जागिर त अर्काे नि पाउन सक्छे, श्रीमान फेरि कहाँ पाउँथी र ?

मिरा पुडासैनी
मुलपानी ६, काठमाडौं

८०-८५ बर्षकि झैं लाग्ने बृद्दा आमा आई सि यु कक्षकाे बाहिरी बिरामी कुरूवाका निम्ति छुट्याईएकाे प्रतीक्षा कक्षमा सुकसुकाऊदै थिईन । उनकाे समिप मा ४०-४२ वर्षकि अधबैंसे महिलाकाे दुबै आखाँकाे छेउवाट आँसु बगिरहेकाे प्रष्ट देखिन्थ्याे । बृद्दा आमा ममताले छचल्किएर भक्कानिदै थिईन भने ती महिला स्त्रीसुलभ सम्भावित वियाेगमा आँसु बगाउदै थिईन झैं देखिन्थ्याे। अस्पतालमा यस्ता दृश्य देखिनु कुनै नाैलाे कुरा थिएन ।

मलाई चाहिँ किन किन यी दुई नारी चरित्रका आशुँले ध्यान खिचिरहेकाे थियाे ।

म साेच्दै थिए पक्कै आई सि युमा सिरियस विरामी हुनुहुन्छ हाेला अनि डाक्टरले विरामीकाे गम्भीर अवस्थावारे बताएकाे हुनुपर्छ भन्ने लाग्दै थियाे।

४०-४२ वर्षकि लाग्ने ती महिला सुन्दर थिईन र पहिरनपनि आकर्षक थियाे। तर वृद्ध महिला निक्कै शिथिल अनि सामान्य घरेलु पहिरनमा थिईन ।

काे छ हाेला है उनीहरूकाे तयहाँ सघन उपचार कक्षमा अनि के भएकाे हाेला है, आम मानिसकाे जिज्ञासु स्वभाव झैं मपनि जान्न लालायित थिए । तर कसरी अरूकाे व्यक्तिगत कुरा र चिन्तित अवस्थामा आँसु बगाईरहेका अपरिचित कसैका अगाडि गएर के साेध्ने, कसरी साेध्ने ?

ती दुई हजुरआमा र नातिनी झैं लाग्ने महिलाविचमा मलिनाे संवाद चल्दै थियाे ।

यस्तैमा मैले चिनेकि एकजना आफन्त निक्कै हतारमा उनीहरूका सामु आईपुग्छिन। हामी पार्वती दिदी भन्थ्याेैं। उनी मेराे घर नजिककि छिमैकी थिईन ।

उनी निक्कै अत्यासिलाे अवस्थामा पुगेसगैं बृद्ध महिलालाई अगाँलाेमा हालेर रूनथालिन्। त्याे देखेर मेराे अघिदेखिकाे काैतुहलता झन बढेर जान्छ अनि म कतिवेला त्यहाँ पुगिसकेछु , थाहै पाईन ।

पार्वती दिदीलाई म त्यसै अस्पतालमा काम गर्छु भन्ने थाह थियाे । त्यसैले उनीले मलाई देख्ने वित्तिकै निस्चिन्त साेधिहालिन ।

” नानी त्याे आईसियु बेड नः १५ काे विरामी भागवत् सन्जेल काे स्थिति विग्रिएकै हाे र ?”

” पार्वती दिदी! म त तपाईलाई आत्तिदै आएकाे देखेर आएकि, बेड न: १५ मा काे छ र तपाईकाे? “

” हामीलाई त आईसियु भित्र वा बाहिर कतैकाे पनि विरामीकाे अवस्था थाह हुँदैन नि, कि डाक्टर , कि वार्ड भित्रका सिस्टर कि त विरामीका आफन्तलाई जानकारी हुन्छ। अनि काे हुनुहुन्छ र वहाँ तपाईकाे? कहिलेदेखि आईसियु हुनुहुन्छ , काे डाक्टरले हेर्दै हुनु हुन्छ थाह भयाे भने, म बुझाैंला नि ।”

मैले यति भन्दा नभन्दै ती दिदी त डाँकाे छाेडेर रून पाे थालिन् । मलाई त बेकारमा भेट्न गएछु कि झैं लाग्याे ।

नानी ! ” यस्ले सार्है दुःख पाई, कहिल्यै सुख र सन्तुष्टि पाईन न त आमाले कहिल्यै सुख पाउनु भयाे। ” पार्वती दिदीकाे ईसारा ती दुई महिलाहरू प्रति थियाे। जाे नातामा उनकी आमा र भाइ बुहारी रहेछन्।

“धनसम्पति केही हैन रहेछ, सन्तानबाट मिल्ने सन्तुष्टि नै सबभन्दा ठुलाे धन रहेछ।” अथाह धनसम्पति भएर पनि कहिल्यै मेरा माईतीलाई सुख भएन । सायद पुर्वजन्ममा हाम्रा कुनै पुर्खाले ठूलै पाप पाे गरेका रहेछाैं कि ?

“किन दिदी त्यसाे भन्नू हुन्छ ? सुख र दु:ख त जिवनमा एक सिक्काका दुई पाटा त हुन नि आउछन् जान्छन्, आफ्ना पितृ भएका पुर्खालाई त्यस्ताे दाेष दिनु हुन्न ” ती सुन्दर अधवैसे महिलाले सम्हालिएर यसाे भनिन् । उनकै भाग्यमा यस्ताे दु:ख लेखेकाे रहेछ र त पटक पटक दु:ख पाईरहेका छन् । अनि हाम्राे कर्मकाे फल हामीले भाेगिरहेका छाैं हैन र ? मेराे भाग्य नै खाेटाे रहेछ दिदी, सायद मैले नै सम्हाल्न जानिन हजुरका भाई अनि छाेरालाई । विश्वास गरेर भाईलाई सुधार्छे भनेर मलाई विहे गरेर मलाई भित्र्याउनु भएकाे थियाे । म पाे अभागि श्रीमति, आफ्नाे श्रीमानलाई सुधार्न सकिन।” यति भन्दा न भन्दै ती सुन्दर महिला छाती नै फुट्ला झैं जाेड जाेडले रून थालिन।

यतिन्जेल मैले अनुमान लगाईसकेकाे थिए, ती दुईजना महिलाहरू सासू बुहारी रहेछन्, अनि पार्वती दिदी ती वृद्दा कि छाेरी, महिलाकि आमाजू । मलाई त्यहाँ बसिरहन अप्ठ्यारो लाग्दै थियाे, न त म त्यहाँबाट उम्किन मिल्ने स्थिति नै थियाे।

” हुन्छ दिदी , म बुझाैंला नि त “मैले भनी नसक्दै केही शान्त देखिईन पार्वती दिदी । मैले पालै पालाे ती तिनैजना महिलालाई नियाले ।

” सुस्मिता! त्यसाे नभन, तिम्राे भाग्यकाे निम्ति दाेषी तिमी थिएनाैं । हामीले नै सुन्दर, सुशील , पढेलेखेकि देखेर तिमीलाई आफ्नाे भाईका नराम्रा वानी र कुलतका बावजुद पनि भाइ सुध्रिनेछ भन्ने आशमा विवाह गरिदियाैं । तिमीले त भित्र पसेकाे दिन देखि नै आफ्नाे हरेक कर्तव्यलाई पूरा गरिरह्याैं। एक असल बुहारी, श्रीमती र आमा बनेर चुपचाप सहिरह्याै, झेलिरह्याैं। तर तिम्राे त्याग र समर्पणले पनि केही फरक पारेन हाम्राे भाईलाई। के गर्नु आफैले बाेकेर हुर्काएकाे भाईकाे माया लागिहाल्छ, नत्र त मराेस् भनेर छाेडिदिनु हुन्थ्याे। तिमीप्रति हाम्राे कुनै गुनासाे छैन नानी, बरू हामीले पाे शत्रुले झैं तिमीलाई यस अवस्थामा पुर्यायाैं भन्ने लाग्छ। “

यतिमा बस्तु स्थिति के रहेछ त भनेर अनुमान लगाउन मलाई त्यति गार्हाे भएन। पार्वती दिदीलाई बाेलाएर आई सि यु मा जाँदै गर्दा बाँकि सबै कुराहरू पनि बुझें । हुन त अस्पतालमा आउने विरामी र कुरूवाका व्यक्तिगत कुराहरू जान्नु पर्छ भन्ने त हैन तर पनि पार्वती दिदीले आफ्ना भाईका सबै कुराहरूकाे बेलिविस्तार लगाउन भ्याईन ।

बेड नः १५ काे विरामी उनका कान्छा भाईलाई विगत धेरै बर्ष देखि नै जाडँ रक्सीकाे लत रहेछ । सुधार केन्द्रमा पटक पटक राखिएकाे रहेछ । धेरै पटक आई सि युमा भर्ना गरेर उपचार गरिएकाे रहेछ भन्ने कुरा सबै पार्वती दिदीले बताईरहँदा, मेरा शरिरका राैं ठाडा भईरहेका थिए । धन्न त्याे परिवारले बुहारी निक्कै समझदार पाएका रहेछन् , नत्र त उनका भाईले अहिले सम्म धेरै पिण्ड खाईसकेंकाे हुन्थ्याे भन्ने सुन्दा नराम्राे लाग्याे र मन मनै सुस्मिता जस्ता नारीपनि यस समाजमा रहेछन् भन्ने लागिरह्याे ।

सुन्दा मात्रपनि नराम्रो लाग्ने कुरालाई पार्वती दिदीकि बुहारीले कसरी भाेगेर आएकि हाेलिन भन्ने कुरा झन् अत्सासलाग्दाे थियाे।

कसरी एउटी अवाेध नारीलाई याे समाजले विग्रिएकाे सन्तान सुधार्ने जिम्मामा घरमा भित्र्याउन सक्छ हाेला । विवाहकाे २४ वर्षदेखि ती बुहारीले आफ्ना श्रीमानलाई सुधार्ने जिम्मामा आफ्ना गुलावी रहरहरूसित कति धेरै सम्झाैता गरेकी हाेलिन् ।

एउटी कलिलै उमेरकी कलेज पढ्दै गरेकि नारीका मनमा पलाउने बैशका ईन्द्रेणीरङ्गहरूलाई विवाह गरेकैं दिनदेखि नै ग्रहण लागेकाे आकाश झैं हुदाँ कति पीडा भयाे हाेला , मलाई त सम्झदा नि अत्यास लाग्दैथियाे तर उनले त त्याे सब सङ्घर्ष भाेगेकि थिईन।

पार्वती दिदीकि बुहारी सुस्मिताले त्यसपछिकाे २५ दिनकाे श्रीमानकाे अस्पताल बसाईमा आफ्ना श्रीमानकाे बारेमा जानकारी लिन भनी मलाई निरन्तर भेटिरहन्थिन। मैले पनि डाक्टरहरूसगँ अझ राम्ररी उनकाे श्रीमानकाे स्थितिकाे बारेमा उनैका सामु साेध्ने गर्न थाले ।

एकदिन मलाई उनले म्याम चिया पिऊ न सगैं भनेर आग्रह गरिन, कसरी अपमान गर्नु मैले त्याे आत्मिय आग्रहलाई ? ताताे चियाकाे बाफसगैं उनका सुस्केराहरू पनि रङ्गहिन र भाव शून्य उड्दै थिए। अनुहारमा अनिश्चित निराशा, सेता हुँदै गएका कपालका राैं, निधारमा पर्दै गएका चाउरीहरू जुन बढ्दै गईरहेका थिए उनकाे नियमित अस्पताल बसाईसगैं, बिरामी कुरूवाकाे रूपमा नसुतेका कैयाैं अनिंदा रात, खाने र बस्ने भताभुङ्ग तालिका सबैका असर थिए। आफ्नाे व्याचलर पढ्दै गरेकाे छाेरा, बृद्धअबस्थाकि सासू अनि आईसियुकाे वेडमा मृत्यु सगँ पैंठाजाेरी गर्दै लडेका श्रीमान तरपनि यी सम्पूर्णकाे भार बाेकेर बसेकि ति अवाेध महिला, लामा सुस्केरा बनेर खस्दै थिए आवाजहरू ” मैले यिनका निम्ति कम्ति सास्ति भाेगेकि छैन नि, भित्रिएकै दिन, सुहागरातकै दिनमा राती अवेला खुट्टै नटेकिने गरि काेठामा छिरेका उनलाई कम्ति सास्तिले श्रीमानकाे गन्हाउने शरिरलाई सम्हालेर खाटमा सुताएकि रहिछन्।

उनकाे म्याम बाट दिदी सम्बाेधनमा पुगेकि म उनलाई आफ्नै बहिनी झैं मान्न लागिसकेकि थिए। त्यसैले त उनले पनि आफ्ना भावनाहरू स्वचालित रूपमा भन्न थालेकि थिई।

सुस्मिताका बैंसका अनगिन्ती रातहरू अनिदा नै वितेका थिए, पतिसगँ रमाईलाे गर्ने, घुम्ने, रहरहरू त पहिल्यै खरानी भईसकेका थिए । तरपनि जसाे तसाे उनलाई के ले बाँधेर राखेकाे हाेला जस्ले त्यस्ताे श्रीमान र उनकाे परिवारलाई जाेगाईरहेकाे थियाे भन्ने कुरा मनमा आईरहन्थ्याे।

त्यतिकै नारीहरूलाई धर्ती भनेर भनिएकाे हैन रहेछ । हाम्राे समाजमा कहाँ सबै नारीहरू सुस्मिता जस्तै धर्ती बनेर बस्न सक्छन् ? टाेल समाजमा कतिपय महिला दिदी बहिनीका नारी चरित्रका बारेमा देखेका , सुनेका र घटेका घटजनाहरूले पनि सबैलाई एउटै घानमा हाल्न सकिँदैन थियाे ।

जे हाेस् एक महिनाकाे अस्पताल बसाईपछि आज सुस्मिता आफ्ना पतिलाई डिस्चार्ज गरेर घर जान लाग्दै थिई । निक्कै खुशी देखिन्थि उ, यस पटककाे अस्पताल बसाई सगैं उसले अर्काे एउटा राम्राे जागिरबाट हात धुनु परेकाे थियाे तर श्रीमानलाई यसपटक पनि बचाउन सकेकिमा युद्ध जितेझैं सन्तुष्ट थिई ।

प्राईभेट अफिसले कहाँ एउटा महिला कर्मचारीलाई एक महिनाकाे विदा दिन सक्थ्याे र ? जागिर त उसले अर्काे नि पाउन सक्छे , श्रीमान लाई फेरि उसले कहाँ पाउन सक्थि र ? मलाई लाग्याे यहि साेचेरै खुशी भएकि हाेली ।

हाम्राे पितृसत्ताले जहिल्यै महिलालाई दाेस्राे दर्जाकाे नागरिकका रूपमा ग्रहण गर्दछ। जहिल्यै महिलाकाे स्व -अस्तित्वप्रति अविश्वास गर्दै आएकाे छ ।

हाम्रो सामाजिक संरचनामा शिक्षा, स्वास्थ्य, रोजगार, सम्पत्ति र निर्णय प्रक्रियामा महिलाको कम पहुँच भएकै कारणले हुनसक्छ, एक्ली महिला सक्षम, पढेलेखेकै भएपनि उसकाे याेग्यता र क्षमता भन्दापनि लैङ्गिकतासगँ दाँजिने गरिन्छ । तर मैले त सुस्मितालाई कुनै पुरूष भन्दापनि शक्तिशाली भेट्टाए, भलै याे पितृसत्ताले उनलाई केवल अवला नारीकै रूपमा बुझिरहनेछ अनि त्यसै अनुरूप व्यवहार गरिरहनेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button