सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालद्धारा उद्घाटित शिविर नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते संचालन भएको हो । नेपल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोगसम्बन्धी स्वास्थ्य जाँच
गरिएको थियो । शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवानलगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button