितिका जिल्ला अध्यक्ष प्रदीप खड्का, लाप्पा तामाङ र दावा छोमु तामाङलगायत प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई बुढानिलकन्ठस्थित देउवा निवासमा काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेताहरु आचार्य, प्रभात तामाङ, जनकजीवन उपाध्याय, पेम्बाछिरिङ तामाङलगायतले स्वागत गरेका थिए ।